परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
काठमाडौँ, २६ चैत । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणबाट फैलिन सक्ने सम्भावित जोखिमबाट बचाउन चैत २५ गतेबाट कीर्तिपुरमा सुरु हुने महालक्ष्मी जात्रा स्थगित भएको छ ।
यसबारे स्थानीयवासीलाई जानकारी गराउन तारकेश्वर नगरपालिकाका श्यामकुमार महर्जन, धर्मसेन महर्जन र विभु महर्जनले चैत २४ गते माइकिङ गर्दै प्रचार गरिरहेको बेला नेपाली काँग्रेसको झन्डा बोकेर आएका काङ्गे्रेसका कार्यकताहरु विजय महर्जन, विक्रम महर्जन र राजेश महर्जनलगायतको टोलीले जात्रा नमनाउने भन्दै अकस्मात आक्रमण गर्दा माइकिङ गर्ने श्यामकुमार महर्जन घाइते भएका थिए ।
पछि आक्रमणकारीहरुलाई स्थानीयहरु मिलेर पक्री प्रहरीको जिम्मामा दिइएको थियो । प्रहरीको उपस्थितिमा घाइतेसमक्ष आक्रमणकारीबाट माफी मागेपछि भएको सहमतिअनुसार घाइतेलाई आवश्यक क्षतिपूर्ति दिने र आइन्दा त्यस्तो क्रियाकलाप नगर्ने लिखित कबोल आक्रमणकारीहरुले गरेका थिए ।
यसै सन्दर्भमा नेमकिपा काठमाडौँ जिल्ला समितिले प्रेसविज्ञप्ति प्रकाशित गरी सो घटनाको विरोध जनाएको छ । समितिका अध्यक्ष नारायण महर्जनको हस्ताक्षरमा बुधबार प्रकाशित विज्ञप्तिमार्फत उक्त घटनाको भत्र्सना गर्दै आक्रमणकारीहरुलाई कानुनबमोजिम कारबाहीको माग गरिएको छ ।
Leave a Reply