भर्खरै :

कोरोना भाइरसबारे अमेरिका, चीन र भारत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ बारे विश्व स्वास्थ्य स·ठनले पहिले नै थाहा नदिएको भनी उसलाई पैसा नदिने धम्की दिए । चीनले गत डिसेम्बर ३० को दिन कोरोना भाइरसरबारे विश्व स्वास्थ्य स·ठनलाई जानकारी गराएको थियो । यो समाचार सार्वजनिक भएकै हो । विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी भएको विषय संयुक्त राष्ट्र सङ्घका सदस्यहरूलाई जानकारी हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले यो भाइरस सङ्‍क्रमण बढेको ध्यानमा राखी जनवरी ३० मा विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेकै हो । विश्व स्वास्थ्य स·ठनले फेब्रुअरी ११ को दिन यो भाइरसको नामकरण कोभिड–१९ राख्यो । विश्व स्वास्थ्य स·ठनले मार्च ११ मा यो भाइरसलाई महामारी नामकरण गरेको हो । त्यतिबेला अमेरिकी राष्ट्रपति ट्रम्प चीनविरूद्ध साम्प्रदायिक आरोप लगाउँदै यो भाइरसलाई ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी बाँकी विश्वलाई उक्साउँदै थिए ।
अध्ययनले देखाएअनुसार यो भाइरस नियन्त्रण गर्न विद्यालय, कलेज र कार्यस्थल बन्द गरी मानिसको शारीरिक दुरीमा बस्नु नै उपयुक्त विकल्प हो । अमेरिकामा बुधबार साँझसम्म ४ लाख ३ हजार ३५ जना सङ्‍क्रमित र मृत्यु हुनेको सङ्ख्या १२ हजार ८ सय ४१ पुग्यो । तर, ट्रम्पले मानिस घरभित्रै बस्ने घोषणा गरेका छैनन् । अहिले पनि अमेरिकाका सडकमा सार्वजनिक यातायात रेल, बस गुडिरहेका छन् । दैनिक गुजारा गर्नेहरू काममा गइरहेका छन् । ट्रम्प आफूले मास्क नलगाउने धक्कु देखाउँदै छन् । अमेरिकी वैज्ञानिक एन्थोनी फाउसी यो भाइरस मौसमी रूघाको रूपमा फैलिने सम्भावना भएको उल्लेख गर्दै अमेरिकाको सबै राज्यहरूले मानिस घरभित्र बस्नुपर्ने घोषणा गर्न अपिल गर्दै छन् ।
विज्ञहरूले चीनको शिक्षा लिएमा यो भाइरस अबको चार हप्तामा नियन्त्रण हुने र विश्व सामान्य अवस्थामा पुग्ने बताएका छन् । चीनमा अनुगमन प्रभावकारी भएकोले यो भाइरसको सङ्‍क्रमण अब नहुने बताइन्छ । चीनमा यो भाइरस सङ्‍क्रमण नभएका तर लक्षण देखिएकालाई अस्पतालमा भर्ना गरी उपचार गरिएकोले चीनमा थप सङ्‍क्रमण नहुने अनुमान गरिएको छ । अमेरिकी सरकारको उच्च पदमा काम गरेका पूर्वअधिकारी र विज्ञहरूले यो भाइरस नियन्त्रण गर्न चीन र अमेरिकाको सहकार्यको लागि अपिल गरे । यसलाई चीनले समर्थन गर्‍यो भने अमेरिकाले बोलेको छैन ।
दक्षिणपूर्वी देशहरूको सङ्गठन ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर, थाइलैन्ड, भियतनामका स्वास्थ्य मन्त्रीहरूको भिडियो सम्मेलनले यो भाइरस नियन्त्रण गर्न विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वलाई जोड दियो ।
चीनले विश्व स्वास्थ्य स·ठनका महानिर्देशक डा. टेड्रोसको नेतृत्वमा यो भाइरस नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदायको सहकार्य प्रवर्द्धन भएकोमा विश्वले प्रशंसा गरेको उल्लेख गर्दै जी–२० को सम्मेलनको निर्णयअनुसार उक्त स·ठनलाई निरन्तर सहयोग गर्ने बतायो । भारतले चीनको सामान बहिष्कार गर्न आह्वान गर्‍यो । अहिले कोभिड–१९ नियन्त्रण गर्न चीनले स्वास्थ्य उपकरण आपूर्ति गर्दै छ । विज्ञहरूले भारतको यो आह्वानलाई भाइरस नियन्त्रण गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नुको स्वीकारोक्ति रहेको बताएका छन् । यो आह्वानले भारतको गरिबी घट्ने छैन । भारतको मुम्बईस्थित १५ लाख दैनिक ज्यालादारी मानिस बस्ने धरावी स्लाममा यो भाइरसको सङ्‍क्रमण देखिनु भारतसँगै खुला सीमा भएको नेपाललाई चिन्ताको विषय हो । यस्तो सङ्‍क्रमणको बेला संसारका धनी दाबी गरेकाहरूले अझै फराकिलो छात्ती देखाउन नसकेको दुःखको विषय हो ।
मजदुर दैनिक, २०७६ चैत्र २७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *