निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचय पत्रको आधारमा मतदान गर्न पाउने भएका छन् ।
स्थानीय तहको निर्वाचन २०७४ प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेको वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा त्यस्तो मतदाताको नेपाली नागरिकता प्रमाणपत्र, २०७० को निर्वाचन आयोगबाट जारी गरिएको परिचय पत्र , रहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचय पत्रसमेतका आधारमा मतदान गर्न दिने निर्वाचन आयोगले निर्णय गरेको हो । साथै स्थानीय तहको निर्वाचन निर्देशिका २०७३ को दफा ४८ बमोजिम सानोतिनो भुलचुक मानी मतदाताको नागरिकताको प्रमाणपत्रको विवरणलाई मुल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउने समेत आयोगले जनाएको छ ।
Leave a Reply