विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
प्रतिष्ठा
प्रजग कोरियामा हालसम्म कोभिड–१९ सङ्क्रमण देखिएको छैन । यो भाइरसको सङ्क्रमण सुरु भएलगत्तै पश्चिमा समाचार माध्यमहरूले प्रजग कोरियामा कोभिड–१९ सङ्क्रमित पहिलो व्यक्तिलाई नै गोलीद्वारा उडाइएको झूटा समाचार फैलाए । विश्व स्वास्थ्य सङ्गठनले नै प्रजग कोरियामा कोभिड–१९ नभएको सुनिश्चित गरेको छ । प्रजग कोरियामा कोभिड–१९ देखिएको समाचार देश बाहिरबाटै प्रचार गरिएको हो ।
प्रजग कोरियाले कोभिड–१९ रोक्न जनवरीमै सीमाबन्द र अन्तर्राष्ट्रिय यात्रा स्थगित गरेको थियो । चीनमा यो भाइरसको सङ्क्रमण डिसेम्बर ३१, २०१९ मा देखिएको थियो । सरकारी काममा प्रजग कोरिया पुगेका विदेशी मित्रहरूलाई सिमानामा निगरानीमा राखिएको थियो । सार्वजनिक यातायात र अन्य सेवाहरूमा सङ्क्रमित नहुने उपायहरू अपनाइएको थियो । सबै जनतालाई मास्क वितरण र सबैको स्वास्थ्य परीक्षण गरियो ।
प्रजग कोरियामा निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था छ । झन्डै दुई करोड ५० लाख जनसङ्ख्या भएको यो देशमा ६ लाख ५० हजार स्वास्थ्यकर्मी छन् । प्रजग कोरियामा बिरामी डाक्टरकहाँ पुग्ने होइन डाक्टर टोल–टोलका जनताबीच पुग्ने व्यवस्था छ । यसको लागि क्षेत्र–क्षेत्र तोकेर डाक्टरको जिम्मा लगाइएको छ ।
प्रजग कोरियाका जनतामा एकमनको एकता छ । साझाहितको लागि सबै एक आपसमा मद्दत गर्छन् । सामाजिक द्वन्द्व छैन । यसरी कोभिड–१९ रोक्न प्रजग कोरियालाई धेरै सजिलो भयो ।
यो भाइरस नियन्त्रण गर्न चीनलाई सजिलो हुनुमा त्यहाँका जनताको एकता र अनुशासन नै हो । अमेरिका र युरोपको समाज व्यक्तिवादी भएको हुँदा यो भाइरसको सङ्क्रमण बढ्दो छ । यी देशमा व्यक्तिगत गोपनियताको निहुँमा रोगलाई समेत लुकाइन्छ । चीनले कोभिड–१९ को सङ्क्रमणबारे विश्व स्वास्थ्य सङ्गठनलाई समयमै जानकारी गरायो र अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको लागि अपिल ग¥यो । चीनले सङ्कटको बेला धेरै देशबाट स्वास्थ्य उपकरण सहयोग पनि लियो ।
यो सङ्कटको बेला अमेरिकाले पेकिङस्थित आफ्नो दूतावासका कर्मचारीलाई सुरूमै फिर्ता ग¥यो । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको फोन वार्तामा विज्ञ टोलीसहित सहयोग गर्ने वाचा गरेका थिए तर वैज्ञानिक ढङ्गले भाइरस नियन्त्रण गर्न कुनै सहयोग गरेनन् । बरु उनले ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ जस्ता चीनविरुद्ध साम्प्रदायिक आरोप लगाउँदै हेला गरे । अहिले यो भाइरसको स्रोत अमेरिका नै भएको पुष्टि हुँदै छ । यसबारे अमेरिकाले अहिलेसम्म स्पष्टिकरण दिएको छैन । परिणाम यो भाइरसबाट संसारमा अमेरिकी जनता नै बढी पीडित छन् ।
उहानवासीको हर्षको आंशु र स्वास्थ्यकर्मी बिदाई
चीनको विभिन्न स्थानबाट हुपेइ पुगेका ४० हजारभन्दा बढी स्वास्थ्यकर्मीहरू कोही पनि कोभिड–१९ बाट सङ्क्रमित नभएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बतायो । हुपेइका ६३ हजार अर्थात् ९३ प्रतिशतभन्दा बढी कोभिड–१९ बिरामी निको भए । त्यहाँ सेवारत ७ हजारभन्दा बढी स्वास्थ्यकर्मी ५१ वटा चार्टर उडानबाट घर फिर्ता भए । हुपेइमा केही दिन नयाँ सङ्क्रमित थपिएन । अहिले तुलनात्मकरूपमा थोरैमात्र थपिएको छ । उहानवासीले खुशीको आँसुसहित स्वास्थ्यकर्मीहरूलाई बिदाइ गरे ।
चीनमा थपिएका कोभिड–१९ सङ्क्रमित सबै बिरामी विभिन्न देशबाट चीन फर्केका हुन् । चीनको अन्य भागबाट पेइचिङ फर्कनेहरू अनिवार्यरूपमा १४ दिन निगरानीमा बस्नुपर्नेछ । चिनियाँ विदेशमन्त्री वाङ यीले पोर्चुगल र लक्जेम्बर्गका विदेशमन्त्री सँगको फोन वार्तामा कोभिड–१९ नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने बताए । एक अर्को अवसरमा मन्त्री यीले कोभिड–१९ नियन्त्रणमा वश्वकै ऐक्यबद्धता आवश्यक भएको र एकध्रुवीय एवम् अहङ्कारलाई अब कसैले स्वीकार नगर्ने बताए । चिनियाँ विज्ञहरूले दैनिक ७२० कोभिड–१९ परीक्षण गर्ने प्रयोगशाला निर्माण गरी इराकमा समेत पठाएका छन् ।
कोभिड–१९ नियन्त्रणमा अमेरिकाको प्रभावकारी भूमिका देखिएन
अमेरिकाको न्युयोर्कस्थित अल्बर्ट आइन्स्टाइन मेडिकल कलेज एवम् मोन्टेफियोरे मेडिकल केन्द्रका वरिष्ठ नसारोग विशेषज्ञ डाक्टर जेम्स टी गुडरिचको सोमबार कोभिड–१९ सम्बन्धित रोगबाट मृत्यु भएको खबर छ । डाक्टर गुडरिचले सन् २०१६ मा मोन्टेफियोरे मेडिकल केन्द्रमा अनियास र जाडरेन (१३ महिना) नामको बच्चाको टाउको जोडिएको छुट्याउने ४० जना डाक्टर सम्मिलित २७ घण्टाको अपरेसन कार्यको नेतृत्व गरेका थिए ।
शनिबार दिउँसोसम्म २०५ देश, क्षेत्र र पानीजहाजसमेतका १०,९८,००६ मानिस कोभिड–१९ सङ्क्रमित भए भने ५९,१४१ मानिसको मृत्यु भयो । यसमध्ये अमेरिकामा २,७७,८२७ सङ्क्रमित भए भने ७,३१२ को मृत्यु भयो । अमेरिकापछि इटालीमा १,१९,८२७ सङ्क्रमित भए भने मृत्यु सबभन्दा बढी १४,६८१ भयो । इटालीमा कोभिड–१९ उपचारको क्रममा ६१ जना डाक्टरको समेत मृत्यु भयो । त्यसमध्ये गएको हप्तामात्र २२ जना डाक्टरको मृत्यु भएको थियो ।
