भर्खरै :

ट्रम्प र उनका भारतीय दक्षिणपन्थीहरू के तथ्यमा जान चाहन्छन् ?

भारतका केही विद्युतीय प्रचारमाध्यम संरा अमेरिकी राष्ट्रपति ट्रम्पका मुखपत्र बनेका नेपालका तटस्थ बुद्धिजीवीमाझ छलफल चलिरहेको छ । भारतीय समाचार माध्यमले चीनको आर्थिक क्षेत्रसँग नजिक हुनु तथा ती देशमा चिनियाँ मजदुरसमेतको बढी आवतजावतको कारण इटाली र इरानमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताए । तर, कोरोना भाइरस चीनमा देखापर्नु भन्दा पहिले अन्य देश र गैर–चिनियाँहरूमा यसको सङ्क्रमण भएको तथ्यहरूले साबित गरेको छ ।
चीनसँग मित्रताका कारणले नै कोरोना भाइरस फैलिने हो भने संरा अमेरिकाको न्युयोर्क र पश्चिमी क्षेत्रमा सङ्क्रमण कसरी फैलियो भन्ने प्रश्नको उत्तर ट्रम्प र उनका समर्थकहरूसँग छैन । मर्स, इबोला, जिका र कोरोनाको स्रोत संरा अमेरिका नै हो भन्ने कुरा आज संसारमा चर्चाको विषय बनिसक्दा पनि भारतका केही प्रचार माध्यम किन जनतालाई झूटा जानकारी दिँदै छन् ?
अमेरिकी जिम्मेवार पक्षले के स्वीकार गरिसकेका छन् भने अमेरिकी राष्ट्रपतिले सुरुमा यस सङ्कटलाई अत्यन्तै कम आँकलन गर्ने प्रयास गरेको र देशको अन्य हिस्सामा यो रोग धेरै नफैलिएको बताएका थिए । अमेरिकी गुप्तचर एजेन्सी र विशेषज्ञहरूले ट्रम्पलाई धेरै सम्झाएको तर उनी यो महामारी धेरै खतरा नभएकोमा अडिग रहे । जब अमेरिकी सांसदहरूलाई यस सङ्क्रमणको खतराको विषयमा बताइयो, सबैभन्दा पहिला दुई सिनेटरले सेयर बजार ‘क्र्यास’ हुनुअघि आ–आफ्नो सेयर बेचे ।
गत वर्ष नोभेम्बर र डिसेम्बरमा नै इटालीमा न्यूमोनियाका घटनाहरू देखिएको चिनियाँ अखबार ग्लोबल टाइम्सले दाबी गरेको थियो । (नेपाल समाचारपत्र – १० चैत्र २०७६÷२३ मार्च २०२०)
संरा अमेरिकी रोग नियन्त्रक तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डलाई संरा अमेरिकी प्रतिनिधिसभामा नोवेल कोरोना भाइरससम्बन्धी सुनुवाइमा सांसद हार्ले रोडाको प्रश्न थियो– “के हामीले इन्फ्लूयन्जाले मरेको भनिएका मानिसहरू कोरोना भाइरसको कारण मरेका हुनसक्छ नि होइन र ? केही मृतकमा आज त्यही (कोरोना भाइरस) पहिचान भएको छ ।”
बुधबारको दिन संसद्को सुनवाइमा सीडीसी अथवा संरा अमेरिकी रोग नियन्त्रक तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डको जवाफ थियो– “संरा अमेरिकाभरि आफ्नो संरचना नभएको अवस्थामा फ्ल्यूबाट मरेको भनिएको मानिसमध्ये केहीमा कोरोना भाइरसको सङ्क्रमण भएको भन्ने दाबीलाई अस्वीकार गर्न सकिन्न ।”
सन् २०१९ अगस्टमा फोक्सोको निमोनिया वा त्यस्तै प्रकृतिको अज्ञात रोग संरा अमेरिकामा फैलिएको थियो । अमेरिकाले त्यो रोगलाई ई–चुरोटबाट फैलिएको बतायो । तर, ताइवानको चिकित्सकले त्यो रोगको लक्षण र अवस्था हेर्दा ई–चुरोटको कारण त्यस्तो प्रकृतिको सङ्क्रमण भएको नदेखिने बताए ।
संरा अमेरिकामा फैलिएको त्यो रोगको कारण निधन भएका मानिसहरू कोरोना भाइरसबाट मरेको हुनसक्छ भनी ताइवानी चिकित्सकले सम्बन्धित संरा अमेरिकी अधिकारीहरूलाई पत्र समेत लेखेका थिए । तर, आफ्नो सावधानीलाई अमेरिकीहरूले बेवास्ता गरेको उनको दाबी छ ।
इरान र इटालीमा सङ्क्रमित भाइरस चीनमा फैलिएको भाइरसको प्रकृतिभन्दा भिन्न खालको भएको घोषणा भइसकेको छ ।
संरा अमेरिकासँग मात्र सबैथरि भाइरस छ र ऊ नै भाइरसको ‘मूल स्रोत’ हो । फोर्ट डेट्रिकमा रहेको संरा अमेरिकी सैनिक जैविक प्रयोगशाला नै कोडिभ–१९ को मूल स्रोत हुने प्रवल सम्भावना बताइएको थियो ।
जीवाणु चुहावटको सुरक्षा अभाव देखाएर संरा अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) ले मेरिल्यान्डको फोर्ट डेट्रिकस्थित संरा अमेरिकी सेनाको प्रमुख जीव शास्त्रीय प्रयोगशाला बन्द गरेको थियो । प्रयोगशाला बन्द भएको केही समयपश्चात् कथित ‘ई–चुरोट’ को सङ्क्रमण फैलिएको थियो ।
सन् २००५ देखि २०१२ सम्ममा अमेरिकी जीवविज्ञान प्रयोगशालाबाट जीवाणुको चोरी भएको वा चुहिएको १ हजार ५९ घटना थिए ।
सम्भवतः त्यस्तै कारणले संरा अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) ले अमेरिकी सेनालाई प्रयोगशाला पूर्णतः बन्द गर्न आदेश दिएको थियो ।
सन् २०१९ को सेप्टेम्बरमा संरा अमेरिकी हवाइ टापुमा केही जापानी नागरिकलाई पनि त्यस्तै रोग (कोरोना भाइरस) लागेको थियो । रोग लागेकामध्ये कोहीले पनि कहिल्यै चीन भ्रमण गरेका थिएनन् । यो रोग चीनको उहानमा महामारी फैलिनुअघि नै संरा अमेरिकी भूमिमा फैलिसकेको थियो । फोर्ट डेट्रिकको प्रयोगशाला बन्द गरेको केही समयपछि नै यो रोगको सङ्क्रमण फैलिएको थियो ।
सन् २०१९ को अक्टोबर १८–२७ सम्ममा चीनको उहानमा भएको विश्व सैनिक खेलकुद प्रतियोगितामा सहभागी बन्न आएका पाँच जना ‘विदेशी’ खेलाडी वा व्यक्तिहरू अप्रस्ट रोगको कारण उहानका अस्पतालमा भर्ना भएका थिए । सो घटनाले त्यो भाइरस संरा अमेरिकाबाट मात्र त्यहाँ आएको हुनसक्ने थप प्रस्टताका साथ व्याख्या ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *