भर्खरै :

सलाम ! सफाइ मजदुर र प्रहरी

– दीर्घराज, भक्तपुर
विश्वव्यापी कोभिड–१९ महामारीको कारण सबै मानिस घरमा बसेका छन् । अति जरुरी काममा बाहेक कोही घरबाट निस्केका छैनन् । केही अटेरी र ठेस नलागी चेत नआउने लट्ठकहरूले मात्र ‘लकडाउन’ को उल्लङ्घन गरिरहेका छन् ।
यस्तो प्रतिकूल परिस्थितिमा पनि सफाइ मजदुरहरू हरेक दिन सफाइ कार्यमा व्यस्त छन् । नगरलाई सफा राख्न, नगरवासीको स्वास्थ्यलाई सुरक्षित राख्न, कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न हाम्रा सफाइ मजदुर दिदी–बहिनी तथा दाजु–भाइहरू आफ्नो कर्तव्यपालनमा निरन्तर लागिरहेका छन् । यस्तै शान्ति सुरक्षासँग ‘लकडाउन’ लाई सफल बनाई महामारीबाट जनतालाई सुरक्षित राख्न प्रहरी दाजुभाइ र दिदीबहिनीहरू सडक नापिरहेका छन्, सम्झाइबुझाइ गरिरहेका छन् । त्यसैले सफाइ मजदुर र प्रहरीलाई सलाम !
आशा छ, प्रकोप साम्य नभएसम्म उहाँहरू आफ्नो कर्तव्यपालनमा अझ बढी जिम्मेवार भएर लागिरहनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *