जलवायु न्यायमा गुटेरेसको जोड
- आश्विन ७, २०८३
भेनेजुयाली राष्ट्रपति माडुरोद्वारा विश्वका जनताको नाममा सम्बोधन
काराकस, ४ अप्रिल
(टेलिसुर) । भेनेजुयलामा जसरी भए पनि सत्ता परिवर्तन खोजिरहेको संरा अमेरिकी प्रशासनले भेनेजुयलाको समुद्रमा आफ्ना जलसेनाका युद्धवेडाहरू पठाएको छ । केही दिनअगाडि भेनेजुयाली सरकार अधिकारीहरूमाथि लागूपदार्थ ओसारपसार र आतङ्कवादलाई सहयोग गरेको झूटो आरोप लगाएको अमेरिकी सरकारले सोही बहानामा भेनेजुयलामाथि आक्रमण गर्ने नियतले जलसेना युद्धपोत उतारेको बताइएको छ ।
संरा अमेरिकाको उक्त युद्ध उत्तेजनापूर्ण कदमको ल्याटिन अमेरिकी देशहरूको सङ्गठन प्युब्ला समूहले निन्दा गरेको छ । उक्त समूहमा भेनेजुयलालगायत निकारागुवा, क्युवा, अर्जेन्टिना, मेक्सिकोलगायत देशहरू रहेका छन् ।
उक्त समूहले जारी गरेको वक्तव्यमा भनिएको छ – स्वयम् संरा अमेरिकालगायत यस क्षेत्रका देशहरू कोरोना सङ्क्रमणको महामारीको चपेटामा पर्न लागेको विषम स्थितिमा भेनेजुयलामाथि आक्रमण गर्ने र त्यहाँ सत्ता परिवर्तन गर्ने नियतले आधारहीन आरोप लगाउँदै युद्धउत्तेजना बढाउने कदममा उत्रनु खेदजनक र निन्दनीय छ ।
यसैबीच भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले विश्वका जनताको नाममा सम्बोधन जारी गर्दै विश्व नै कोरोना भाइरसको महामारीको प्रतिरोधमा रहेको अवस्थामा संरा अमेरिकाले त्यस क्षेत्रको शान्ति र स्थिरतामा असर पु¥याउने हदम चालेकोमा विरोध जनाउन आह्वान गर्नुभएको छ ।
मुक्तिदाता सिमोन बोलिभारको देश भेनेजुयलाले आफ्नो सार्वभौमिकता रक्षाको निम्ति आवश्यक जुनसुकै हदसम्मको प्रतिरोध भेनेजुयलाले गर्ने स्पष्ट पार्दै संरा अमेरिकी प्रशासनले भेनेजुयला र त्यहाँका अधिकारीहरूमाथि लगाएको आरोप नितान्त अपमानजनक र आधारहीन भएको छर्लङ्ग पार्नुभएको छ ।
उहाँले भेनेजुयलामाथिको अकस्मात्को आरोप र आक्रमण कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकी जनताको जीवन रक्षा गर्न र सङ्क्रमण समयमै नियन्त्रण गर्नमा असफल भएको अमेरिकी प्रशासनप्रतिको जनताको ध्यान र आक्रोश अन्यत्र पन्छाउन अमेरिकी शासक वर्गको पुरानै ज्यावलको प्रयोग भएको स्पष्ट पार्नुभएको छ ।
Leave a Reply