भर्खरै :

‘उहान सुन्दर सहर हो’– अमेरिकी डाक्टर क्लिफ

            काठमाडौँ, ११ वैशाख । विश्व स्वास्थ्य स·ठनले सन् २०२० जनवरी ३० मा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । त्यसबेला चीनबाहिर मात्र १०० जना कोभिड–१९  सङ्‍क्रमित बिरामी थिए भने मृत्यु भएको थिएन । अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओलाई समयमा सूचना नगरेको र चीनमुखी भएको आरोप लगाई अमेरिकी अनुदान ५०० मिलियन डलर रोके ।
            ट्रम्पका वैज्ञानिक सल्लाहकार डा. एन्थोनी काउरी हुन् । उनका  सहायक डा. क्लिफ फोडे डब्लूएचओको विज्ञ टोलीमा संलग्न भई फेब्रुअरीको मध्यमा चीनको उहान अध्ययन भ्रमणमा गएका थिए । पहिलोपटक चीन पुगेका डा. क्लिफ कोभिड–१९ नियन्त्रणमा चीनको प्रयास र उहान सहरको व्यवस्थापन देखेर छक्क परेका थिए । उनले भनेका थिए, “उहान सहर कति सुन्दर !”
            अमेरिकाले डब्लूएचओलाई दिनुपर्ने अनुदान रोकेपछि संसारका एकसय कलाकारहरू अनलाइन सांस्कृतिक कार्यक्रम गरी रकम जग्गा गरी सहयोग गर्दै छन् । चीनले डब्लूएचओलाई मार्च ११ का दिन ५ करोड डलर अनुदान दिएको थियो भने अप्रिल २३ का दिन ३ करोड डलर थप अनुदान दियो ।
            यो सङ्कटको स्थितिमा अमेरिकी बहकाउमा लागेर अष्ट्रेलियाले चीनविरूद्ध बोलेपछि चीनले अष्ट्रेलियालाई त्यस्तो भड्काउमा नलाग्न सचेत गरायो ।
            कोभिड–१९ महामारीको केन्द्र अहिले अमेरिका भएको छ । यसको कारण ट्रम्पले आफ्ना विज्ञहरूको चेतावनी सड्ढेतलाई बेवास्ता गरी गल्फ खेल्न दिन बिताउनु नै हो । यो भाइरस सङ्‍क्रमणपछि ४४ लाख अमेरिकीहरूले बेरोजगारीमा नाम दर्ता गराएका थिए । अप्रिल २३ सम्म त्यस्ता बेरोजगारी २ करोड ६० लाख पुग्यो । यो सङ्ख्या बढ्दै छ ।
            यो सङ्कटको बेला ट्रम्पको ध्यान नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनाव फेरि जित्नेतर्फ छ । ट्रम्पले महामारीको नियन्त्रणपछि अमेरिकाको आर्थिक इन्जिन पुनः बलियोसँग चल्ने र अमेरिका फेरि बलियो हुने दाबी गरे । जबकि अमेरिकी वैज्ञानिकहरूले अबको हिउँदमा मौसमी रूघासँगै यो भाइरस थप बल्झिने छ । डब्लूएचओले यो भाइरसको सङ्‍क्रमण पश्चिमी युरोपमा घट्दै गएको तर पूर्वी युरोप, अफ्रिका, मध्य र दक्षिण अमेरिकामा बढिरहेको बतायो ।
            यो महामारीसँगै संसारका २६ करोड ५० लाख गरिबहरू भोको हुने राष्ट्र सङ्घको तथ्याङ्क छ ।
            बेलायतले ३ लाख ८६ हजार कम्पनीका २८ लाख बिदामा रहेका मजदुरलाई ८० प्रतिशत ज्याला उपलब्ध गराउन ६ खर्ब पाउन्ड निकासा गरेको छ । खर्बौँ पाउन्ड नाफा कम्पनी मालिकले कुम्ल्याउने तर एक महिना सङ्कट भए राज्यकोषबाट व्यहोर्न लगाउने पुँजीवादी व्यवस्थाको नियत बेलायतमा पुनः प्रकट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *