एलके किसी
अहिले विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको हुनाले महामारीबाट बच्न नेपाल सरकारले पनि लकडाउन गरिएको हुँदा श्रमिक मजदुरहरू सबैभन्दा बढी समस्यामा परेको देखिन्छ । यस्तो समस्यामा परेका श्रमिक मजदुरहरूलाई राहतको कार्यक्रम छिटोभन्दा छिटो वितरण गरी श्रमिक मजदुरहरूको समस्या समाधान गर्नुपर्ने देखिन्छ । केही दिन अथवा केही महिना राहत वितरण गरिए पनि समस्या त समाधान हुन्छ । तर राहत वर्षाैवर्ष दिन नसकिने हुनाले भोलिको लागि नागरिकहरूलाई आ–आफ्ना सीपअनुसार काम गरिने वातावरण तयार गरिनु आवश्यक देखिन्छ । नेपालमा जनसङ्ख्याको हिसाबले धेरै किसान भएको हुनाले अहिले नै कृषिलाई अलि बढी जोड दिनुपर्ने देखिन्छ । अहिले विभिन्न जिल्लाहरूमा मकै रोप्ने समय भएको हुनाले किसानहरूले मकैको बीउ नपाएर रोप्न पाएका छैनन् । त्यसैगरी उपत्यका तथा तराईका किसानहरूलाई असारमा धान रोप्नका लागि धानको बीउ नपाउलाकी भनी चिन्ता हुन थालेको छ ।
त्यसैगरी तरकारी खेती गरिने किसानहरूको पनि व्यथा त्योभन्दा कम छैन । किसानहरूले अहिले खेतमा भएको तरकारीलाई मलखाद तथा कीटनाशक विषादीहरू नभएर, भएको तरकारी पनि बिग्रिने चिन्ता भएको छ । भोलिका लागि अहिले नै जोहो नभएको खण्डमा भोलि भोकमरीको अवस्था नआउला भन्न सकिँदैन । त्यसैले भोलिको लागि भए पनि खेतीमा प्रयोग हुने सामानहरू निर्वाधरूपमा सञ्चालन हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *