सम्भाषण : रोहितको “जेलका चिट्ठीहरू”
- श्रावण १०, २०८३
-हरिसुन्दर सुवाल
चीनको उहानबाट सुरु भएको कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विश्वभरि लकडाउनको अवस्था छ । बालक, युवा, महिला, वृद्धवृद्धा सबैको जीवन असुरक्षा र अनिश्चयको भूमरीबाट गुज्रिरहेको छ । यस सङ्कटको स्थितिबाट परिवार, समाज र देश अनि सारा विश्वलाई जोगाउन विश्वभरिका स्वास्थ्यकर्मीहरूले आफ्नो परिवारबाट टाढै रहेर अहोरात्र सङ्क्रमितहरूको उपचारमा खटिरहेको र आफ्नै जीवनको पर्वाह नगरी मानव जीवन रक्षाका लागि समर्पित भई सेवा दिइरहेका दृश्यहरू देख्दा तिनीहरूप्रति सम्मान, आदर र भाव पैदा हुनु स्वाभाविक हो । त्यस्तै विश्वभरिका वैज्ञानिकहरू कोभिड–१९ बाट बच्ने औषधि वा भ्याक्सिन पत्ता लगाउन जोडतोडका साथ लागिपरेका छन् । सञ्चारमाध्यमहरूमार्फत निरन्तर कोरोना रोगका लक्षणहरू र यसबाट बच्ने उपायहरूबारे सचेततना जगाउने सकारात्मक कार्य भइरहेकै छ । त्यस्तैगरी सुरक्षाकर्मीहरूले लकडाउन कडाइका साथ पालना गराउन आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान दिँदै आइरहेको कुरोलाई नकार्न सक्दैनौँ । यस्तो विषम परिस्थितिमा सबैले युवाहरूकै आशा भरोसा गरेका हुन्छन् । त्यसैले हरेक नगर र वडाहरूमा सचेत युवाहरू स्वयम्सेवकको रूपमा परिचालित भई आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्रिय देखिन्छन् । नगरका प्रत्येक वडा र टोलहरूमा कोरोना रोगको सङ्क्रमण हुन नदिन युवा स्वयम्सेवकहरू लगातार खटिरहेका छन् । केवल मास्क र पञ्जाको भरमा आफू र आफ्नो वडाका विभिन्न भेगहरूमा गई क्लोरिन छर्कने, दिनको पटक–पटक माइकि· गर्ने, घर–घर पुगेर अनुमति पत्र बाँड्ने र राहत वितरण कार्यलाई साथ दिनेजस्ता कामहरू गरी वास्तविक युवाको पहिचान दिन कुनै कसर बाँकी राखेका छैनन् । महामारीबाट जोगिन घरैमा बस्नुपर्ने अवस्थामा समेत आफ््नो टोल, छिमेक र समाजको निम्ति डटेर लाग्ने युवाहरूको बलियो उपस्थिति हुनु अत्यावश्यक छ । कतिपय मानिसहरू चेतनाका कमीले हो वा लापरबाहीले घरबाट बाहिर निस्कने, घण्टौँ अरूसित कुरा गरिरहने, तरकारी किन्ने, चिया खाने र प्रातःकालीन भ्रमण जाने निहुँमा बाहिरै रम्ने गरिरहेका छन् ।
लकडाउनको समयमा यस्तो गर्नु ठीक होइन । कति घरमा बस्ने ? के गरेर बस्ने ? शरिरलाई व्यायाम गर्नुपर्दैन ? उही समाचार कति सुन्ने, ओछ्यानमा बस्दाबस्दै नशा दुख्यो, जिउ गल्यो, दिमागले कामै गर्न छोड्ने हो कि ? भनी चिन्ता व्यक्त गरिरहेका पाइन्छन् । त्यतिमात्र नभई कोही कोही दिनभरि घर बाहिर बस्ने र यसैमा आफ्नो पुरुषार्थ ठान्ने गल्ती गरिरहेका भेटिन्छन् । घरमा सुरक्षित हुन्छ, जान्नुस्भन्दा उल्टै हप्काउने, शत्रु ठान्ने, इँटाले हान्नेसमेत मानिस देखिन्छ । तर, यस सङ्कटबाट आफू बच्ने र अरुलाई पनि बचाउने सबभन्दा उत्तम उपाय भनेको घरैमा परिवारसँग बस्नु हो भन्ने कुरो कि बुझ्पचाउँछन् कि त बेवास्ता गर्दछन् । त्यस्ता व्यक्तिहरूलाई सरल किसिमबाट सम्झाइबुझाइ गरी घरमा रहन अभिप्रेरित गर्ने काम युवा स्वयम्सेवकहरूले गर्दै जानुपर्दछ । बाहिर बस्ने केटाकेटी वृद्धवृद्धा जोकोहीलाई घरभित्र बस्न अनुरोध गर्ने, टोल–टोलमा साबुन पानीले हात धुन्ने बन्दोबस्तका लागि वडा कार्यालयसित समन्वय गर्ने, मास्क, ग्लोभ र आवश्यक स्वास्थ्य सामग्री वितरणमा सघाउनुबाहेक विदेशबाट आएर बसेका व्यक्तिहरूको सूची तय गर्ने, सम्बन्धित निकायलाई जानकारी गराउने र त्यस्ता व्यक्तिहरूको स्वाब तथा स्वास्थ्य परीक्षणका लागि अनुरोध गर्र्ने काम स्वयम्सेवकहरूको प्रमुख दायित्व हो । एकातिर कोरोनाको भयले मानिसहरू आतङ्कित भई बस्न बाध्य छन् भने अर्कातिर भोकमरी वा अन्य कारण अकालमै मृत्युवरण गर्नेहरूको सङ्ख्या दिनहुँ बढ्दो छ । कहिले यता शव फेला पर्यो, कहिले उता झुन्डिएर मर्नेको लास भेटियो भन्ने दुःखदायी खबरले आम नेपालीलाई मर्माहत तुल्याइरहेको छ । यसतर्फ राज्यले किन कुनै पहलकदमी देखाउँदैन ? शोसित, पीडित जनताले यहाँ राज्यको उपस्थितिलाई लिएर आशङ्का व्यक्त गरिरहेका छन् ।
मेहनत मजदुरी गर्ने धेरैले मजदुरहरू आफ्नै गाउँ र जन्मथलो फर्कन बाध्य भएका छन् । कति कामदारहरूले दुई तीन दिन लगातार पैदलै हिँडेर आफ्नो गन्तव्य पुग्ने कोसिस जारी राखेका छन् । राज्यले तिनीहरूलाई सुरक्षितरूपमा गन्तव्यमा पुर्याइदिने व्यवस्था गर्नसकेको छैन । गाउँघर फर्केकाहरूमध्ये कतिले भोक प्यासमा छटपटिँदै जिन्दगीको दम तोडेको समाचार सुनिन्छ । तर, त्यस्ता दयनीय अवस्थाबाट गुज्रिरहेका सयौँ हजारौँलाई उदार गर्ने कसले ? एक दुई ठाउँमा तिनीहरूलाई खुवाउने कार्य गरी केही स्थानीय बासिन्दाले मानवता देखाएको सुनिन्छ । एनजीओ, आइएनजीओलगायतका संस्थाहरूले वडा र गाउँका केही मानिसलाई राहत दिई आफनो स्वार्थ सिद्द गर्ने प्रवृत्ति दोहोर्याइरहेका छन् भने लकडाउनको मौका छोपेर स्वास्थ्य सामग्री तथा खाद्य वस्तुहरूमा कालोबजारी गर्नेहरूलाई खबरदारी गर्ने र त्यस्तो काम रोक्न नमान्नेलाई सजाय दिलाउने काम कसले गर्ने ? निश्चय पनि राज्यको काम हो तर कालोबजारी र व्यापारी वर्गसित मोटो रकमको चन्दा उठाई निर्वाचन परिणाम आफ्नो हातमा पार्ने ठग राज्य सञ्चालकहरूबाट कुनै अपेक्षा गर्न सकिंदैन । तसर्थ यस्तो बेला स्वयम्सेवकहरूले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ । भक्तपुर नगरमा राहत वितरणमा विना कुनै विवाद शान्तिपूर्णरूपमा छोटो समयमै सम्पन्न हुनुमा पनि स्वयम्सेवकहरूको उल्लेखनीय भूमिका रहेको छ । आगामी दिन वडा–वडामा कृषकहरूका लागि उन्नत धानको बीउ वितरण प्रभावकारी ढ·ले गर्न स्वयम्सेवकहरू तयार रहनुपर्नेछ । यस्तो सङ्कटको बेला घर–घरमा आफ्नो परिवारसित सुरक्षित जीवन बाँचिरहेका हरेक व्यक्ति ती तमाम स्वास्थ्यकर्मी, प्रहरी तथा स्वयम्सेवकहरूप्रति सकारात्मक हुनुपर्दछ । मानव जीवन र जगतमा आइपर्ने हरेक विपतिको सामना गर्न युवा स्वयम्सेवकहरू तत्पर रहनु जरुरी छ । त्यसका लागि सम्बन्धित निकायले मास्क, ग्लोभ अलावा स्वयम्सेवकहरूलाई आवश्यक पीपीईलगायतका स्वास्थ्य सामग्रीसमेत प्रदान गरी उत्प्रेरणा दिनु अत्यावश्यक छ । जसरी भूकम्पका बेला उदार गर्ने, धराप पन्छाउने, भूकम्प पीडितका लागि शिविर व्यवस्थापन गर्ने आदि कार्यर्मा युवा स्वयम्सेवहरूले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको थियो । त्यसरी नै कोभिड–१९ महामारीविरुद्ध लड्न र मानव अस्तित्वको रक्षाका लागि युवा स्वयम्सेवकहरूले थप सक्रियता देखाउनुको विकल्प छैन । यस विपत्तिको बेला खोज अनुसन्धान र आपसी छलफलको माध्यमबाट मानव सेवाका लागि स्वयम्सेवकहरूले मानसिकरूपमा तयार रहन अनिवार्य छ । यसका साथै वैशाख महिनामै पर्ने औँसी, दिवालीजस्ता चाड पर्वहरू मनाउने स्थिति नआओस् भनी युवा स्वयम्सेवकहरूले आम जनतालाई बुझाउनु आवश्यक छ ।
वर्तमान नै अनिश्चित रहेको यस घडीमा भविष्यका लागि जोहो गर्नुपर्ने भएकोले अघिपछि जस्तै खर्चने, तडकभडक देखाउने समय पटक्कै होइन । यतातिर विशेष ध्यान दिन सके कोरोना महामारीलाई नियन्त्रण गर्न सकिएला । सरकारले बेलैमा सीमा नियमन गरेको भए यस्तो भयावह स्थिति उत्पन्न हुने थिएन । नेपालमा अहिलेसम्मका सङ्क्रमितहरू आयातीत रहेको तथ्यले बताउँछ । केही निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेको भए पनि सङ्क्रमणको खतरा भने तरिसकेको छैन । छिमेकी मुलुक भारतमा बढिरहेको कोरोना सङ्क्रमितहरूको सङ्ख्या बाह्र हजार नाघिसकेको हुनाले नेपालीहरू ढुक्क बस्न सक्ने अवस्था रहेन । यसले गर्दा बन्दाबन्दीको अवधि कहिलेसम्म रहने निश्चित छैन । त्यसकारण राज्यले सिमानामा तत्काल सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखाई थप कडाइ गर्नुपर्ने स्थिति देखिन्छ । यसैमा हामी सबैको भलाइ छ ।
Leave a Reply