परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
काठमाडौँ, चैत २४ । शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा सोमबारदेखि स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा (पीपीई) बुथ राखिएको छ । अस्पतालको आइसोलेशन वार्डको बाहिर बुथ राखिएको हो ।
कोभिड – १९ को सङ्क्रमण परीक्षणको लागि यो बुथ प्रयोग गरिनेछ । सम्भावित सङ्क्रमितको घाँटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ ।
चिकित्सक बुथभित्र बसेर सम्भावित सङ्क्रमितको घाँटीबाट ¥याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भावना शून्य हुने जनाइएको छ । सम्भावित सङ्क्रमितको घाँटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित सङ्क्रमित बुथको बाहिर बस्ने हुन्छ ।
डा. महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौँ बिल्डर्स प्रालि भक्तपुरले बनाएको हो । साथै यसमा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोग पनि रहेको जनाइएको छ ।
अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा. अरुण कँुवरले नेपालमै पहिलोपटक शिक्षण अस्पतालमा यो बुथ राखिएको जानकारी गराए । अबका दिनमा यो बुथ काठमाडौँको वीर अस्पताललगायत कोरोनाको परीक्षण हुने मुख्य–मुख्य अस्पतालहरूमा राखिने डा. कुँवरले बताउनुभयो ।
बुथ निर्माण समूहमा संलग्न ले सोमबार एक कार्यक्रमबीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा. महावीर पुनः डा. अरुण कँुवर, अमेरिका नेपाल मेडिकल फाउन्डेशनका डा. शंकर ढकाल, इन्जिनियर कृष्णभक्त दुवाल, इन्जिनियर हरेराम हुमागाई, इन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई सहभागी हुनुहुन्थ्यो ।
Leave a Reply