भर्खरै :

कोरोनाको कारण विश्व नै चिन्तित

गोपाल नगरकोटी
कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढिरहेको हिसाबले मर्नेहरूको सङ्ख्या बढ्ने आशङ्का अन्यथा होइन । सङ्क्रमित सङ्ख्या बढेसँगै निको भएकाहरूको सङ्ख्या पनि तुलनात्मकरूपमा बढेको भए जो कसैको मन हलुङ्गो हुन्थ्यो । केही देशहरूमा भाइरसको सङ्क्रमण बढ्नुको साथै नियन्त्रण पनि भइरहेको छ । सङ्क्रमित व्यक्तिहरू सबभन्दा बढी निको भएको देश चीन हो । हाल चीनको उहानमा लकडाउन हटाइएको छ र यातायातका सम्पूर्ण साधनहरू सञ्चालन गरिएको छ । रोग नियन्त्रण भएका अन्य देशहरूमा स्पेन, जर्मनी, इरान, स्वीट्जरल्यान्ड, क्यानडा, अस्ट्रिया, अस्ट्रेलिया, दक्षिण कोरिया आदि रहेका छन् ।
हाल चीनमा सङ्क्रमितको सङ्ख्या नगण्य छ । सङ्क्रमितको सङ्ख्या १३ सय जति छन् । तर, अमेरिकामा सङ्क्रमितको सङ्ख्या ४ लाख पुगेको छ भने मृतकको सङ्ख्या १२ हजारभन्दा बढी रहेको छ । विश्वका विभिन्न मुलुकको तुलनामा नेपालमा सङ्क्रमित सङ्ख्या अत्यन्त न्यून छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कुनै पनि नेपालीको निधन भएको छैन । यहाँ सङ्क्रमितको सङ्ख्या पनि बढेको छैन । सङ्क्रमित सङ्ख्या नबढ्नुको मुख्य कारण सतर्कता नै हो । त्यो सतर्कता सङ्क्रमित सङ्ख्या शून्य नभएसम्म जारी राख्नुपर्छ ।
सङ्क्रमितको सङ्ख्या शून्यसरि बनाउन चीनमा कसरी सफल भयो ? सङ्क्रमितको सङ्ख्या घटाउन या निको पार्न चीनले के कस्ता विधि अपनायो ? त्यसको विश्वले सिक्नु आवश्यक छ । सङ्क्रमित चिनियाँहरूमा प्रतिरोधात्मक क्षमता बढाउने काम चीनले के ग¥यो ? त्यसबारे चीनले कोरोना पीडित मुलुकहरूलाई अनुभव बताएर गरिरहेको सेवा अनुकरणीय पक्ष हो । संयुक्त राज्य अमेरिकामा सङ्क्रमितको सङ्ख्या बढेको तुलनामा निको भएकाहरूको सङ्ख्या नगण्य छ । शक्ति सम्पन्न अमेरिकामा उपचार विधि र प्रतिरोधात्मक उपचारको व्यवस्था राम्रै हुनुपर्ने हो । तर, व्यवहारमा देखिरहेको छैन । अमेरिकाजस्तो देशमा किन दिनको ५ हजारको हिसाबले सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ? संसारका जनता प्रश्न गर्दै छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस नियन्त्रणमा राम्रो काम नगरेको भनी विश्व स्वास्थ्य सङ्गठनको आलोचना गर्दै आर्थिक सहयोग रोक्ने चेतावनी दिए । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या विश्वसामु जानकारी दिइरहेको हुँदा सो चेतावनी दिइएको आशङ्का गरिएको छ । विश्वकै सबभन्दा बढी सङ्क्रमित भइरहेको हुनाले पनि अमेरिकी राष्ट्रपतिले आवेशमा अनेक टिप्पणी गरिरहेको विश्लेषण पनि गरिएको छ । कोरोनाको कारण विश्व नै चिन्तित बनेको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *