विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
काठमाडौँ, ३ वैशाख । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार विश्व स्वास्थ्य सङ्गठनलाई दिने ४०० करोड डलर स्थगित गर्ने निर्णय सार्वजनिक गरे । ट्रम्पले सो अन्तर्राष्ट्रिय संस्थालाई ‘चीनकेन्द्रित भएको’ झूटा आरोप लगाउँदै आएका छन् । ट्रम्प आफैँ व्यापारी भएकाले यो महामारीमा पनि अमेरिका खोल्ने (कुनै लकडाउन नगर्ने) भन्दै आएका छन् । अमेरिकामै ६ लाख १४ हजारभन्दा बढी सङ्क्रमित र २६ हजारभन्दा बढी मृत्यु भएको वर्तमान स्थितिमा विश्व स्वास्थ्य सङ्गठनले भाइरस नियन्त्रणको प्रभावकारी उपायविना कुनै पनि देश खोल्न नहुने सुझाव दिँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको बजेट रोक्ने ट्रम्पको घोषणाको सयुक्त राष्ट्र सङ्घले भत्र्सना गरेको छ ।
अमेरिकाका श्रमिकहरूको स्थिति अहिले झन् भयावह छ । मार्चको अन्त्यतिर क्यालिफोर्नियाको लान केष्टरमा यो भाइरस सङ्क्रमित एक केटोको स्वास्थ्य बीमा नभएको कारण उपचार नपाएर मृत्यु भएको थियो । यसले पुँजीको पहिलो काम श्रमिकको हत्या गर्ने देखाउँछ । अमेरिका नै अहिले श्रमिकलाई शोषण गर्ने अग्रमोर्चाको देश भएको अमेरिकीहरू बताउँदै छन् । अहिलेको सङ्क्रमण र मृत्युको कारण शोषण नै हो । अहिले अमेरिकामा यो भाइरस सङ्क्रमणबाट शोषकहरू मरेका छैनन् । उनीहरू सङ्क्रमित भए सुविधासम्पन्न नर्सिङ होममा पुग्नेछ। ।
ट्रम्पले अहिले अमेरिकी श्रमिकलाई सहायतामा १२ सय डलर दिने बताए र केही ठूला उद्योगीहरूलाई ४० खर्ब सहयोग गर्दै छन् । स्वास्थ्यकर्मी, पसल, निर्माणलगायतमा काम गर्ने श्रमिकले अमेरिकामा सुरक्षा पोशाक पाएका छैनन् । घर नभएका, कैदी, अमेरिका आएर बसेकाहरू, अस्थायी रोजगारीमा रहेकाहरू धेरैको यो भाइरसबाट मृत्यु हुने सम्भावना छ । अमेरिकामा अस्पतालको सेवा एउटा व्यापार हो । बेलायतमा केही समय अगाडिसम्म स्वास्थ्य सेवा राम्रो मानिन्थ्यो । अहिले त्यहाँका स्वास्थ्य निकायमा आवश्यक लाखौँ स्वास्थ्यकर्मी पूर्ति गरिएन, बरु कटौती गरियो । अमेरिकामा स्वास्थ्य उपचार प्रणाली अहिलेको बेलायतभन्दा खराब छ ।
कतिपय अमेरिकी उपचारको लागि क्युवा पुग्छन् । क्युवाको चिकित्सा विज्ञान धेरै अगाडि छ, औषधि राम्रा छन् । तर, अमेरिकाले क्युवाविरुद्धको नाकाबन्दी अझै हटाएको छैन । यो भाइरसको सङ्क्रमणयता अमेरिकी शासक वर्ग अझै निर्दयी बनेका छन् । ढिलो चाँडो पुँजीवाद अन्त्य हुनेमा अमेरिकी श्रमिकहरू पनि आशावादी छन् ।
ट्रम्पले भारतसँग नोवेल कोरोना भाइरसको औषधि भनी हाइड्रोक्लोरोक्वाइन खरिद गरे । अहिले त्यसको मूल्य भारतलाई १५.५ मिलियन डलरको दुई वटा अमेरिकी एअर लन्च मिसाइल बिक्री गरिंदै छ । हाइड्रोक्लोरोक्वाइन उत्पादनमा ट्रम्पको पनि शेयर भएको यसअघि नै सार्वजनिक भएको हो । यो भाइरससँगै ट्रम्प पनि सती जाने धेरैको अनुमान छ ।
भाइरस नियन्त्रण गर्न चीन सहकार्य र औषधि विकास गर्दै
कोभिड–१९ महामारी बढ्दो छ । चीनले विभिन्न देशमा यो भाइरस नियन्त्रणमा सहयोग गर्न चिकित्सक र उपकरण पठाउने क्रम चालू छ । चीनले बुधबार विमान साउदी अरबमा यो भाइरस नियन्त्रण गर्न ८ जना विज्ञ चिकित्सकसहितको टोली पठायो ।
उसले अफ्रिकाको इथियोपिया र बुर्किना फासोमा पनि भाइरस नियन्त्रण गर्न स्वास्थ्यविज्ञको टोली बुधबार नै पठायो ।
चीनका राष्ट्रपति सी चिनफिङले पार्टीको पत्रिकामा छिशीमा यो भाइरस नियन्त्रणको लागि विश्वव्यापी सहकार्य र ऐक्यबद्धता नै बलियो हुने सारसहितको लेख्नुभएको प्रकाशित हुँदै छ ।
चिनियाँ जनमुक्ति सेनाको चिकित्सा प्रतिष्ठानले यो भाइरसविरुद्धको खोप उत्पादन गरी मानिसमै परीक्षण सफलता पाएको छ । यसको पहिलो परीक्षण मार्चमा सम्पन्न गरी दोस्रो परीक्षण अप्रिल १२ बाट सुरु गर्यो । भाइरसविरुद्धको सुईको विकासमा चीन पहिलो भएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । नोबेल कोरोना भाइरसको स्रोत अमेरिका नै भएको बारे समाचार प्रकाशित भइरहेका छन् ।
Leave a Reply