अहिले कोभिड–१९ सङ्क्रमणको केन्द्र अमेरिका बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साता निकै असहज हुने बताए । यो भाइरसबाट अमेरिकामा दश लाखभन्दा बढी सङ्क्रमित हुने र दुई लाख चालीस हजारभन्दा बढीको मृत्यु हुने अनुमान गरिँदै छ । अमेरिकाले सुरूमा यो भाइरस सङ्क्रमणको विनाशलाई बुभ्mन सकेन । ट्रम्पले ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ जस्ता साम्प्रदायिक आरोप लगाई बाँकी संसारलाई चीनविरुद्ध दुरुत्साहन गर्ने अमानवीय काम गरे । त्यसको परिणाम अहिले अमेरिकी जनता बढी पीडित छन् । अमेरिकी अधिकारीहरूले मार्चको मध्यमा सामाजिक दूरी कायम गर्ने ट्रम्पको घोषणापछि सङ्क्रमितको सङ्ख्या कम हुने अपेक्षा गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सुरूदेखि नै कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी चीनविरुद्ध साम्प्रदायिक आरोप लगाउँदै यो रोगबाट मरेकाहरूको सङ्ख्या र यथार्थ विवरण चीनले लुकाएको दाबी गरे । तर, चीनले यो रोग देखिनेबित्तिकै विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको हो ।
बरु अमेरिकाबारे जानकारहरू अमेरिकामा व्यक्तिगत गोपनीयताको कानुन कडा भएकोले कोभिड–१९ का बिरामी कति भए सार्वजनिक नभएको बताउँछन् । अमेरिकाको निम्ति नेपाली राजदूत अर्जुन कार्कीले समेत अमेरिकामा रहेका धेरै नेपाली सङ्क्रमित हुनसक्ने तर सार्वजनिक नभएको बताए । एक स्रोतअनुसार अमेरिकामा कोभिड–१९ बाट सङ्क्रमित २ सयजना नेपाली उपचारमा छन् । गएको अक्टोबरमा उहान पुगेका अमेरिकी जल सेनाबाट कोरोना भाइरस चीन फैलिएको बारे अमेरिकाले तार्किक खण्डन गरेको छैन ।
सिङ्गापुरका प्रमले अमेरिकासँग सबैभन्दा बढी स्रोत, विज्ञ, प्रभाव भएको दाबी गरे पनि कोभिड–१९ नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेको दुःखको विषय बताए । चीनमा यो भाइरस सजिलै नियन्त्रण भएको उल्लेख गर्दै उनले चीनविरूद्ध अमेरिकी आरोपको खण्डन गरे । यो विश्वव्यापी महामारी सङ्कटको बेला अमेरिकाले प्रजग कोरिया, क्युवा, सिरिया, इरानमाथि लगाएको नाकाबन्दी फिर्ता गर्नुपर्ने र इराक, लिबिया, दक्षिण कोरियालगायत विभिन्न देशमा तैनाथ अमेरिकी सेना फिर्ता लिनुपर्ने विषय जोडका साथ उठिरहेको छ ¤
अहिले कोभिड–१९ सङ्क्रमणको केन्द्र अमेरिका बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साता निकै असहज हुने बताए । यो भाइरसबाट अमेरिकामा दश लाखभन्दा बढी सङ्क्रमित हुने र दुई लाख चालीस हजारभन्दा बढीको मृत्यु हुने अनुमान गरिँदै छ । अमेरिकाले सुरूमा यो भाइरस सङ्क्रमणको विनाशलाई बुभ्mन सकेन । ट्रम्पले ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ जस्ता साम्प्रदायिक आरोप लगाई बाँकी संसारलाई चीनविरुद्ध दुरुत्साहन गर्ने अमानवीय काम गरे । त्यसको परिणाम अहिले अमेरिकी जनता बढी पीडित छन् । अमेरिकी अधिकारीहरूले मार्चको मध्यमा सामाजिक दूरी कायम गर्ने ट्रम्पको घोषणापछि सङ्क्रमितको सङ्ख्या कम हुने अपेक्षा गरेका थिए । तर, ट्रम्पले मानिसलाई घरबाट ननिस्कने र अत्यावश्यक सेवाबाहेक सञ्चालन गर्न नदिने घोषणा नगरेको हुँदा सङ्क्रमितको सङ्ख्या झन्–झन् बढ्दो छ । यो महामारीको घडीमा अमेरिका बन्दको निम्ति नभएको ट्रम्पको भनाइ नै विष साबित भयो । अमेरिकाले कोभिड–१९ नियन्त्रण गर्ने तरिका चीनबाट सिक्न अझै चाहेको छैन ।
युरोप र अमेरिकाले चीन, क्युवा, प्रजग कोरियासँग सहकार्य नगरेसम्म यस्ता विनाशकारी विपदबाट संसार मुक्त हुने अवस्था छैन । प्रजग कोरियामा कोभिड–१९ देखापरेको छैन । चीन कोभिड–१९ लाई नियन्त्रण गरी ८३ देशलाई
स्वास्थ्यकर्मी र उपकरणसहित सहयोग गर्दै छ । क्युवा पनि कोभिड–१९ विरूद्ध क्यारेबियन र दक्षिण अमेरिकी देशहरूमा स्वास्थ्यकर्मी र उपकरण सहयोगमा छ । यतिबेला युरोप र अमेरिकाको सभ्यतामाथि ठूलो प्रश्न खडा भयो । मानव स्वास्थ्यको लागि आवश्यक आधारभूत औषधीमा समेत अमेरिका र युरोप अहिले चीनमा भर पर्दै छन् । ट्रम्पले चुनावी भाषणमा चीनको सामान सस्तो भएकोले आफूलाई गा¥हो भएको बताएका थिए । अहिले चीनको सस्तो सामानसमेत सोचेर किन्नुपर्ने थला परेको आर्थिक अवस्थामा अमेरिका छ ।
कोभिड–१९ अमेरिकी जैविक आक्रमण नै भएको तथ्य आगामी दिनमा पुष्टि हुनेछ । अमेरिकाको जैविक आक्रमणविरूद्ध चीनले अनुशासित जनताको एकता प्रदर्शन गरी सफलता हात पा¥यो । बाँकी विश्वमा कोभिड–१९ सङ्क्रमण बढिरहेको बेला चीनमा ९० प्रतिशतभन्दा बढी कारखानाहरू सञ्चालनमा आएका छन् । यतिबेला चीन विश्वलाई भरपर्दोरूपमा आपूर्ति गर्न तयार देखिन्छ ।
महामारीको घडीमा पनि भारतको असमान व्यवहार
कोभिड–१९ को विश्वव्यापी महामारीको बेला पनि भारतले नेपालीलाई असमान व्यवहार गरेको समाचार प्रकाशित भयो । नेपाललाई आवश्यक ९० प्रतिशत आपूर्ति भारतबाटै भइरहेको वर्तमान अवस्थाको विकल्पमा नेपाल सरकारले तेस्रो देशबाट आपूर्ति गर्ने साहस नगरेसम्म भारतको नेपालप्रति व्यवहार असमान नै हुनेछ । अहिले लकडाउनको घडीमा पनि नेपालमा भारतबाट दिनको २०–३० ट्रक तरकारी भित्रिँदै छ । नेपालका सरकारहरू तरकारीसमेत उत्पादन गर्न नसक्ने निरीह अवस्थामा छन् ।
भारतसमेत लकडाउनको अवस्थामा यतिबेला जो जहाँ छ त्यही रहनु सुरक्षित हुनु हो तर भारतले दिल्ली, मुम्बई, लद्दाख क्षेत्रमा काम गर्ने नेपालीलाई नेपालको सिमाना दशगजा क्षेत्रमा ल्याएर छोड्यो । नेपालमा पनि लाखौँ भारतीय मजदुर छन् । उनीहरूलाई नेपालले भारततर्फ पठाएको छैन । दुवै देश लकडाउन र सीमाबन्द रहेको अवस्थामा भारतले आवतजावत नरोक्नु महामारी नियन्त्रणको विश्वव्यापी कदमविरूद्ध हो । यो विपत्तिपछि नेपाल–भारत दुवै देशको हितका लागि एक–अर्काे देशमा पस्ने नागरिकलाई राहदानीको व्यवस्था गर्नु आवश्यक छ ।
Leave a Reply