सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
टोकियो, ६ अप्रिल । “जब न्यानो वसन्तयाम आउँछ, तिमी आफ्नै हृदयमा विश्वास गर्नु…” विश्वभर कोभिड–१९ को महामारी फैलिरहेको समयमा तीनजना जापानी केटीले टोकियोमा गाएको ‘विजय भएर तिमी फर्किने आशामा’ बोलको जापानी गीतले यतिबेला इन्टरनेटमा तरङ्ग उत्पन्न गरेको छ ।
गीत हिरोसिमा विश्वविद्यालयमा पढ्दै गरेकी २३ वर्षकी अयाका नकताले लेखेकी हुन् । उनले चीनको राजधानी पेइचिङस्थित नर्मल विश्वविद्यालयमा चिनियाँभाषा अध्ययन गरेकी थिइन् ।
नकताले जापानी निर्देशक ¥यो ताक्युचीले कोभिड–१९ विरुद्ध नानचिङमा भएको सङ्घर्षबारे बनाएको वृत्तचित्र ‘आकस्मिक रिपोर्टः अब कुनै नयाँँ सङ्क्रमित बिरामी छैन’ हेरेपछि आफूलाई भाइरसविरुद्ध चिनियाँ जनताको सङ्घर्षबारे जानकारी भएको बताइन् । चिनियाँ जनताको त्यस्तै समर्पणभावको कारण महामारीविरुद्धको लडाइँले ठूलो उपलब्धि हासिल गर्न सम्भव भयो ।
नकताले चिनियाँ जनताको महामारीविरुद्धको लडाइँमा आफ्नोतर्फबाट केही योगदान गर्ने सोचिन् ।
‘विजय भएर तिमी फर्किने आशामा’ बोलको चिनियाँ गीतबाट प्रेरित भएर उनले त्यसलाई जापानी भाषामा भावानुवाद गरिन् । चिनियाँभाषामा त्यो गीत कोभिड–१९ विरुद्ध लडेका स्वास्थ्यकर्मीहरूप्रति समर्पित गरेर लेखिएको थियो ।
“यो गीतमार्फत् मैले कोरोना भाइरसबाट पीडित चीन र जापान दुवै देशका जनताप्रति शुभेच्छा व्यक्त गर्न चाहेको हुँ”, नकताले भनिन् । जापानका मानिसलाई चीनले महामारीविरुद्ध कसरी लडेका थिए भन्ने सन्देश प्रवाह गर्न मैले यो गीत बनाएकी हुँ ।
गीतको भावानुवाद सजिलो कुरा पक्कै होइन । चीन र जापानबीचको भाषिक र सांस्कृतिक भिन्नताको कारण चिनियाँ गीतलाई जापानी भाव दिन उनले एक साता घोटिलनुप¥यो । उनले भावानुवादमा आफ्नो सन्देश पनि जोड्न खोजिन् र जापानी जनताले बुझ्न सक्ने बनाउन भरमग्दुर प्रयास गरिन् ।
जापानको सहरमा पहिलोपटक यो गीत गाउँदा उनलाई थोरै लाज र केही आँत्तिएकी थिइन् । तर, आफूसँगैका साथीहरूले उनलाई सहज बनाइदिए ।
सडकमा केही बटुवाले उनीहरूको गीत रोकिएर सुने । केही बटुवाहरू उनीहरूले बनाएको प्लेकार्डको सन्देश पढ्दै थिए । त्यसमा लेखिएको थियो– ‘नोबेल कोरोना भाइरससामु कहिल्यै हार नखानु ।’ “पछि मानिसहरू चिसोको पर्वाह नगरी थप्पडी बजाउँदै हामीलाई साथ दिन थाले । त्यसपछि हामीले हौसला पाएको अनुभव भयो”, उनले भनिन् ।
Leave a Reply