भर्खरै :

धनगढी बजार पूर्णरूपमा बन्द

– लक्ष्मी पोखरेल
धनगढी, २३ चैत । कैलाली जिल्ला प्रशासनले धनगढीमा लकडाउन फितलो भएको भन्दै शुक्रबार बिहान सञ्चालनमा रहेका किराना, मासु, फलफूललगायतका पसलसमेत बन्द गरी लकडाउन कडाइमा सहयोग पु¥याइदिन अपिल गरेको थियो । तर, धनगढी उप–महानगरपालिकाले शुक्रबार दिउँसो सरोकारवाला निकायसँग छलफल गर्दै साँझ विज्ञप्तिमार्फत बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो भने शनिबार सो फेरि तीन घण्टा खाद्यान्न पसल सञ्चालनको निर्णयलाई कार्यान्वयन गर्न अपिल गरेको थियो ।
धनगढी उप–महानगरपालिकाले शनिबार साँझ सम्पूर्ण खाद्य पसल बन्द गर्ने निर्णय गरेको हो । शनिबार दिउँसो कैलालीमा २ र कञ्चनपुरमा १ गरी थप ३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि दैनिक उपभोग्य सामग्रीका पसल आइतबार बिहानैदेखि पूर्णरूपमा बन्द भएका छन् ।
उप–महानगरपालिकाद्वारा शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रूपमा फैलिएको कोराना भाइरस ( कोभिड–१९) फैलिन नदिन र आम नगरवासीमा उच्च सतर्कता अपनाउनु आवश्यकता भएको विज्ञप्तिद्वारा अपिल गरिएको छ । साथै आइतबार बिहानदेखि नै लागू हुने गरी सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीका पसलहरू सबै किसिमका सवारी साधन पूर्णरूपमा बन्द गरेर सहयोग गरिदिनहुन उप–महानगरपालिकाले आम नगरवासीमा अनुरोध गरेको छ ।
यस अवधिमा उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै उप–महानगरपालिकाले राहत तथा खाद्यान्न वितरणको कार्य अहिलेलाई स्थगित गरिएको व्यहोरा विज्ञप्तिमा उल्लेख गर्दैै अतिआवश्यक दैनिक उपभोग्य वस्तुको होमडेलिभरी गरी नगरवासीलाई आवश्यकताअनुसार उपलब्ध गराइदिनहुन तरकारी व्यवसायी, दुग्ध व्यवसायी, किराना व्यवसायी सङ्घ, कैलाली उद्योग वाणिज्य सङ्घलगायत सबैमा आग्रह गरिएको छ ।
उप–महानगरपालिकाले यो निर्णयको कार्यान्वयनमा सहयोग पु¥याइदिनहुन स्थानीय प्रशासन र प्रहरीसँग अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ । धनगढीमा अस्पतालबाहेक सम्पूर्ण पसल पूर्णरूपमा बन्द रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *