कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
हरिसुन्दर सुवाल
अहिले विश्व कोभिड– १९ बाट बच्न लकडाउनमा छ । नेपालीहरू पनि दुई हप्तादेखि बन्दाबन्दीमै बस्न वाध्य छन् । कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम राख्नु अनिवार्य छ । विश्व स्वास्थ्य सङ्गठनले युरोप, अमेरिका, अफ्रिकालगायत दक्षिण एसियामा महामारीको खतरा रहेको उद्घोषलगत्तै नेपाल सरकारले लकडाउन कायम गरेको छ । यसको अवधि आगामी वैशाखको पहिलो सातासम्म थप्ने कुरो सकारात्मक छ । एकातिर दैनिक काममा जानुपर्ने जोकोहीलाई यसले असहज परिस्थिति उत्पन्न गरेको छ भने अर्कोतिर उद्योग कलकारखाना ठप्प हुँदा उत्पादन घटेर ठूलो अभाव सिर्जना भई भोकमरीको सम्भावना नकार्न सकिन्न । मानव जगत र मानव अस्तित्व जोगाउन लकडाउनको पालना सबैबाट हुनैपर्दछ । नभए आज युरोपका महाशक्ति देशहरूले भोगिरहेको दुःख हामी र हाम्रा सन्ततिले भोग्नुपर्ने निश्चित छ । विश्वभरि कोरोना सङ्क्रमितको सङ्ख्या १२ लाख नाघिसकेको छ भने ६९ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको यस घडीमा सबैजना लकडाउन पालना गरेर सुरक्षित रहने कोसिस जारी छ । बन्दाबन्दीको बेला समय बिताउन कम सजिलो छैन । घरमा सरसफाइ गर्ने, केटाकेटीलाई चित्र लखाउने, गीत सङ्गीतमा रमाउने, साजसज्जामा व्यस्त रहने, विभिन्न परिकार पकाउने खाने, समाचार पढ्ने सुन्ने, पुस्तक पढ्ने, लेख्ने, योगाभ्यासमा ध्यान दिने आदि कार्यमा दुनियाँ अभ्यस्त रहनु स्वाभाविक हो । त्यसबाहेक हरेकले आफ्नो स्वास्थ्य स्थितिबारे अत्यन्तै सचेत र सजग रहनुपर्ने आवश्यकता छ ।
रोगविरुद्ध लड्ने क्षमता अभिवृद्धिका लागि स्वस्थकर खाना सेवन गर्ने, पेय तथा अम्लीय पदार्थ सेवन नगर्ने, घर आँगन सफा स्वच्छ राख्ने, मास्क लगाउने, साबुन पानीले बरोबर हात धुने गर्नु हरेकको कर्तव्य हो । यस्तो समयमा देशमा खोलिएका निजी तथा सार्वजनिक अस्पताल, क्लिनिकहरूलगायत त्यहाँ सेवारत स्वास्थ्यकर्मीहरूको अहम् भूमिका रहन्छ ।
जसरी देशलाई अफ्ठ्यारो पर्दा अग्रपङ्क्तिमा रहेर लड्नुपर्ने सेना नै आफ्नो दायित्व र कर्तव्यबाट विमुख हुनखोज्छ भने त्यस्ताले कहिल्यै देश र जनताको रक्षा गर्नेछैन त्यसरी नै आज कोरोना सङ्क्रमित बिरामीलगायत अन्य रोगबाट ग्रसित बिरामी व्यक्तिहरूको उपचारको निम्ति अस्पताल र स्वास्थ्यकर्मीहरूले सेवा दिन सक्नुपर्दछ । कुनै पनि नेपाली दाजुभाइ दिदीबहिनीले अकालमा र असामयिक मृत्युवरण गर्न नपरून् । छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन थपिंदै गइरहेको हुनाले परिस्थिति झन् जटिल बन्दै गइरहेको छ अतः प्रत्येक व्यक्तिले आफू, आफ्नो परिवार, समाज र राज्यप्रतिको आफ्नो दायित्व एवं कर्तव्य निर्वाह गर्नैपर्ने बेला आएको छ ।
विश्व मानव जातिको अस्तित्व रक्षाका लागि आज छिमेकी मुलुक चीनले ८० भन्दा बढी देशका जनतालाई यस विपत्तिमा सघाउन स्वास्थ्य सामग्रीसहित सयौँ डाक्टर र स्वास्थ्यकर्मीहरू पठाइरहेको छ । त्यस्तै समाजवादी देश क्युवाले पनि यस विपतमा सहयोग गर्न क्युवाली स्वास्थ्यकर्मीहरूलाई युरोप र अमेरिकामा पठाएर विश्व बन्धुत्वको उदाहरण पेश गरेको छ । तर, यतिबेला अधिकांश नेपाली डाक्टर र स्वास्थ्यकर्मीहरू डराइरहेका छन् ।
शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरी सरकारले कम्युनिस्ट चरित्र देखाउने बेला आइसकेको छ । स्वास्थ्यकर्मी भई अहोरात्र बिरामीको सेवामा तैनाथ रहनु सजिलो पक्कै छैन । सरकारले यस्तो परिस्थितिमा बिरामीको उपचारका लागि खट्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमाको सुनिश्चितता गर्नु पर्दछ । राज्यले स्वास्थ्यकर्मीहरूलाई आम जनताको स्वास्थ्यप्रति समर्पित हुन प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्दछ । कतिपय स्वास्थ्यकर्मीहरूले बीमा र भत्ताको सट्टा कोरोना सङ्क्रमितहरूको उपचारका लागि मास्क, पीपीई, आवश्यक स्वास्थ्य सामग्री समयमै उपलब्ध गराउनुपर्ने माग राखिरहेका छन् । हुन त सबै स्वास्थ्यकर्मीहरू त्यस्तो किसिमका हुँदैनन् ।
कर्तव्यबाट च्युत हुन खोजिरहेका ती स्वाथ्यकर्मीहरूले देश र जनताको विश्वासमाथि कुठाराघात गरिरहेका त छैनन् भन्ने महसुस आम जनताले गरिरहेका छन् । अस्पतालमा तालाबन्दी गरेर अस्पताल सञ्चालकहरूले गैरजिम्मेवारीपूर्ण एवं जनघाती व्यवहार देखाइरहेका छन् । सर्वसाधारण जनताको जीवन जोखिममा परेको अवस्थामा बेवास्ता गरिरहेका नाफाखोर र गैरजिम्मेवार स्वास्थ्यकर्मी र अस्पतालहरूलाई कारबाही गर्न सरकारले ढिलाइ गरिरहेकोे छ ।
जनताले शिक्षा, स्वास्थ्यजस्तो आधारभूत आवश्यकता सुलभरूपमा उपभोग गर्न सकिरहेका छैनन् । सामान्य ज्वरो, टाउको दुखाइ र रुघाखोकीका बिरामीको समेत उपचार गर्न यहाँका निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले किन कुनै तदारुकता देखाइरहेका छैनन् ? अधिकांशले समयमै उपचार सेवा पाउन नसक्दा बाटोमै मर्नुपर्ने विषम परिस्थितिको दोष कसलाई दिने ? किन नेपाली जनता बेफ्वाकमा ज्यान गुमाउन बाध्य छन् ? मुख्य कारण के हो भने सेवाभन्दा नाफामा जोड दिई आइरहेका नर्सिंङ होम तथा शिक्षण अस्पतालहरूले सामान्य रोग लागेका बिरामीबाट लाखौँ असुल्ने गर्दछन् । साथै आपत्कालीन समयमा अस्पतालको ढोका बन्द गर्न, कर पनि नतिरिकन ल्याइएका औषधिहरूसमेत जनताबाट लुकाउने अनि बिरामी व्यक्तिलाई जिउँदै मार्ने काम महापाप हो, ठूलो अपराध हो ।
गैरजिम्मेवार प्रवृत्तिले गर्दा नेपाली जनता त्यस्ता स्वास्थ्यकर्मी र अस्पताल सञ्चालकहरूप्रति विश्वस्त हुन सकिरहेका छैनन् । अत्यावश्यक र विषम परिस्थितिमा उपचार सेवा नदिने सयौँ निजी अस्पतालहरूलाई स्पेनमा जस्तै राष्ट्रियकरण गर्न सक्नुपर्दछ । ती अस्पतालहरूले शिक्षणका लागि पाउँदै आएको कोटा खारेज गर्नुपर्दछ ।
शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरी सरकारले कम्युनिस्ट चरित्र देखाउने बेला आइसकेको छ । स्वास्थ्यकर्मी भई अहोरात्र बिरामीको सेवामा तैनाथ रहनु सजिलो पक्कै छैन । सरकारले यस्तो परिस्थितिमा बिरामीको उपचारका लागि खट्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमाको सुनिश्चितता गर्नु पर्दछ । राज्यले स्वास्थ्यकर्मीहरूलाई आम जनताको स्वास्थ्यप्रति समर्पित हुन प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्दछ । कतिपय स्वास्थ्यकर्मीहरूले बीमा र भत्ताको सट्टा कोरोना सङ्क्रमितहरूको उपचारका लागि मास्क, पीपीई, आवश्यक स्वास्थ्य सामग्री समयमै उपलब्ध गराउनुपर्ने माग राखिरहेका छन् । हुन त सबै स्वास्थ्यकर्मीहरू त्यस्तो किसिमका हुँदैनन् ।
आज इटालीमा दर्जनौँ डाक्टरहरूले हजारौँ कोरोना सङ्क्रमितहरूको उपचार गरी आफ्नै ज्यान गुमाइसकेका छन् । देशलाई त्यस्तै खालका निडर, निःस्वार्थी, उत्साही र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरूको खाँचो छ । मानव अस्तित्व रक्षाको निम्ति आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।
Leave a Reply