भर्खरै :

राजधानी शहर सुनसान

काठमाण्डौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको अघिल्लो दिन राजधानी काठमाण्डौ सुनसान भएको छ । सामान्यतः बाक्लो सवारी जाम भइरहने र भीडभाड भइरहने काठमाण्डौ शहर लगभग खाली खाली देखिएको छ । साप्ताहिक विदाको दिन पनि परेकाले सवारी साधन निकै पातलोमात्र गुडेका छन् । बाटोमा निकै कममात्र बटुवाहरु हिडेका देखिएका छन् । राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरु आइतबार हुने चुनावको तयारीमा व्यस्त छन् । निर्वाचन आयोगमा शनिबार बिहानै देखि सवारीसाधन गुडाउने अनुमतिपत्र लिने पत्रकार, उम्मेदवार प्रतिनिधिहरुको भीड लागेको छ । चुनावमा मतदान गर्न काठमाण्डौ उपत्यका वरपरका जिल्लामा जानेहरु मानिसहरुको पनि घुइचो देखिएको छ ।
स्थानीय जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनहरुलाई मात्र आइतबार गुड्न दिने बन्दोबस्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *