निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३१ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले आज विहान ७ बजे विद्यार्थी निकेतनस्थित मतदान केन्द्रमा मतदान गर्नु भयो । मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिनुहँुदै उहाँले लामो समयपछि भएको स्थानीय निर्वाचनबाट देशको विकासमा नयाँ पुस्ता नयाँ चरणमा प्रवेश गर्ने बताउनुभयो । भक्तपुर नगरपालिका वडा नं ५ मा मतदान गरेपछि उहाँले यो स्थानीय निर्वाचनले देशको समग्र विकासमा महत्वपूर्ण टेवा पु¥याउने र प्रजातन्त्रको जगलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनमा जनताको सहभागिता र श्रमदानमा स्थानीय विकास निर्माण गर्ने उम्मदेवारलाई निर्वाचित गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै नेमकिपा केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईले ८ नं वडा ख्वप ईन्जिनियरिङ कलेज मतदान केन्द्रमा र पार्टी सचिव प्रेम सुवालले ६ नं वडा बालबोध शान्ति निमावि चोछें मतदान केन्द्रमा मतदान गर्नुभयो । त्यस्तै नेमकिपाका तर्फबाट भक्तपुर नगरपालिका प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले पनि वडा नं ८ ख्वप ईन्जिनियरिङ कलेज मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
फोटो : बालकृष्ण बनमाला, मतिना कुसी, विकेश सितिखू, न्हुज किजू



























Leave a Reply