परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, २१ चैत । लकडाउनको अवस्थामा जिल्लामा औषधि, ग्याँस, खाद्यान्न तथा सागसब्जी आपूर्ति एवं व्यवस्थापनमा सहयोग गर्न भक्तपुर उद्योग वाणिज्य संघले जिल्लाका तीन नगरपालिकाका नगरप्रमुख र जनप्रतिनिधिहरूसँग भेटघाट गरेको छ ।
सङ्घले भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका नगर प्रमुखसँग भेटी सङ्घबाट हुनसक्ने सहयोगबारे छलफल गरेको थियो । सङ्घका प्रतिनिधिहरूबाट जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी पसिसर भक्तपुरसँग पनि भेटघाट गरेको छ ।
सङ्घले जिल्लामा ग्याँस लगायत खाद्यान्नको अभाव हुन नदिनका लागि विभिन्न वस्तुगत सङ्घसंस्था र सम्बन्धित व्यवसायीहरूसँग नियमित समन्वय गरी मौज्दातको व्यवस्थापनका लागि क्रियाशील रहेको सङ्घले जनाएको छ । यसैगरी सुरक्षाका पर्याप्त उपायहरू अवलम्बन गरी प्रत्येक दिन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र व्यवसायीको स्वास्थ्य सुरक्षाका विषयमा सरकार सम्बेदनशील हुनु पर्ने विषयमा पनि सङ्घले ध्यानाकर्षण गराएको छ ।
सङ्घले जिल्लाका चारवटै नगरपालिकाहरूमा खाद्यान्न आपूर्ति व्यवस्थापनमा सहजीकरणका लागि समिति गठन गरेको छ । समितिमा भक्तपुर नगरपालिका क्षेत्रका लागि उपाध्यक्ष रोशन भोयद्यो, सूर्यविनायक नगरपालिका क्षेत्रका लागि वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर, चाँगुनारायण नगरपालिका क्षेत्रका लागि कार्यसमिति सदस्य नविन प्रजापति र मध्यपुर थिमि नगरपालिका क्षेत्रका लागि कार्यसमिति सदस्य राजभक्त श्रेष्ठलाई संयोजकको रूपमा चयन गरेको छ ।
यसै गरी सङ्घबाट १०२ बाकस पानी जिल्ला प्रशासन कार्यालय भक्तपुर, १०२ बाकस पानी महानगरी प्रहरी परिसर भक्तपुर र ४५ जार पानी खरिपाटि क्वारेन्टिनका लागि सहयोग हस्तान्तरण गरेको छ । यसैगरी सिल्भर फूड प्याकिङ्ग बक्स १००० वटा र प्लाष्टिक चम्चा ४२०० वटा महानगरीय प्रहरी परिसरलाई सहयोग हस्तान्तरण गरेको छ ।
Leave a Reply