भर्खरै :

नेकां र एमालेले गाडीबाट मतदाता ओसारेः किर्तिपुरमा कन्टेनर प्रयोग

भक्तपुर, ३१ बैशाख । चाँगुनारायण नगरपालिकाअन्तर्गत चाँगुनारायण मन्दिर नजिकै नेपाली काँग्रेसका उम्मेदवारहरुले मतदाता ओसार्न गाडीको दुरुपयोग गरेको समाचार प्राप्त भएको छ । मतदाताहरुको मत आफूतिर आकर्षित गर्न उनीहरुले गाडीको व्यवस्था भएको भन्दै मतदाताहरु ओसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यस्तै काठमाण्डौ किर्तिपुरमा नेकपा एमालेले मतदाता ओसार्न कन्टेनरको प्रयोग गरेको खबर प्राप्त भएको छ । निर्वाचन निर्देशिका र आचारसंहिता विपरीत एमालेले मतदाता ओसार्न कन्टेनरको प्रयोग गरेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *