संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
काठमाडौँ, २२ चैत । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई पत्नीशोक परेको छ । शनिबार दिनको १ः३० बजे भण्डारीपत्नी शान्ता भण्डारीको ८३ वर्षको उमेरमा निधन भएको हो ।
दम रोगबाट पीडित शान्ता भण्डारीको मेडिसिटी अस्पताल, भैंसेपाटीमा करिब १ महिनादेखि उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । मृतक भण्डारीका तीन छोराहरू विमल, निर्मल र अनिलमध्ये माहिलो निर्मलको यस अगाडि नै मृत्यु भइसकेको छ । त्यस्तै दुई छोरीहरू सविता बराल र सुनिता नेपाल हुनुहुन्छ । जेठी छोरी सविता बराल कानुन व्यवसायी हुनुुहुन्छ ।
मृतक भण्डारीलाई श्रद्धाञ्जली दिन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल, केन्द्रीय सदस्य सुनिल प्रजापति, नेपाल कानुन अध्ययन समाजका अध्यक्ष रामप्रसाद प्रजापतिलगायत पशुपति आर्यघाट पुग्नुभएको थियो ।
मृतक भण्डारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।
मृतक भण्डारीको जन्म विसं. १९९३ पुस १० गते महोत्तरी जिल्लामा भएको थियो ।
Leave a Reply