भर्खरै :

मनमैजू देवी जात्रा स्थगित

काठमाडौँ, २६ चैत । हरेक वर्ष चैत पूर्णिमाको दिनसमेत पाँचदिन मनाइने तारकेश्वर नपा वडा नं. ९ मा रहेको ऐतिहासिक मनमैजू देवीको जात्रा यो वर्ष नहुने भएको छ । मनमैजू देवीका गुठीयार, जनप्रतिनिधि र स्थानीयको संयुक्त बैठकले विश्वव्यापी कोभिड–१९ को महामारीको सङ्क्रमणको जोखिम र नेपाल सरकारले गरेको लकडाउनको निर्देशनअनुसार क्षमापूजा गरी सम्पन्न गर्ने भएको छ । मानव जीवनकै लागि ठूलो चुनौती बनेको कोभिड–१९ को महामारीको सङ्क्रमण र रोकथामको लागि सम्पूर्ण स्थानीय बासिन्दा र भक्तजनहरूलाई लकडाउनको पूर्णपालना गरिदिनसमेत बैठकले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *