विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
एस. महर्जन
कोरोना भाइरस (कोभिड–१९) विश्वको २०० भन्दा बढी देशमा विस्तार भइसकेको छ । चीनको उहान सहर जहाँ पहिलोपटक यस भाइरसले आक्रमण गरेको थियो, आज बिस्तारै पुरानो लयमा फर्कने क्रममा छ । चीनका विभिन्न ठाउँबाट उहान सहरमा महामारीकै रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि पुगेका ४० हजार चिकित्सकस्वास्थ्यकर्मीका समूह फर्किसकेका छन् । अहिले त्यहाँ नयाँ सङ्क्रमित देखिएका छैनन् । तर, विदेशबाट त्यस सहरमा आएका सङ्क्रमितको सङ्ख्या भने केही थपिएको छ ।
चीन सरकारले समयमा नै कोभिड–१९ को सङ्क्रमण नियन्त्रणको लागि २ महिने लामो लकडाउन (बन्दाबन्दी) को घोषणा र लकडाउनको क्रममा आवश्यक स्वास्थ्य सेवा, अन्य प्रबन्ध छिटो छरितोका साथ गरेको हुँदा नै कोडिभ–१९ लाई नियन्त्रण गर्न सफल भएको हो । चीनबाट सुरू भई संसारभर फैलिसकेको यो महामारीबाट यतिखेर युरोपका देशहरू– इटाली, स्पेन, जर्मनी, फ्रान्स त्यस्तै संरा अमेरिका र अफ्रिका हुँदै दक्षिण एसियाली देशहरू– भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, अफगानिस्तानमा समेत प्रवेश गरिसकेको छ । युरोपका देशहरू इटाली र स्पेनमा तथा संरा अमेरिकामा समेत यसले डरलाग्दो रूप लिएको छ ।
ती देशका सरकार र जनता यस विश्वव्यापी महामारीबाट मुक्त हुन भरमग्दुर प्रयास गरिरहेका छन् । तर, यो पङ्क्ति लेख्दासम्म सफलता पाइसकेका छैनन् ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोसले झण्डै दुई हप्ता अगाडि नै संरा अमेरिकालाई सचेत गराएका थिए । उनले भनेका थिए, “अबका केही दिनमा संरा अमेरिका कोरोना भाइरसको केन्द्र बन्दै छ ।” एक हप्ताअघि संरा अमेरिकामा सङ्क्रमितको सङ्ख्या ६९,२१९ भएकोमा चैत २३ गतेसम्म ३,११,६५८ पुगेको छ । विश्वमा सङ्क्रमित सङ्ख्या १२,१६,४२२ पुगेको छ । एकप्ता अघि संरा अमेरिकामा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या १,०५४ थियो भने अहिले त्यो सङ्ख्या ८,४९२ पुगेको छ । संरा अमेरिकाको महाशक्तिको घमण्डलाई कोरोना भाइरसको आक्रमणले तोडेको आज सर्वत्र महसुस गरिँदै छ ।
अहिलेको यो कोरोना भाइरसको विश्वव्यापी आक्रमण मानव जीवनको लागि ठूलो चुनौती र सङ्कटको रूपमा तेर्सिएको छ । तर, विडम्बना पश्चिमा देशहरू र संरा अमेरिकाले यो महासङ्कटमा समाजवादी देश चीन र चिनियाँ नागरिकविरूद्ध घृणा फैलाउने दुश्प्रयास गरे । अन्तर्राष्ट्रिय जगतले ती देशहरूको कुत्सित दुराग्रहप्रति आफ्नो असहमति व्यक्त गरे । ढिलै भए पनि संरा अमेरिकाले चीनसित मिलेर विश्वव्यापी कोरोना महामारीको अन्त्यको लागि सहकार्यमा अघि बढ्ने निर्णय गरेको छ ।
दक्षिण एसियाली देशहरूमा समेत कोरोना भाइरसको महामारी व्यापक हुँदै छ । भारत, पाकिस्तानमा सङ्क्रमित सङ्ख्या र मृत्युको सङ्ख्या दिनदिनै बढ्ने क्रममा छ । यस तथ्याङ्कले दक्षिण एसियाली देशका सरकार र नागरिकमा एक किसिमको भय र सन्त्रास फैलिएको सर्वत्र महसुस गरिँदै छ । यतिखेर नेपाल र छिमेकी देश भारतमा लकडाउन जारी छ ।
नेपाल एकातिर कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि लकडाउनको स्थितिमा छ भने अर्काेतिर राष्ट्रिय सङ्कटको यस घडीमा केही सरकारी र अधिकांश निजी अस्पतालले आफ्नो व्यावसायिक र मानवीय कर्तव्य तथा दायित्व बिर्सेर अस्पतालमा ताला लगाएर थप सङ्कट निम्त्याउँदै छन् । सामान्य ज्वरो, रूघाखोकी, झाडापखालाजस्ता समस्या लिएर अस्पताल जाँदा ती बिरामीहरूलाई अस्पतालको गेटबाट फर्काईएका समाचारहरू दिनदिनै प्रसारित हुँदै छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूले आवश्यक सुरक्षा सामाग्रीको अभाव तेर्साएर आफ्नो व्यक्तिगत स्वार्थको लागि आफ्नो पेशागत कर्तव्यबाट विमुख हुने प्रयास गर्नु चिकित्सक र स्वास्थ्यकर्मीको लागि पटक्कै सुहाउने व्यवहार होइन ।
नेपालको संविधान २०७२ ले समेत प्रत्येक नेपालीलाई जुनसुकै बखत स्वास्थ्य सेवा पाउने हक प्रदान गरेको छ । निजी अस्पताल र ती संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरूले नागरिकको स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्न मिल्दैन, हँुदैन पनि । हिजोमात्र सर्वाेच्च अदालतले निःसर्तरूपमा सबै अस्पताललाई आफ्नो स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन जारी गरिसकेको छ । नेपाल सरकारले समेत निजी अस्पताललाई आवश्यक सुरक्षा सामग्रीहरू तत्काल उपलब्ध गराई सबैले आवश्यकताअनुसारको जरूरी स्वास्थ्य सेवा पाउने अवस्था गर्नु आवश्यक देखिन्छ ।
यसमा नेपाल सरकारले निर्देशनमात्र दिने होइन कि कडारूपमा निर्देशनको पालना वा कार्यान्वयन गर्न लाग्नुपर्छ । अन्यथा कोरोना भाइरसको सङ्कट त छँदै छ, नागरिकहरू जरूरी स्वास्थ्य सेवाबाट समेत वञ्चित भई अनाहकमा ज्यान गुमाउनुपर्ने स्थिति दोहोरिरहने छ । मानव जीवनमा आइपर्ने आवश्यक विश्वव्यापी महासङ्कटलाई नेपाल सरकार, नागरिक, निजी प्रतिष्ठान, सम्बन्धित सरकारी निकाय, प्रहरी प्रशासन, नेपाली सेनासमेतको संयुक्त प्रयासले निश्चय पनि परास्त गर्न सक्नेमा कसैको दुईमत नहोला ।
Leave a Reply