लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
-क्रिश्चिना
२२ पुस २०७६ को अन्नपूर्ण दैनिकको, ‘एमबीए’ विशेष पृष्ठमा ‘बेलायती एमबीए किन ?’ शीर्षकमा लेखियो– …हङकङ एक्लैले संसारमा सबैभन्दा बढी विदेशी विद्यार्थीहरू यूके पठाउँछन् । …यूके एमबीए अमेरिकन एमबीएभन्दा फरक छ भने अस्ट्रेलियन एमबीए पनि फरक छ । … ब्रिटिश एमबीए संसारकै विशिष्ट एमबीए भएका कारण रोजगारीमा समेत सरल हुने देखिएको छ । यसको प्रतिष्ठा संसारमै रहेको छ । … बजारमा बिक्ने श्रमशक्ति उत्पादन गर्ने गरेको छ ।
नेपालका केही नाम चलेका निजी कलेजहरूले अनेक खोटपूर्ण विज्ञापन गरी नेपाली जनता र युवालाई मानसिक र आर्थिकरूपले शोषण गरिरहेका छन् । केही कलेजका प्राध्यापकहरूले विद्यार्थीहरूलाई पाइलट र हवाई इन्जिनियरि· तथा अन्य विषयमा एक–एक जनाको एक–एक लाख रूपैयाँ दलाली भाग लिएर विदेशी कलेजमा पठाए । फर्केर आउँदा ट्रयाक्टर ड्राइभर पनि हुन पाएनन् । हवाई सेवामा पाइलट पाउन १२ लाखको घूस माग्यो । आखिर घर–खेत बेचेर विदेशमा पाइलट पढ्ने त्यस विद्यार्थीले नेपाल फर्केको दुई वर्षपछि सिभिल इन्जिनियरि· कक्षामा सामेल भई सिभिल इन्जिनियर भए ।
एक जना विद्यार्थीले ५ लाख रूपैयाँ आफ्नो सर (लेक्चरर) लाई दिएर टिकटसमेत आइसकेको थियो । महिनामा २५–३० हजार थप अध्ययन खर्च तिर्नुपर्ने हुँदा अभिभावकहरू गएर १–२ लाख रूपैयाँ फिर्ता लिए । ‘सर’ ले आफ्नो ‘कमिसन’ भनी एक लाख फिर्ता दिएन र टिकटको आधाभन्दा बढी पैसा भनी कट्टी गरियो ।
बेलायतकै शिक्षा सर्वाेत्कृष्ट र विशिष्ट हुने भए हिजोको बेलायती ‘साम्राज्य’ मा सूर्य नडुब्ने थियो । संसारको सबभन्दा ठूलो सैनिक शक्ति थियो र ‘गोर्खाली’ मात्रै तिनीहरूको नसुल्झिएको विषय थियो । यसकारण बेलायती साम्राज्यवादीहरूले भारतलाई २ सय वर्षसम्म उपनिवेश बनाई नेपाललाई अर्धउपनिवेश बनाएर ‘गोर्खाली युवाहरू’ लाई आफ्नो साम्राज्यमा सस्तो भाडाका सिपाहीँ बनाए भने शाह र राणा शासकहरूले अङ्ग्रेजहरूसँग केही दलाली भाग खाएर नेपाली युवाहरूलाई विदेशीको बलिको बोका बनाए, नेपालको कलड्ढ बनाए । आज त्यसैको सिको म्यानपावर कम्पनीहरूले बजारको मालजस्तै विद्यार्थी र युवाहरूसँग दलाली भाग खाएर कलेज र सत्तासीन अर्थशास्त्री, शिक्षाविद् र शासक दलहरूले बिचौलिया (छ्वाय्) को भाग खाँदै छन् ।
हङकङ त ९९ वर्षसम्म चीन सरकारसँग लडार्इँ गरेर लीजमा लिएको हो । अर्को भाषामा हङकङ बेलायतको उपनिवेश थियो । त्यसको बाँकी बक्यौता आजसम्म चालू छ । आर्थिकरूपले सम्पन्न भए पनि समाज र मानसिकरूपले मुक्त हुन समय लाग्ने गर्छ । भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ५० वर्ष नाघ्यो । तर, भारत आज पनि हिन्दी र अन्य भाषाभन्दा अङ्ग्रेजी भाषालाई महत्व दिन्छ । उनीहरू बेलायती वा अमेरिकाले भनेको कुरा काट्न गार्हो मान्छन् । संस्कार भनेको यही हो । हङकङमा आज पनि बेलायतको मनोवैज्ञानिक प्रभाव बाँकी छ ।
साँच्चै आज बेलायत पहिलेजस्तै शिक्षा, विज्ञान–प्रविधि, अर्थतन्त्र, सैनिक शक्तिमा अब्बल भएको भए बेलायत संरा अमेरिकाको सहयोगी देश वा ‘नाटो’ को जञ्जालमा फसिरहने थिएन । हिजो एडम स्मिथ र ‘राष्ट्रको धन’ ले बेलायतलाई महत्वपूर्ण आर्थिक शक्ति प्रदान गर्यो । तर, पछि संरा अमेरिका, सोभियत सङ्घ र चीन विविध क्षेत्रमा अगाडि छन् । नेपाल पनि सुगौली सन्धिपछि आजसम्म बेलायती अर्धउपनिवेश र नवउपनिवेशको रूपमा रहेको हुँदा शिक्षा क्षेत्रमा मनोवैज्ञानिक असर बाँकी छ । सेन्ट जेभिएर अन्य बेलायती शिक्षण संस्थाहरू त्यस मनोविज्ञानका प्रचारका साधन हुन् ।
केही मानिसहरूमा आपत् पर्दा जिल्ला–जिल्लाका मानिसहरू काठमाडौँलाई एक्लो बनाएर जान्छन् र केही मानिसहरू कोभिड–१९ मा सबै काठमाडौँमै बस्दा आपत् अझ विकराल बन्छ भन्छन् ।
केही विदेशमा पढेका र यहाँका घर–जग्गाका व्यापारी र ठेकेदार वा निर्माण व्यवसायीहरूसँग त भएका प्राविधिकहरू खास गरेर ‘उपत्यका विकास’ बारे चिन्तन गर्नेहरू पनि दुई भागमा विभाजित छन् । आ–आफ्नो हित हेर्ने व्यापारी, निर्माण व्यवसायी र प्राविधिकहरू काठमाडौँ उपत्यकामा ८० लाखदेखि एक करोड जनता राख्न सकिने हिसाब निकाल्छन् । व्यापारी, जग्गाधनी र ठूल–ठूला घर भएका घरपतिहरू त्यस विचारको पक्षमा छन् ।
अर्को पक्ष, काठमाडौँ उपत्यकालाई सांस्कृतिकरूपले सुरक्षित राखी नेपाललाई अझ सुन्दर, सफा, शिक्षा, स्वास्थ्य र सांस्कृतिकरूपले नमुना बनाई अपराधमुक्त क्षेत्र बनाउन चाहन्छन् । यस पक्षमा संस्कृतिविद्, शिक्षित समुदाय र वास्तुकलाविदहरू छन् ।
