भर्खरै :

मध्यपुरमा एमालेद्वारा नेमकिपालाई घातः ७ वडामा एमालेको बागी उम्मेदवारी

भक्तपुर, ३१ बैशाख । मध्यपुर नगरपालिकामा वडा नं. ७ मा एमाले समर्थित मतदाताले नेमकिपाका विक्रम बैद्यलाई मतदान गर्नुपर्नेमा एमालेकै बागी उम्मेदवार कृष्णकुमार प्रजापति खडा गरी नेमकिपालाई विश्वासघात  गरेको मतदाताबीच चर्चा छ । स्थानीय तहको निर्वाचनमा मध्यपुरमा नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेले संयुक्त उम्मेदवारी दर्ता गरी मतदान गर्ने सहमति भएको थियो । तर नेकपा एमालेले एकतर्फी ढंगले वडा नं ७ मा बागी उम्मेदवारी दिई सहमति विपरित काम गरेको खबर प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *