सम्भाषण : रोहितको “जेलका चिट्ठीहरू”
- श्रावण १०, २०८३
-अनिता जधारी
प्यारा भाइबहिनीहरू, सबै जनामा मेरो न्यानो माया । तपाईँहरू सबैजना हिजो आज संसारभरि फैलिरहेको कोभिड–१९ को कारण घर–घरमा सरकारले जारी गरेको लकडाउनको नियम पालना गरेर बसिरहनुभएको छ । यो समयमा बाजे–बज्यै, सधैँ व्यस्त रहने दाइदिदीहरूलगायत तपाईँहरूजस्तै स्कूल पढ्ने नानीबाबुहरू सबैजना घर बस्नुपरेको छ । भाइबहिनीहरूलाई घरभित्र खाने, सुत्ने, टी.भी. हेर्ने, कौसीमा जाने, इन्टरनेटमा खेल्नेजस्ता आन्तरिक क्रियाकलापले वाक्कदिक्क पारिसकेको हुनुपर्छ । कतिपय त घर बस्नै नसकी लुकी–लुकी आफ्ना साथीभाइकोमा गइरहेका छन् । यसरी साथीभाइकोमा जानु पनि अहिले ठीक होइन । अब गर्ने के त ? घरमा बसे पनि जता गए पनि मोबाइलमा इन्टरनेटमार्फत विभिन्न एप्स, सामाजिक सञ्जालहरू चलाउने, रमाइलोको लागि विभिन्न अनलाइन गेमहरू खेल्ने गरिरहनुभएको छ । यदि त्यसो हो भने म तपाईँहरूलाई सचेत बनाउन चाहन्छु ।
भाइबहिनीहरू, तपाईँहरूको सुरक्षा गर्नु भनेको शान्तिपूर्ण समाज निर्माणको एउटा आधार निर्माण गर्नु हो । युनिसेफको एउटा अध्ययनले नेपालमा १ देखि १४ वर्षका १० जना केटाकेटीमा ८ जनाले कुनै न कुनै प्रकारका हिंसा भोगिरहेको तथ्याङ्कले देखाएको छ । यसकारण नयाँ पुस्ताप्रति अभिभावक तथा सम्पूर्ण समाज नै चिन्तित हुनुपर्ने देखिन्छ । आज म भाइबहिनीहरूले चलाउँदै आइरहनुभएको इन्टरनेटमार्फत पनि कसरी दुर्व्यवहार, शोषण तथा हिंसाजस्ता विभिन्न जोखिमहरू हुनसक्छ भन्ने विषयमा छलफल गर्न चाहन्छु ।
सूचना प्रविधिले हामीलाई धेरै अवसरहरू प्रदान गरेको र यसैमार्फत देश–विदेशमा खबर तथा त्यहाँ भएका परिवार इष्टमित्रहरूसँग कुराकानी गर्ने अवसरहरू प्राप्त गर्नसक्छौँ । सूचना प्रविधिले बालबालिकाहरूलाई विभिन्न अनलाइन कोर्स, अनलाइन गेमहरू खेल्ने अवसरहरू पाइरहनुभएको छ । तर, यहीँ प्रविधिलाई प्रयोग गर्न उचित सूचना वा मार्गदर्शन नभएमा थुप्रै बालबालिकाहरूले यौनशोषण, दुव्र्यवहारजस्ता विभिन्न समस्याहरू भोग्न परिरहेको उदाहरण हामीसँग छ । हामीले सामाजिक सञ्जालमा राखेका फोटोहरू र सामाजिक सञ्जालमा भेटिएका व्यक्तिहरूसँगको हाम्रो आन्तरिक व्यक्तिगत कुराहरूले धेरै बालबालिका विभिन्न जोखिमहरूको सामना गरिरहनुपरेको अवस्था छ । तसर्थ, अब घर–घरमा इन्टरनेट चलाइरहनु भएका भाइ–बहिनीहरू तपार्इँ आफैँ एक पटक सोचौँ ।
के तपाईँहरू सुरक्षित हुनुहुन्छ ?
एउटा तथ्याङ्कअनुसार बालबालिका १८ वर्ष हुनुअघि प्रत्येक ४ मा १ जना बालिकालाई कुनै न कुनै प्रकारको यौन शोषण हुन्छ भने प्रत्येक ६ मा १ जना बालकलाई कुनै न कुनै प्रकारको यौन शोषण हुन्छ । हाम्रो समाजमा एउटा के भ्रम छ भने यौन शोषण महिला अथवा केटीलाई मात्र हुन्छ भन्ने छ । तर, माथिको तथ्याङ्कले स्पष्टै के देखाइरहेको छ भने पुरुष अथवा केटाहरूलाई पनि यौन हिंसा भएको पाइन्छ । उदाहरणको लागि एउटा जाउलाखेल ‘ग’ को जाहेरीले नेपाल सरकारविरुद्ध E. Fenwik Machintosh को मुद्दा देखाउन चाहन्छु ।

हामी यो भ्रममा नपरौँ कि केटीलाई मात्र होइन, केटा पनि पीडित हुन्छन् । हिंसा केबल नचिनेको, डरलाग्दो, कोही अपरिचितले गर्छ भन्ने एकथरी भ्रम हाम्रो समाजमा छ । तर, यो पनि सधैँ सत्य हुँदैन । नेपाली समाजमा नै बुबाले आफ्नै छोरीलाई हिंसा गरेको उदाहरण हामीसँग नभएको होइन । त्यसको पनि एउटा मुद्दा छ । चाकुपाट
(क) को जाहेरीले वादी नेपाल सरकारविरुद्ध चाकुपाट (ग) भएको हाडनाता तथा जबरजस्ती करणी मुद्दामा के भएको छ भने आफ्नै बाबुले १४ वर्षको नाबालक छोरीलाई विगत ४ वर्षदेखि जबरजस्ती करणी तथा अप्राकृतिक मैथुन गरी यौन शोषण गर्दै आएकोमा कारबाही गरी पाऊँ भनी जाहेरी परेको छ । यस घटनामा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्नेलगायत अनेक नराम्रा कामहरू आफ्नै छोरीलाई गरेको कारण बुबालाई २० वर्षको कैदको सजाय भएको छ । तसर्थ हामी हाम्रो भ्रमबाट बाहिर निस्कनु आवश्यक छ ।
बाल यौन शोषण के हो ?
कसैले बालबालिकालाई अश्लील चित्र, श्रव्यदृश्य वा यस्तै किसिमका अन्य सामग्री देखाउने वा देखाउन लगाउने वा अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने वा बाल अश्लीलता प्रदर्शन गर्नु वा गराउनु बाल यौन शोषण हो । बालबालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र वा श्रव्यदृश्य सामग्री वितरण गर्ने भण्डारण गर्नु वा त्यस्ता सामग्री प्रयोग गर्नु पनि बाल यौन शोषण हो । बालबालिका हिंसामा पर्नु एकदमै संवेदनशील विषय हो । यस्ता घटनाहरूको संवेदनशीलतालाई ध्यानमा राखी सम्पूर्ण प्रहरी अनसुन्धान तथा अदालती प्रक्रियामा समुचित गोपनीयता कायम राखिन्छ । यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने फकाउनु, दबाब दिनु वा धम्काउनु पनि बाल यौन शोषणको रूपमा हो । अश्लिील कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्नु, यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्गमा स्पर्श गर्नु, चुम्बन गर्नु, समाउनु, अङ्कमाल गर्नु वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अङ्गमा छुनु वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अङ्ग प्रदर्शन गर्नु वा गर्न लगाउनु बाल यौन शोषणका क्रियाकलाप हुन् । कामवासना वा यौन उत्तेजना उत्पन्न गर्न बालबालिकालाई प्रयोग गर्नु वा गराउनु, यौन सन्तष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्नु वा गराउनु पनि बाल यौन शोषण गर्नु वा गराउनु हो । त्यस्तै यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले बालबालिकाको प्रयोग गर्नु वा गराउनु पनि यौन शोषण हो । यौन दुव्र्यवहार गर्ने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा छोएर वा नछुइकन शरीरका वा मानसिक चोट वा दुव्र्यवहार हेला वा उपेक्षित यौनजन्य व्यवहार गरेमा त्यसलाई बाल यौन शोषण भनिन्छ ।
छोएर गरिने भन्नाले बालबालिकाको शरीरलाई छोए अथवा चोट पुर्याई कुनै किसिमको आफ्नो गुप्त अङ्गहरूमा छुने, चलाउनेजस्ता कार्यहरूलाई बुझिन्छ भने नछोई हुने बाल यौन शोषण भनेको इन्टरनेटबाट बालबालिकालाई यौन शोषणका लागि फकाउने
इन्टरनेटबाट बालबालिकालाई यौनजन्य क्रियाकलापका लागि बोलाउने, इन्टरनेटबाट बालबालिकालाई यौनजन्य क्रियाकलापका लागि खरिद बिक्री गर्नेजस्ता कार्यहरू नछोइकन गर्ने यौन शोषणअन्तर्गत पर्दछन् । विशेषगरी यस समयमा बालबालिकाहरू बढीभन्दा बढी इन्टरनेटमा समय फालिरहेको बेला उचित मार्गनिर्देशन अथवा नियन्त्रण नभएमा यस किसिमको घटना निम्त्याउन सक्छ । इन्टरनेटमा सम्पर्क भएको साथी तपाईँको सोचेको जस्तो नहुनसक्छ । कुनै साथीहरूसँग आदानप्रदान गरेको व्यक्तिगत विवरण तथा फोटो तथा भिडियोहरू दुरूपयोग गरेर संसारभरि फैलाउन सक्छ । जतिबेला समाधान नियन्त्रणभन्दा बाहिर गइसकेको हुनसक्नेछ । इन्टरनेटको सुरक्षित र सही प्रयोग गर्नका लागि प्रत्येक भाइबहिनीहरूले आफूले इन्टरनेटमा गर्ने गतिविधिले आफूलाई के प्रभाव पार्छ भनेर बुझ्नु आवश्यक हुन्छ । साथै अभिभावकहरूले पनि बालबालिकाहरूलाई यौन दुव्र्यवहारबाट जोगाउन के कस्ता भूमिका निर्वाह गर्नुपर्छ भन्ने विषयमा अलिकति छलफल गरौँ ।
ख्याल राख्नुपर्ने कुराहरू :
इन्टरनेटको दुरूपयोग हुनसक्ने खतराबाट बच्न फेसबुक, ट्विटर, ह्वाट्सएप, भाइवर, स्न्यापच्याटजस्ता सामाजिक सञ्जालहरूको प्रयोगकर्ताहरूले निम्न कुराहरू सधैँ ख्याल राख्नुपर्दछ ।
१) सामाजिक सञ्जालमा पठाएको फेसबुक रिक्वेस्ट एक्सेप्ट नगर्ने,
२) अरूले अनुमान गर्नसक्ने पासवर्ड नराख्ने र पासवर्ड समय–समयमा परिवर्तन गरिरहने ।
३) सामाजिक सञ्जालको पासवर्ड कसैलाई नदिने ।
४) इमेल वा सामाजिक सञ्जाल प्रयोगपछि लगआउट वा साइनआउट गर्न बिर्सनु हुँदैन ।
५) इन्टरनेटमा चिनेको भरमा विश्वास गरेर व्यक्तिगत विवरण दिने र भेट्न जाने गर्नहुँदैन ।
६) अनावश्यक साइटहरू खोल्दा र सूचनाहरू पोस्ट गर्दा सोच विचार गरेरमात्र चलाउनुपर्र्दछ ।
७) धेरै समय सामाजिक सञ्जालहरू प्रयोग गर्दा लत लाग्नेतर्फ समय–समयमा बालबालिकाहरूलाई सचेत गराउनुपर्दछ ।
अभिभावकहरूले ध्यान दिनुपर्ने कुराहरू
१) बालबालिकाहरूले कुन अङ्गको छुवाइ राम्रो हो र कुन नराम्रो छुवाइ भन्नेबारे स्पष्ट बुझाउनुपर्दछ ।
२) बालबालिकालाई अवस्थाअनुुसार यदि कसैले मन नपर्ने व्यवहार गरेमा वा गर्न खोजेमा अस्वीकार गर्न र ‘नाइँ’ भन्न सिकाउनुपर्दछ ।
३) बालबालिकाको व्यवहार सामान्यभन्दा फरक लागेमा उनीहरूसँग सोसम्बन्धी कुरा गर्नुपर्दछ र आवश्यक सहयोगको लागि उनीहरूको उमेरअनुसारको व्यवहार गर्नुपर्दछ ।
४) बालबालिकाले विद्यालय र समुदायमा के कस्ता क्रियाकलापहरू गरिरहेका छन् । साथी सङ्गत के कस्तो छ, सामाजिक सञ्जालमा के गर्दै छन् आदिबारे नियमित जानकारी लिने गर्नुपर्दछ ।
५) बालबालिकाले कुनै व्यक्तिप्रति गुनासो गरेमा वा कसैले हिंसा वा दुव्र्यवहार गरेमा बालबालिकालाई नै दोष नदिने । के भएको छ बुझेर बालबालिकालाई सहयोग गर्ने ।
बाल यौन शोषणको महत्वपूर्ण कारण भनेको शोेषण भएको वा हुन लागेको कसैलाई नभन्ने, आफूलाई शोषण भएको भन्ने नै थाहा नहुनु र शोषण भएको कसलाई भन्ने थाहा नपाउँदा समाजमा यो समस्याले बालबालिकालाई जोखिम निम्त्याइरहेको छ, तसर्थ आजदेखि तपाईँ भाइबहिनी अभिभावक र समाजले समाजको परिवर्तन ल्याउनु आजको तड्कारो आवश्यकता हो ।
तसर्थ हिंसाबाट बच्न र बचाउन निम्न कुराहरूमा ध्यान दिउँ :
हामीलाई यस समयमा कोरोना भाइरसले धेरै चुनौतीहरू दिए तापनि केही सकारात्मक पक्षहरू पनि सँगै लिएर आएको छ । आफ्ना बालबालिकाहरूलाई खुलेर भन्ने र त्यसको छलफल एवम् अन्तरक्रिया गर्ने एउटा अवसर हो । कुनै बालबालिकाको समस्या भएमा अभिभावकलाई खुलेर भन्ने र त्यसको समाधान गर्ने एउटा महत्वपूर्ण समय हो । तसर्थ बालबालिकाको सुरक्षा नै शान्तिपूर्ण र समय समाज निर्माण गर्ने बलियो आधार भएको हुँदा यस समयलाई सदुपयोग गरौँ, बालबालिकालाई अहिले सहारा दिऔँ ।
यस्ता विषयमा ध्यान दिनसक्यौँ भने तपाईंहरूजस्ता बालबालिकाहरूलाई इन्टरनेटमार्फत हुनसक्ने हिंसाबाट बच्न – बचाउन सकिन्छ । यतिमात्र नभइकन हामीले इन्टरनेट प्रयोग गर्दा अरू कुरामा पनि ध्यान दिन जरुरी छ । धेरै समय इन्टरनेटमा समय बिताउने, मोबाइल, कम्प्युटर, ट्याब आदि धेरै चलाउने बानीले गर्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउँछ । त्यसैले अहिलेको लकडाउनको समयलाई सृजनात्मक कार्यहरूमा बिताउनुपर्छ । हामीले घरमा बाआमालाई घरको दैनिक कार्यहरूमा सहयोग गर्ने, खाना बनाउने, साहित्यहरू पढ्ने, विभिन्न व्यक्तित्वका जीवनीहरू अध्ययन गर्नेजस्ता कार्य गर्यौं भने लकडाउनको समयलाई सही सदुपयोग गर्न सकिन्छ । साथै विभिन्न थरीका हिंसाबाट पनि बच्न सक्दछौं । यी कुराहरूलाई मनन गरेर यो लकडाउनमा घरमै बसेर आफू पनि बच्नुहोला । घर परिवारमा घरमै बस्नलाई सम्झाउनु होला । यो कोभिड–१९ को महामारीबाट पार लगाउन सहयोग गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)
Leave a Reply