राम्रो समाज निर्माण समर्पित भावनाले मात्र सम्भव हुने
- श्रावण १०, २०८३
काठमाडौँ, ८ वैशाख । कोभिड–१९ को सम्भावित महामारी फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएसँगै एसईई परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गरी भक्तपुर नगरपालिकाको शिक्षा उपसमितिले सञ्चालन गरेको टेलिभिजन कक्षाबारे चीनको सिन्ह्वा समाचार संस्थाले तस्वीरसहित प्रकाशित गरेको छ ।
एसईई परीक्षा सुरु हुनु अघिल्लो दिन सरकारले महामारीको जोखिम रोक्न परीक्षा स्थगित गरेको थियो । त्यसयता देशका एसईई दिने लाखौँ विद्यार्थीहरू घरमा बस्न बाध्य छन् । एसईई परीक्षा कहिले हुने कुराको कुनै टुङ्गो नभएपछि परीक्षाको लागि तयार विद्यार्थीहरूले परीक्षाको तयारी क्रमशः भुल्दै गएका छन् । त्यस अवस्थालाई ध्यानमा राखी भक्तपुर नगरपालिकाले सञ्चालन गरेको टीभी कक्षा प्रभावकारी बन्दै गएको हो । एसईईमा परीक्षा दिनुपर्ने विषयको विभिन्न विद्यालयका विषय शिक्षकहरूले लिने कक्षामा विभिन्न विद्युतीय माध्यमबाट सयौँ विद्यार्थी सहभागी हुने गरेका छन् । कक्षा भादगाउँ टेलिभिजन र फेसबुकमा लाइभ प्रसारण हुने गरेको छ । टेलिभिजन कक्षामा सहभागी बन्न समय नमिलेका विद्यार्थीहरूले फेसबुकको सञ्चित श्रव्यदृश्यबाट पनि सिक्नसक्छन् । एसईई दिने विद्यार्थीहरूलाई विभिन्न विषयको पुनर्ताजगीको लागि टेलिभिजन कक्षा उपयोगी भएको विद्यार्थीहरू बताउँछन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले एसईई परीक्षाको तयारी गरिरहेकी शीतल बरुवालले टेलिभिजन कक्षामा सहभागी बनेर पढिरहेका चार वटा तस्वीरसहितको समाचार लेखेको छ ।
समाचारमा लेखिएको छ, “कोभिड–१९ को महामारीबीच लकडाउनको समयमा नेपाली विद्यार्थी शीतल बरुवाल नेपालको भक्तपुरमा टेलिभिजनमार्फत माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गर्दै छन् । नेपाल सरकारले अप्रिल २६ सम्म लकडाउन लम्ब्याएपछि एसईई परीक्षा स्थगित भएको थियो ।”
Leave a Reply