राजनीतिक पार्टीहरू देशभक्त हुनुपर्नेमा जोड
- आश्विन १६, २०८३
भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रद्वारा सोमबारदेखि कोरोना भाइरस रोगको परीक्षण (आरटीडी) सुरू गरेको छ ।
संसारभर फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विदेशबाट फर्किएका व्यक्ति र सम्भावित व्यक्तिहरूको कोरोना भाइरस परीक्षण अभियानस्वरूप भक्तपुर नगरमा उक्त आरटीडी सुरू भएको हो ।
सोमबार भक्तपुर नपा वडा नं. १० कमलविनायक सरस्वती विद्यागृहबाट सो परीक्षणको अभियान सुरू भएको र परीक्षण रिपोर्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यसैगरी मंगबार दिनको ११ बजेदेखि २ बजेसम्म भक्तपुर नपा वडा नं. ४ तालाक्व, वडा नं. ५ भगवतीस्थान र वडा नं. ९ इन्जिनियरिङ कलेज प्राङ्गणमा चैत १ गतेपछि भक्तपुर आएका व्यक्तिहरूको आरटीडी हुने जानकारी जनस्वास्थ्य केन्द्रले दिएको छ ।
साथै चैत १ गतेदेखि विभिन्न देशबाट नेपाल फर्केका भक्तपुर नगरवासीहरूलाई आरटीडी परीक्षणको निम्ति सम्बन्धित वडा कार्यालयमा सम्पर्कको निम्ति भनपाले अनुरोध गरेको छ ।
Leave a Reply