भर्खरै :

मेडिकल सामग्री खरिदमा अघि बढ्न सेनालाई निर्देशन

काठमाडौँ, २१ चैत । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिदको जिम्मेवारी दिने निर्णय गरेको पाँच दिनपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई अब कार्यान्वयनतर्फ अघि बढ्न निर्देशन दिनुभएको छ ।
शुक्रबार सैनिक मुख्यालयमा सरकारद्वारा गठित कोभिड–१९ ‘क्राइसिस म्यानेजम्यान्ट कमिटी’ को बैठकमा सामेल हुँदै मन्त्री पोखरेलले उक्त निर्देशन दिनुभएको हो ।
यो निर्णय सत्ताधारी दलका शीर्ष नेताहरूले ‘राष्ट्रघाती’ भएको र त्यसबाट मुलुकमा गम्भीर राजनीतिक परिणाम आउने आशङ्गा व्यक्त गरिरहेका बेला उपप्रधान तथा रक्षामन्त्री पोखरेलले मेडिकल सामग्री खरीदमा काम अघि बढाउन निर्देशन दिनुले सरकार यो निर्णय तत्काल कार्यान्वयन गर्न लागिपरेको सङ्गेत मिलेको छ ।
यसबीचमा स्वास्थ्य तथा जनसङ्ख्या, स्वास्थ्य सेवा विभागलगायतका उच्च अधिकारीहरूले आफ्नो कानुनसम्मत जिम्मेवारी खोसिएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् ।
यही चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठक सकिएपछि बैठकको ‘माइन्युट’ मा प्रधानमन्त्री ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई ‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार तथा अन्य सामग्रीहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत ‘जी टु जी’ को विधिबाट खरिद गर्ने’ निर्णय थप्न लगाएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *