लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, २६ चैत । कोभिड–१९ को विश्वव्यापी महामारीको सन्दर्भमा नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले बुधबार संयुक्त वक्तव्य जारी गरेको छ । वक्तव्यमा सङ्घले युवा विद्यार्थीहरूले भाइरसको सङ्क्रमणबारे ताजा समाचार जानकारीमा राखी सबैलाई बताउने, बाँकी समय रचनात्मक पुस्तक अध्ययन, लेखन कार्य गर्ने र घरको सरसफाइमा सहभागी हुन आह्वान गरेको छ ।
वक्तव्यमा भनिएको छ, “आफ्नो र समाजको स्वास्थ्यबारे सचेत हुनुपर्ने यो समयमा केही मानिसहरू जुवातास खेल्ने, मदिरा सेवन गर्ने, चिया गफमा रमाउने र सामाजिक सञ्जालमार्पmत दुरुत्साहनका विषय र अनेक अन्धविश्वासका तस्वीर प्रचार गर्नमा व्यस्त छन् । यस्ता गतिविधिले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढाउने छ ।”
नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यो सङ्कटको घडीमा सम्पूर्ण युवा–विद्यार्थीहरूलाई विज्ञानसम्मत ढङ्गले यो भाइरस (कोभिड–१९) नियन्त्रण कार्यमा समर्पित हुन अपिल गरेको छ ।
संयुक्त वक्तव्यमा अगाडि भनिएको छ, “विश्व नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारीमा छ ।
नेपालमा पनि यसको सङ्क्रमण छ । कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित हुन हामी सबैले मानिसको शारीरिक दुरी कायम गरी नियमित साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गरी हात सफा गर्ने, खोक्दा वा हाछ्यूँ आउँदा रूमाल वा कुहिनाले नाक र मुख छोप्ने, मास्क लगाउने, भीडभाड हुने गरी जम्मा नहुने, हातले अनुहारमा नछुने आदि उपाय अवलम्बन गर्नु आवश्यक छ ।”
युवा–विद्यार्थीहरूले यो भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न विदेशबाट आएका वा यसबाट सङ्क्रमित मानिस भए स्वास्थ्य संस्था वा प्रहरीलाई खबर गर्ने, अलपत्र परेका वा खान नपाएका दुःखी गरिबहरू छन् भने स्थानीय तह वा प्रशासनलाई खबर गर्ने, सर्वसाधारणलाई घरभित्रै बस्ने अनुशासन पालना गर्न÷गराउन सचेत एवम् उत्साहित गर्नु आवश्यक छ । यस सङ्कटको घडीमा कालोबजारी गर्ने र बढी मूल्य लिएर जनतालाई ठग्नेहरूविरुद्ध समयमै प्रहरीलाई जानकारी दिनु पनि युवा–विद्यार्थीहरूको कर्तव्य हो ।”
Leave a Reply