नाफाखोरहरू काठमाडौँ उपत्यका, पोखरा र सम्पूर्ण हिमाली, पहाडी र तराई क्षेत्र फोहोर भए पनि ‘नाफा’ को दृष्टिले हेर्ने गर्छन् । तिनीहरू ढल सफा गर्ने, उपचार पोखरी बनाउने, पार्क, पोखरी, गल्ली र मन्दिर सफा राख्ने र मर्मत सम्भार गर्ने होइन कि धरहराका इँटाहरू बेचेर नाफा लिएर मन्दिर, कला–संस्कृति, वन–ज·ल र देश बेचेर नाफा लिने विचार गर्छन् । कोरोना भाइरसले दुःख भएको बेलामा उनीहरूले कालाबजारी गरी अर्थात् ‘ज्वरो नाप्ने थर्मल गन’ समेत नाफा खाएर बेचे ‘कूटनीतिज्ञ’को नाममा । प्रहरीले ग्राहक बनेर समात्यो अग्रवाललाई । (कान्तिपुर –२६ चैत २०७६) । सुलभ अग्रवालदेखि ट्रम्पसम्मका सबैजसो व्यापारीले नाफाकै निम्ति काम गर्छन् । ट्रम्पले कोरोना भाइरसको औषधि भनी भारतमा बनेको ‘मलेरिया’ को औषधि प्रयोग गर्न सिफारिस गरे । (द राइजि· नेपाल–२६ चैत २०७६) । तर, भारतले बेच्न नमान्दा भारतलाई धम्की दिइएकोे समाचार माध्यमहरूमा चर्चा भयो । यसकारण व्यापारीहरूलाई कुनै पनि कार्यकारी पदमा राख्दा देश र जनतालाई अप्ठेरो पार्ने सम्भावना रहन्छ । सम्भवतः संरा अमेरिका आर्थिकरूपले तल झर्दैै गएको हुँदा एक जना ठूलै व्यापारीलाई राष्ट्रपति बनाउँदा आर्थिकरूपले देशलाई भलो गर्ने गलत अनुमान पार्टीका नेताहरूले गरे होलान्, परिणाम सबैको सामुन्ने छ ।
त्यस्तै काठमाडौँ उपत्यका होस् वा पोखरा र देशका कुनै पनि विकास निर्माणको नीतिबारे निर्णय गर्दा व्यक्तिगत ‘शुभलाभ’ खोज्नेहरू अगाडि राख्नै नहुने नेपालीहरूको अनुभव छ । धरहराको पुनःनिर्माणबारे होस् वा रानीपोखरीको पुनःनिर्माणबारे होस् ठेकेदारहरूले देशलाई नै अलमल्याइराखेका थिए । रानीपोखरीको चारैतिर कालो पर्दा राखी रातिराति करोड–करोडको राम्रो बालुवा ओसारे, कालोमाटो ओसारे र पाँचतारे होटल बनाएर ठूलो ‘नाफा’ खाने योजना बनाए ।
पञ्चायतकालको अन्ततिर जिल्ला–जिल्लाका जाली–फटाहाहरू उपत्यकामा आई नदी र खोला किनाराहरू मिचे, तिनीहरू पछि दलगत सत्तापक्षका कार्यकर्ता बने, नेताहरूलाई काठमाडौँ बस्न सघाए, जिल्ला–जिल्लाबाट मानिस ओसारेर व्यापारमा लगाए, एक–एक पाइला गरेर ठूल–ठूला व्यापारी र निर्माण व्यवसायमा संलग्न भए । तिनीहरूले केही काठमाडौँवासीको सस्तोमा जग्गा किने र सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्मचारीसँग मिलेमतो गरी आ–आफ्नो नाममा राखे । त्यस्ता जग्गाहरूको दायाँ बायाँ सडक निर्माण गर्न–गराउन नेताहरूलाई निर्वाचनमा सहयोग गरे । काठमाडौँका घरपति, जग्गा दलाल र अरू व्यापारीहरूले शोषक र अपराधीहरूलाई सघाएर काठमाडौँमा अनियमित घर निर्माण र बस्ती बढाउँदा, कार्पेट र अन्य उद्योगले काठमाडौँ उपत्यका अत्यन्त फोहर भयो, वाग्मती, विष्णुमती र मनोहरा ढलमती भयो । सबै काठमाडौँमा जम्मा हुने कारण नेपालको सात प्रदेश गुल्जार नहुने र प्रगति नहुनेबारे सबै राजनैतिक कार्यकर्ता र स्थानीय मजदुर, किसान, युवा, विद्यार्थी, महिला, शिक्षक र व्यापारीहरू सचेत हुनु आवश्यक छ ।
