भर्खरै :

महामारीविरूद्ध योद्धा फङ यिन ह्वाको वियोगान्त कथा

 
फङ यिन ह्वा उहान शहरको स्येह च्याङनान अस्पतालको श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसन विभागका चिकित्सक हुनुहुन्छ । महामारी विरूद्धको लडाइँमा स्वयम् संलग्न भएपछि सङ्क्रमित भएर फेब्रुअरी २० तारिखमा उहाँको मृत्यु भयो ।
२९ वर्षीय फङ यिन ह्वा हुपै प्रान्तीय युनमङ क्षेत्रमा जन्मनुभएको थियो । सन् २०१५ मा विश्वविद्यालयबाट स्नातक भएपछि उहान सहरको स्येह च्याङनान अस्पतालमा भर्ना हुनुभयो । सन् २०१९ मा श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसन विभागमा काम गर्न थाल्नुभयो ।
दुई वर्षअघि फङ यिन ह्वा र उहाँकी श्रीमतीले विवाह दर्ता गर्नुभएको थियो । तीन वर्षसम्मको तालिम सकिएपछि सन् २०२० को फेब्रुअरी १ तारिखमा विवाह समारोह आयोजना गर्ने निश्चित भएको थियो । तर, महामारी फैलिएकोले विवाह समारोह पछि सार्ने सहमति उहाँहरूबीच भयो । काम गर्दागर्दै जनवरी २४ तारिखमा उहाँलाई ज्वरो लगायत नोबेल कोरोनाका केही लक्षण देखाप¥यो । परीक्षण गर्दा ‘पोजेटिभ’ देखियो । अस्पतालले सकेसम्म उपचार गरे पनि फेब्रुअरी २० तारिखमा ६ महिने गर्भवती श्रीमती छोडेर उहाँको निधन भयो ।
स्येह च्याङनान अस्पतालका प्रमुख लिउ छङ युनले भन्नुभयो, “डाक्टर फङ यिन ह्वा महामारी विरूद्धका बहादुरहरूमध्येको एक उदाहरणीय प्रतिनिधि हुनुहुन्छ र उहाँको भावनाले महामारी विरूद्धको लडाइँ पराजित गर्न प्रेरित गर्दछ ।”
सन् २०२०को मार्चमा फङ यिन ह्वालाई राष्ट्रिय स्वास्थ्य समिति, मानव स्रोत तथा समाज संरक्षण मन्त्रालय, राष्ट्रिय चिनियाँ चिकित्सा तथा औषधि प्रशासनबाट राष्ट्रिय स्वास्थ्य प्रणालीमा कोभिड–१९ महामारी नियन्त्रण गर्ने उत्कृष्ट व्यक्तिको नाम दिइएको छ । हाल हुपेइ प्रान्त सरकारले फङ यिन ह्वालगायत १४ जना महामारी नियन्त्रण क्रममा मृत्यु भएका व्यक्तिलाई पहिलो खेपका शहीदको रूपमा सूचिकृत गरेको छ ।
(सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *