भर्खरै :

ख्वपका इन्जिनियरिङ कलेजहरूमा अनलाइन कोर्स

 
          भक्तपुर, ७ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित दुई वटा इन्जिनियरिङ कलेजहरूले इन्जिनियरिङका विद्यार्थीहरूलाई केन्द्रित गरेर अनलाइन कोर्स सञ्चालन गरिरहेका छन् । गत चैत ३० गतेदेखि जुम सफ्टवेयरको प्रयोग गरेर अनलाइन न्क्ष्क् र च्झयतभ कभलकष्लन का कक्षाहरू सञ्चालन भइरहेको छ । विश्वभरि फैलिरहेको कोरोना भाइरस –कोभिड–१९) का कारण सरकारले लकडाउन गरेका कारण परीक्षा स्थगित भएर घरमै बसिरहेका सिभिल इन्जिनियरिङका विद्यार्थीहरूलाई केन्द्रित गरेर यो कक्षा सञ्चालन गरिएको छ ।
          ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजमात्र नभएर पुल्चोक क्याम्पसका साथै अरु इन्जिनियरिङ कलेजका स्नातक र स्नातकोत्तर तहका १६७ जना विद्यार्थीहरू यो कक्षामा सहभागी छन् । सिभिल इन्जिनियरिङमात्र नभई धेरैजसो प्राकृतिक स्रोत व्यवस्थापन तथा नक्साङ्कन कार्यको लागि महत्वपूर्ण न्क्ष्क् र च्झयतभ कभलकष्लन को ज्ञान दिएर इन्जिनियरिङका विद्यार्थीहरूलाई लकडाउनको समयको सही सदुपयोग होस् भन्‍ने हेतुले यो कक्षा सञ्चालन गरिएको कक्षाका स्रोतव्यक्तिमध्येका एक जना ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले बताउनुभयो ।
          करिब १५ देखि २० घण्टाको २०–२५ जना विद्यार्थीहरूलाई सामेल गरेर कक्षा सञ्चालन सुरू गरिए तापनि विद्यार्थीहरूले सिक्ने इच्छा व्यक्त गरेकाले लकडाउनको समयावधि बढेसँगै यो कोर्सलाई वैशाख १५ गतेसम्म सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
          फुर्सदमा बसेको बेला केही कुरा सिकाउन सकियो भने इन्जिनियरिङमा विद्यार्थीहरूकको दक्षता वृद्धि गर्न सकिने र आफ्नो समय सदुपयोग हुने भएकोले यो कोर्स सञ्चालन गर्न हौसिएको कुरा कक्षा सञ्चालन गर्ने स्रोतव्यक्तिद्वय इ. कौशल राज ज्ञवाली र इ. क्षितिज दाहालले भन्नुभयो ।
          हाल त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ विधाका परीक्षाहरू स्थगित भएका कारण नयाँ कक्षाहरू सञ्चालन गर्न नसकिने तर सबै शिक्षक विद्यार्थीहरू घरमै बसेर पनि भविष्यका लागि आवश्यक सफ्टवेयर तथा सीपहरू सिकेर लकडाउनको समयको सही सदुपयोग गर्न सकिने भएकोले योबाहेकका अरु विषयका अनलाइन कक्षा तथा तालिमहरू पनि सञ्चालन गर्ने कुरा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले बताउनुभयो । त्यसैगरी स्वास्थ्यको जानकारी लिने तथा कोभिड–१९ का कारण विद्यार्थीहरूलाई के–कस्तो असर परिरहेको छ र यो रोगबारे जानकारी आदानप्रदान गर्न पनि कलेजका वेभसाइत र फेसबुक पेजमार्फत प्रश्नावलीहरू भर्न लगाउने तथा जानकारी लिने कार्यहरू भइरहेको जानकारी उहाँले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *