परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
टेलिसुर, २१ चैत । संयुक्त राष्ट्रसङ्घले कोभिड–१९ को सङ्क्रमण रोक्न युरोपभर लगाइएको लकडाउनले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूमा खाद्य आपूर्तिमा असर पार्ने चेतावनी दिएको छ । मानिसहरूको आवागमन र कृषि वस्तुको आपूर्तिमा लगाइएको प्रतिबन्धले धेरै देश र सहरहरूमा पर्याप्त खाद्यवस्तुको आपूर्ति हुननसक्ने औँल्याइएको छ ।
युरोपका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक आयोग–युनेसेले शुक्रबार चेतावनी जारी गर्दै बढ्दो सीमा बन्द र दैनिक क्रियाकलापमाथिको बन्दले युरोपेली सहरहरूमा फलफूल र तरकारीको आपूर्ति र मूल्यमा गम्भीर असर पारेको बताएको हो ।
सुपरमार्केटहरूमा बिक्री निरन्तर छ तर बढेको मागअनुसारको आपूर्ति भइरहेको छैन । त्यसैकारण मूल्यमा पनि पहिलेभन्दा बढोत्तरी भएको छ । मानिसहरूसित मूल्य घटेपछि मात्र किन्ने भन्ने विकल्प छैन । युनेसेका प्रवक्ता जीन रोड्रिगेजले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “भोजनालय र होटलहरूको बन्दले केही तरकारीहरूको मूल्य भने घटेको छ तर समानुपातिकरूपमा नै अन्य खानेकुराको मूल्य बढेको छ । त्यसको कारण ढुवानी खर्च र अन्य सुरक्षा खर्च बढेकोले बताइएको छ । ढुवानी धेरै कठिन र महँगो भइरहेको छ । इटाली र स्पेनमा ढुवानी गर्ने ट्रकहरूले दोब्बर भाडामा पनि जान मानिरहेका छैनन् ।”
Leave a Reply