राजनीति व्यक्तिगत हितको निम्ति होइन
व्यवहारले उखानको रूप लिएको देखिन्छ भने उखानले व्यवहार चलेको पनि देखिन्छ । केही उखान यस्ता छन्ः ‘सानैदेखिको बानी मरेपछि मात्रै टु·िन्छ’ वा ‘सानैदेखिको बानी पछिसम्म रहन्छ ।’ त्यस्तै मानिसको व्यवहारमा पैसाले धेरै ठूलो भूमिका खेलेको हुन्छ । त्यसकारण कुनै राजनैतिक नेता, राजनेता, कलाकार आदि चर्चित व्यक्तिहरूको विषयमा कुराकानी हुँदा र तिनीहरूले गरेका निर्णयका विषयमा परिवार (खान्दान), विद्यार्थी काल र युवा अवस्थाको पेशा एवम् स·तबारे पनि मूल्याड्ढन गर्ने गरिन्छ । उदाहरणको निम्ति हालका अमेरिकी राष्ट्रपति ट्रम्प र उनका परराष्ट्रमन्त्री पोम्पेओबारे चर्चा छ । संरा अमेरिकी राष्ट्रपति ट्रम्प, युवा अवस्थादेखि नै रिसाहा, झगडालु, घमण्डी र व्यापारी परिवारबाट आएका र नाफाको निम्ति जे पनि गर्ने खालका थिए । राष्ट्रपति निर्वाचनमा अमेरिकी पत्रपत्रिकाहरूले उनलाई तुरून्तै रिसाएर कुस्ती खेल्न कोट फुकाल्ने र महिलाहरूलाई पनि हेला गर्ने सार्है घमण्डी, अफ्रिकी, दक्षिण–अमेरिकी वा हिस्पानियाली, आदिवासी, मुसलमान र विदेशीहरूलाई घृणा गर्ने स्वाभावका हुन् भनी लेखे ।
राष्ट्रपति निर्वाचित भएको केही महिना नबित्दै उनले ‘अरूले लेखेको भाषण पढ्नुपर्ने भए म राष्ट्रपतिको निर्वाचन नै लड्ने थिइनँ’ भने । उनले एक डेढ वर्षमै आफ्ना धेरै सल्लाहकार र पदाधिकारीहरूलाई हटाए । गएको साल साउदी अरेबियामा त्यहाँका राजा, महाराजा र नेताहरूको बैठकमा लिखित भाषण नपढी “धर्मको नाममा आतड्ढवाद फैलाउन पाउँदैन” भन्ने धम्कीका भाषा बोले । त्यसकै भोलि र पर्सिपल्ट साउदी अरबलाई ३ खरब डलर र कतारसँग १ खरब डलरको हतियार बेच्ने सम्झौता गरे । प्रजग कोरियाका अध्यक्ष किम जोङ उनलाई ‘रकेट म्यान’ भनेको हुँदा प्रजग कोरियाली टिप्पणीकारहरूबाट उनले ‘मूर्ख’ र ‘पागल’ को उपाधि पाए ।
