‘अमेरिकी प्रजातन्त्र’ पुस्तकबारे अध्ययन गोष्ठी
- भाद्र १०, २०८३
काठमाडौँ, ८ वैशाख । कोभिड–१९ भाइरस महामारीको कारण ‘लकडाउन’ मा बसेका वैध रोजगारी भएकाहरूलाई अमेरिकी ट्रम्प सरकारले १२ सय डलर प्रदान गर्ने निर्णय गर्यो । तर, ट्रम्प सरकारले ४३ हजार अर्बपति अमेरिकीहरू प्रत्येकलाई १६ लाख डलर सहयोग गर्यो । यसले ट्रम्प सरकार अमेरिकी गरिब जनताविरोधी भएको पुष्टि गर्छ । अर्बौँ डलर सहयोग व्यापारी ट्रम्पको कम्पनीले पनि पाउने छ ।
यो भाइरस सङ्क्रमणको कारण आउने नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनाव नै नहुने स्थिति उत्पन्न हुँदै छ । अमेरिकाको ५० राज्यमध्ये १५ राज्यले राष्ट्रपतिको प्राइमरी चुनाव नै स्थगित गरेको छ । यसले चुनावी तालिकामा असर पर्ने देखिँदै छ ।
दक्षिणपूर्वी एसियामा बढी सङ्क्रमित देश सिङ्गापुर भएको छ । भारतमा सङ्क्रमण बढे खुला सीमा भएको नेपाललगायत दक्षिण एसियामा सङ्क्रमण बढ्नेछ ।
जर्मनीमा ८०० वर्गमिटरको पसल, पुस्तक पसल र कार बिक्री खुल्दै छ । चीनको उद्योग र व्यापार क्षेत्रमा योगदान गरेका ज्याक माले अफ्रिकाको लागि ४६ लाख मास्क, ५ लाख किट्स, ३०० भेन्टिलेटर, २ लाख सुरक्षा पोशाक, २ लाख अनुहारसमेत छोप्ने चस्मा, २ हजार थर्मल गन, १०० थान ज्वरो नाप्ने थर्मोमिटर र ५ लाख पञ्जा सहयोग गर्ने बताएका छन् ।
Leave a Reply