‘अमेरिकी प्रजातन्त्र’ पुस्तकबारे अध्ययन गोष्ठी
- भाद्र १०, २०८३
– रमेश लम्साल
काठमाडौँ, १४ वैशाख । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो ।
तत्कालका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री हवाई माध्यमबाट ल्याउने तयारी गरिएको छ । यस्तै केही सामान भने स्थलमार्गबाट ल्याउने तयारी भइरहेको छ । छिटोभन्दा छिटो सामग्री ल्याउनका लागि गरिएको पहलअनुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । कोभिड–१९ क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसीएमसी) ले आइतबार छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले सामान आयातका लागि विभिन्न ११ संस्था इच्छुक देखिएको जानकारी दिनुभयो ।
उनीहरूको निवेदनअनुसार छनोट प्रक्रिया जारी रहेको छ । गत शुक्रबार तीनदिने म्याद राखेर गरिएको आह्वानमा इच्छुक देखिएकाहरूको छनोट गरी सामान आयातको जिम्मा दिन लागिएको उहाँको भनाइ छ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो ।
पैसा पठाएको सातदेखि १० दिनभित्र चीनबाट सामान उपलब्ध गराउने जानकारी आएको बताउँदै उहाँले ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको बताउनुभयो । अत्यावश्यक सामान खरिदका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको उहाँले बताउनुभयो ।
चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सेनाले सोमबार नै चिनियाँ पक्षलाई रकम भुक्तानी गरिसकेको हो । स्वास्थ्य उपकरण खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको हो । दुई देशबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिने जनाएको छ । ती सामानमध्ये अत्यावश्यक सामान आयातका लागि हवाईजहाज पठाइनेछ । जहाजबाट तीन खेपमा सामान ल्याउने तयारी छ ।
यस्तै स्थलमार्गबाट आउने सामान भने ग्वान्जाओबाट सात दिन लगाएर नेपालको तातोपानी आइपुग्नेछ । भन्सार जाँच प्रक्रियाका लागि दुई दिन लाग्ने जनाइएको छ । अत्यावश्यक सामग्री हवाईमार्गबाट ल्याउने विषयमा हवाईसेवा प्रदायकसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । “हामीले नेपाल एयरलाइन्स र श्रीएयरसँग छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ग्वान्जाओमा सामग्री जम्मा भएपछि निष्कर्षमा पुगिनेछ ।”
अत्यावश्यक बाहेकका सामग्री सडक मार्गबाट ढुवानीका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । पेइचिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल भइरहेको छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ ।
चीन सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । प्रवक्ता पाण्डेले महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१ औँ स्थानमा रहे पनि चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने बचनबद्धता व्यक्त गरेको पनि जानकारी दिनुभयो ।
व्यक्तिगत सुरक्षाका सामग्री (पीपीई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । रासस
Leave a Reply