भर्खरै :

इटालीमा आशाको किरण

रोम, ५ अप्रिल । इटालीका स्वास्थ्य अधिकारीहरूले झन्डै एक महिना लामो देशव्यापी लकडाउनले उल्लेखनीय उपलब्धि देखाएको बताएका छन् । बितेका तीन सातामा कोभिड–१९ को सङ्क्रणको कारण मर्ने र अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या न्यून भएको दिन उनीहरूले यस्तो सकारात्मक सन्देश प्रवाह गरेका हुन् ।
“हाम्रो तदारुकता कम गर्न सकिने परिस्थिति बनेको छैन । तर, हामी सकारात्मक दिशातिर उन्मुख छौँ”, इटालीको नागरिक रक्षा विभागका प्रमुख एन्जेलो बोरिल्लीले भन्नुभयो । “सर्वसाधारण घरबाहिर निस्कने समय भएको छैन । अत्यावश्यक कामको लागि मात्र घरबाहिर निस्कनु होला”, उहाँले भन्नुभयो ।
मार्च महिनाको सुरुमा इटालीका प्रधानमन्त्री गुसेप कोन्टेले देशव्यापी लकडाउनको घोषणा गर्नुभएको थियो । युरोपमा पहिलो लकडाउनको घोषणा गर्ने देश इटाली हो । निर्धारित लकडाउन आगामी अप्रिल १३ मा सकिने छ । तथापि सरकारी अधिकारीहरूले लकडाउनको अवधि अझै केही समय बढाउनुपर्ने बताएका छन् ।

  • सङ्क्रमण उपचारको लागि अस्पतालमा भर्ना हुनेको सङ्ख्या पनि घटेको छ । आइतबार अस्पताल भर्ना हुनेको सङ्ख्या अघिल्लो दिनको तुलनामा ६१ जनाले घटेको थियो । बितेका सत्र दिनमा यो अस्पताल भर्ना हुनेको सबभन्दा न्यून सङ्ख्या हो ।

प्रधानमन्त्री कोन्टेले पनि आइतबार कोभिड–१९ को महामारी इटालीमा कहिले अन्त्य कुनै पूर्वानुमान गर्न असम्भव भएको बताउनुभएको छ ।
गत शनिबार र आइतबार दुईमा इटालीमा कोरोना भाइरसको कारण मर्नेको सङ्ख्या ५२५ मात्र रह्यो । गत मार्च १९ यता यो नै सबभन्दा न्यून मृत्युको सङ्ख्या हो । मार्च १९ मर्नेको सङ्ख्या ४२७ जना थियो ।
मार्च २७ मा सबभन्दा धेरै ९६९ जना मानिसको निधन भएको थियो । कोरोना भाइरसको कारण इटालीमा सबभन्दा पहिला फेब्रुअरी २० मा मानिसको निधन भएको थियो । त्यसयता इटालीमा हालसम्म १५ हजार ८८७ जनाभन्दा बढी मानिसको निधन भइसकेको छ ।
सङ्क्रमण उपचारको लागि अस्पतालमा भर्ना हुनेको सङ्ख्या पनि घटेको छ । आइतबार अस्पताल भर्ना हुनेको सङ्ख्या अघिल्लो दिनको तुलनामा ६१ जनाले घटेको थियो । बितेका सत्र दिनमा यो अस्पताल भर्ना हुनेको सबभन्दा न्यून सङ्ख्या हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *