भर्खरै :

होचोलाई घोच्ने काम बन्द गर अमेरिका

– सु यिकोङ
  चीनको लागि क्युवाली दूतावासले वेइपो सामाजिक सञ्जालमा चीनको अलिबाबा कम्पनीले ल्याटिन अमेरिकी तथा क्यारिबियाली देशहरूलाई प्रदान गरेको चिकित्सकीय सामग्री सहायता क्युवा पुग्न नसकेको बताएको छ । संरा अमेरिकी सरकारले क्युवामा सामान ढुवानी गर्ने जहाजमाथि रोक लगाएपछि चिनियाँ मानवतावादी सहयोग क्युवा पुग्न नसकेको हो ।
            ‘संरा अमेरिकाको वर्तमान सरकारले सामान लानुपर्ने देश (क्युवा) माथि आर्थिक, वित्तीय र व्यापारिक नाकाबन्दी लगाएको हुनाले आफूले काम गर्न नसकेको’ क्युवामा सामान लान भाडामा लिइएको मालबाहक पानीजहाजले भन्यो ।
            सन् १९५९ मा क्युवाली क्रान्ति सफल भयो । त्यसपछि क्युवाली सरकारले स्वास्थ्य सेवा र शिक्षामा जोड दिएर क्युवा सरकारले जनजीवनमा विशेष ध्यान दिंदै आएको छ । सोभियत सङ्घको विघटनपछि क्युवा आर्थिक मन्दीमा फस्यो । त्यस्तो अवस्थामा पनि सामाजिक क्षेत्रमा लगानी गर्ने क्युवा सरकारको नीतिमा कुनै फेरबदल भएन ।
            सरकारको खर्च गर्ने क्षमता खुम्चिए पनि देशको कुल बजेटको आधा भन्दा बढी हिस्सा सामाजिक कल्याणकारी काममा खर्च हुने गरेको छ । कुल बजेटको दस प्रतिशत त स्वास्थ्य क्षेत्रमा मात्र खर्च गरिन्छ ।
            त्यस्तै कारणले क्युवाको औसत आयु, शिशु मृत्युदर, प्रतिव्यक्ति चिकित्सकलगायत अन्य जनस्वास्थ्यका मापदण्डमा संसारकै अब्बल छ । जनस्वास्थ्यका सबै तथ्य तथ्याङ्कमा संरा अमेरिकालाई क्युवाले जितेको छ । साथै संसारका सबभन्दा विकसित भनिएका देशको तुलनामा क्युवा अगाडि छ ।
            संरा अमेरिकाले क्युलालाई सधैँ आफ्नो तखतमा राख्न चाहेको छ । बितेका ६० वर्षदेखि संरा अमेरिकाले क्युवामाथि नाकाबन्दी थोपर्नुको मूल कारण त्यही हो । तथापि अमेरिका यो षड्यन्त्रमा सफल भएको छैन ।
            बितेका ६० वर्षका सबै संरा अमेरिकी सरकारहरूले क्युवाविरुद्ध निर्मम र निषेधको नीति अङ्गीकार गर्दै आएको छ । त्यसले क्युवालाई आर्थिकरूपमा मात्र निकै दबाब दिएको छैन, बरु क्युवाको समग्र विकासमा पनि प्रभाव पारेको छ । अमेरिकी नाकाबन्दीकै कारण क्युवा आज अनेकन कठिनाइ सामना गर्न बाध्य छ । मानवीय सहयोग समेत क्युवाले पाउन सक्ने अवस्था छैन ।
            संरा अमेरिकाका निर्मम नीतिको कारण क्युवाली जनताको मानवअधिकार र आधारभूत अधिकार खोसिएको छ । बाँच्न पाउने, शान्तिपूर्ण जीवनयापन गर्न पाउने, आत्मनिर्णय र विकासको अधिकारबाट क्युवाली जनतालाई वञ्चित बनाइएको छ ।
            तथापि संरा अमेरिका आजसम्म तसको मस भएको छैन । ट्रम्प राष्ट्रपति बनेयता क्युवामाथि नाकाबन्दी अझै कस्सिलो बनाइएको छ । फलतः आज क्युवा निकै ठूलो सङ्कटमा परेको छ ।
            कोभिड–१९ विरुद्धको विश्वव्यापी लडाइँको आजको विशेष समयमा समेत संरा अमेरिकाले अन्तर्राष्ट्रिय मानवतावादी कानुनप्रति आफ्नो दायित्व मात्र पूरा गरेको छैन बरु क्युवाविरुद्धको नाकाबन्दीलाई अझ कस्सिलो बनाएको छ ।
            अहिलेको सकसपूर्ण समयमा क्युवामा मानवतावादी सहायता पुग्न नसकेको तथ्यले क्युवाविरुद्ध संरा अमेरिकी नयाँ अपराध छर्लङ्ग हुन्छ ।
            संरा अमेरिकाले यस्तै खालको नाकाबन्दी इरान, भेनेजुयलाजस्ता देशमाथि पनि थोपरेको छ । निर्मम नाकाबन्दी र सहायतामा रोक लगाउने जस्ता ट्रम्प सरकारका कामको जति भत्र्सना गरे पनि पुग्दैन ।
            कोभिड–१९ महामारीको समयमा चीनबारे ट्रम्प सरकारको पत्याउनै नसकिने टिप्पणी र भाइरसविरुद्ध संरा अमेरिकाको लोसे तयारी पनि भत्र्सनायोग्य छ ।
            भाइरसले कुनै सिमाना जान्दैन । भाइरसले कुनै जाति, क्षेत्र वा लिङ्ग भन्दैन । यो भाइरसलाई पराजित गर्न संसार सबै एकजुट भएर लड्नुको कुनै विकल्प छैन । यतिबेला सबै देशले आपसी मतभेद बिर्सेर सहकार्यतिर अघि बढ्नु आवश्यक छ । बिनाकुनै सन्देह साझा प्रतिरक्षा र उद्धारमा लाग्न जरुरी छ । संरा अमेरिका मात्र यसमा अपवाद रहन सक्दैन ।
            यस्तो विषम परिस्थितिमा पनि ट्रम्प सरकार भने विभिन्न देशका जनताको जीवनप्रति पूर्ण बेवास्ता गर्दै पीडामा नुनचुक छर्किने खराब मनसायले काम गरिरहेको छ । अवस्थालाई थप खराब बनाउन उसले कुनै पनि अर्को देशमाथि दोष थोपर्ने सबै अवसर छोपिरहेको छ । अनि जानाजान मानिसको जीवन जोगाउन सकिने अवसरलाई छोड्दै छ ।
            धेरै देशमा अहिले फैलिरहेको भाइरसको उत्पत्तिबारे अध्ययन भइरहेको छ । समयान्तरमा सत्य बाहिर आउने नै छ । एउटा चिनियाँउखान छ, “आगोलाई कागजले पोका पार्न सक्दैन ।” आगोलाई कागजले पोको पार्न खोजे कागज नै जल्छ । ट्रम्प सरकारले यो सामान्य सत्य बुझ्न आवश्यक छ र आफ्ना हचुवा प्रयास बन्द गर्नुपर्छ ।
            महामारी फैलिरहेको समयमा हामी सबै एकै ठाउँमा छौं । भाइरस आज संसारभर फैलिरहेको छ । संसारका दुईभन्दा बढी देशमा यो भाइरस बिनाभेदभाव फैलिरहेको छ ।
            यस्तो घडीमा मतभेद छेउमा राख्नु र सजगताका साथ काम गर्नु सबै मानव जातिको धर्म हो । कोही तल पर्दा माथिबाट कसैले लात हान्छ वा आफ्नै स्वार्थको लागि मात्र काम गर्छ, त्यस्तो मान्छेको कहिल्यै भलो हुनसक्दैन । संसारका सबै जनताले यतिबेला ट्रम्प प्रशासनलाई भन्नुपर्छ, “निर्दोषमाथि छुरा हान छोड र महामारीविरुद्धको सहकार्यमा एक बन ।”
            निःसन्देह यो लडाई सजिलो छैन । तर, हामीले सही र सत्यको बाटो रोज्नैपर्छ । नत्र भाइरस पराजित हुने छैन र शान्ति हाम्रो पहुँचभन्दा धेरै पर जानेछ । 
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला
मजदुर दैनिक, २०७६ चैत्र २० गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *