संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
दिदीबहिनी, दाजुभाइ र साथीहरू,
नोवेल कोरोना भाइरस कोभिड–१९ को अहिले विश्वव्यापी महामारी सङ्क्रमण बढ्दो छ । यो भाइरसबाट नेपालमा पनि ९ जना सङ्क्रमित भए भने संसारमा १२ लाखभन्दा बढी मानिस सङ्क्रमित र ६५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
यो भाइरस सङ्क्रमणलाई रोक्न नेपालमा पनि चैत ११ गतेदेखि हामी सबै घरभित्र बस्ने अनुशासनमा छौँ । मानिसबाट मानिसमा सजिलै सर्ने यो भाइरसबाट सुरक्षित हुने उत्तम उपाय घरभित्रै बस्नु हो ।
यो भाइरस सङ्क्रमित मानिसको स्वासप्रश्वास, खकार, सिँगान, थुकबाट र सङ्क्रमित मानिसले छोएको ठाउँमा अन्य निरोगी व्यक्तिले छोएमा सर्ने हो । यसकारण सङ्क्रमित मानिससँग सँगै बस्न नहुने र अलग बस्नुपर्ने हुन्छ । यो समयमा विदेशबाट आएका मानिसको स्वास्थ्य परीक्षण गरी भाइरस भए नभएको सुनिश्चित गर्न सम्बन्धित स्वास्थ्य कार्यालय वा प्रहरीलाई जानकारी गर्नु आवश्यक छ । हामी तोकिएको दिनसम्म घरभित्रै बस्यौँ भने यो भाइरसको महामारी रोक्न सजिलो हुनेछ र यसबाट हुने पीडा एवम् क्षतिबाट हामी सुरक्षित हुनेछौँ । घरभित्र बस्नुपर्ने दिन अझै लम्बिने सम्भावना छ ।
यो महामारीको समयमा घरबाहिर ननिस्की अनुशासनमा बसेका सामान्य जनतासम्म अत्यावश्यक खाद्यान्न आपूर्ति सहज र सुलभ गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सर्वसाधारण जनताले तरकारीलगायत दूध तथा दुग्धजन्य खाद्यान्न खान नपाउने तर उत्पादक किसानले बजार नपाएर फाल्नुुपर्ने वर्तमान अवस्था अविलम्ब अन्त्य गर्नु जरूरी छ । खाद्यान्न र खाना पकाउने ग्यासमा भइरहेको कालोबजारी तत्कालै रोक्नु आवश्यक छ । यो महामारीको बेला विदेशबाट खाद्यान्न, तरकारी, फलफूल आदि आयात रोक्नु पनि उत्तिकै जरूरी छ ।
स्वास्थ्य उपकरण खरिदमा भएको भ्रष्टाचारबारे छानबिन गरी संलग्न दोषीलाई अविलम्ब पदमुक्त गर्नुका साथै कानुनी कारबाही गर्नु आवश्यक छ । सरकारले उपचारमा संलग्न देशभरिका स्वास्थ्यकर्मीहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) तत्काल उपलब्ध गराउनु आवश्यक छ । धन्यवाद ।
प्रेम सुवाल
सदस्य, प्रतिनिधिसभा
२०७६ चैत २३
Leave a Reply