चीनलाई दुःख परेको बेला सहयोग र सहानुभूति प्रकट गर्नुपर्ने बेला ‘चिनियाँ भाइरस’ को नाम दिएर हेला गर्ने ट्रम्प ठूलो विवादमा परे । पहिले रोमका एक तानाशाह र निरङ्कुश शासकको नाममा ‘रोम जलिरहँदा नीरो बाँसुरी बजाउँदै थिए’ भन्ने भनाइ नै चल्यो । त्यस्तै सारा संसारमा कोरोना भाइरस कोभिड –१९’ महामारी फैलिरहँदा १२–१३ लाख मानिस सङ्क्रमित र ७० हजार ६ सय २५ जना मरिसक्दा पनि अझ संरा अमेरिकामै ३ लाखभन्दा बढी मानिसहरूलाई सङ्क्रमण र ९ हजारभन्दा बढी मरिरहँदा पनि राष्ट्रपति ट्रम्प खेलकुदको विषयमा कुरा गर्दै थिए । यसबाट थाहा हुन्छ, व्यक्तिमा परिवार, किशोर र युवा अवस्थाको अध्ययन, स·त तथा पेशाको प्रभाव पर्ने गर्छ । यसकारण मानिसहरू व्यापारीहरूलाई राजनैतिक पदमा राख्दा आफ्नै व्यापारको नाफा–नोक्सानलाई प्राथमिकता दिई देशको राजनैतिक निर्णयसँग तुलना गर्छन् र आफ्नो नाफाको निम्ति देश र जनतालाई खाल्डोमा पार्नसक्छन् । नेपालमै कति राजनैतिक नेता र कार्यकर्ताहरू व्यापारभन्दा बढी नाफा लिनकै निम्ति राजनैतिक पदमा पुग्छन् । रातो पासपोर्ट लिएर विदेश जाँदा भन्सार छुट हुने हुँदा फर्कँदा झन्डै एक–एक जिप सामान किनेर ल्याउँछन् । मन्त्रीहरूले आफ्ना मानिसहरूलाई ठेक्का दिन्छन् र महत्वपूर्ण पदमा राख्छन्, विदेशी व्यापारीका एजेन्टको हातका खेलौना बन्छन् । मेयर र वडा अध्यक्षहरूले आफ्नो पालामा नियमविपरीत निर्माण कार्य गर्छन् र सार्वजनिक जग्गालाई आफ्नो नाममा दर्ता गर्न खोज्छन्, घर–जग्गाको व्यापारमा भाग लिन्छन् ।
‘तेल के हेर्नु तेलको धारा हेर्नु’ र ‘छोरा के हेर्नु छोराको साथ हेर्नु’ भन्ने उखान नै छ । राष्ट्रपति ट्रम्पको परराष्ट्रमन्त्री माइक पोम्पेओ यसका उदाहरण हुन् । हालै अमेरिकाको ‘वाशि·टन पोष्ट’ ले उनको बारेमा लेख्यो, ‘अमेरिकी इतिहासमा सबभन्दा पतित विदेशमन्त्री माइक पोम्पेओ’ कार्यकुशलतारहित ‘खतम विदेशमन्त्री’, चीन, रुस, इरानजस्ता देशहरूसँग झन्–झन् टाढा र पश्चिमी मित्र देशहरूसँग पनि मतभिन्नता फराकिलो पार्दै गएका छन् । चीनमाथि ‘उहान भाइरस’ नाम दिँदै उनले विदेशमन्त्रीहरूको सम्मेलनमा पारित गराउन खोजेका थिए । अमेरिकी बुद्धिजीवी समुदाय (एलाइन्ट) ले उनलाई आलोचना र चेतावनी दिएको छ । (मजदुर दैनिक– २५ चैत २०७६)
अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा पोम्पेओले ‘भेटहरूमा चीनलाई उपनिवेशवादी’ देशको संज्ञा दिँदा त्यहाँका राजनेता र मन्त्रीहरूले ‘उपनिवेशवाद’ के हो आफूहरूलाई थाहा भएको, अमेरिकासँग भन्दा हाम्रो व्यापार चीनसँग बढी भएको र चीन राम्रो व्यापारको सहयोगी’ बताएका थिए । पोम्पेओ सबै ठाउँबाट जिल्लिएर फर्केका थिए । कुन दिन उनलाई भारतमा कुस्तीवालहरूले कुस्ती खेल्न ललकार गर्ने हो थाहा छैन ।
Leave a Reply