भर्खरै :

उपयोगी भर्च्युयल कक्षा

सलिना यान्द्यो
“मेरो एसईईको पालामा मात्र यस्तो अवस्था भयो । कतिखेर परीक्षा हलमा बसेर सबै प्रश्नको उत्तर लेख्न हत्तार भइसकेको छ । केही अरू काम गर्न लाग्दा पनि ए मेरो परीक्षा छ भन्ने लाग्छ ।” यो भनाइ एसईई परीक्षा तयारी गरी बसेका सलिना यान्द्योको हो ।
“प्रिटेस्ट परीक्षा सकिनेबित्तिकै विद्यालयले एक महिनाको बिहान र दिउँसो विशेष कक्षाहरू सञ्‍चालन गर्‍यो । कक्षामा सहभागी भएँ । कक्षामा शिक्षकहरू परीक्षामा आउन सकिने प्रश्नहरूको छलफल गराउँछन् र समस्या समाधान गर्ने उपाय बताउँछन् । अहिले म सोच्दै छु, यो के भएको ? एसईई परीक्षाको अघिल्लो दिनमात्र सरकारले कोरोना भाइरसको रोग नेपालमा पनि भित्रिने सम्भावना देखेर लकडाउन घोषणा गर्‍यो । त्यसपछि के चाहियो, पढ्ने मुड नै हरायो ।”
उनले भनिन्, “कक्षामा शिक्षकहरूले चीनको उहान प्रान्तमा नौलो भाइरस आएर धेरै मानिस मरेको बताउनुभएको थियो ।”
कोरोना भाइरस रोगबाट बच्न घरमा बस्ने सबैभन्दा महत्वपूर्ण उपाय भएकोले सरकारले  लकडाउनको घोषणा थपेको हो । नेपालमा पनि विदेशबाट फर्केका केही मानिसहरूमा यो भाइरसको सङ्‍क्रमण भेटिएको देखिन्छ । हामीले पनि सतर्कता अपनाउनु आवश्यक देखिन्छ । उनले भनिन्, “दैनिकरूपमा कोरोनाकै विषयमा शिक्षक बताउँछन् । अहिले विश्वमा २२ लाखभन्दा बढी यस रोगबाट सङ्‍क्रमण भइसकेका छन् भने १ लाख ५० हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् ।”
लकडाउनको समयमा पढाइबारे उनले  भनिन्, “खै क भनुँ ! परीक्षा नै हुन्न कि जस्तो लाग्छ । नेपालमा परदेशबाट आएका मानिसहरूको सङ्‍क्रमण सङ्ख्या बढ्दै गएको छ । पढ्न भनी बस्दा अनेक मनमा कुरा खेल्छ । तापनि बिहान बेलुका निरन्तर अभ्यास गरिरहेको छु । कहिलेकाहीँ खेत र घरको काममा सघाउँछु । ११ बजेदेखि ३ बजेसम्म भच्र्युअल कक्षा सञ्‍चालनको शो हेर्छु । उक्त शो हेर्दा पुनः ताजगी भएको महसुस हुन्छ ।”
भक्तपुर नगरपालिकाले पनि वैशाख ५ देखि भादगाउँ टीभीबाट भच्र्युअल कक्षा प्रत्यक्ष प्रसारण  गरिरहेको छ । यस विषयमा जिज्ञासा राख्दा उनले थपिन्, “विद्यालयका प्रअले उक्त कक्षा प्रसारणको खबर दिनुभयो । मैले साथीहरूलाई पनि खबर गरेँ । आफ्नै शिक्षकहरूले कक्षा लिएको टीभीमा हेर्न पाउँदा झन् सजिलो भयो ।” एसईईका विद्यार्थीहरूलाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले भच्र्युअल कक्षाको प्रत्यक्ष प्रसारण गरेर धेरैलाई सहयोग पुगेको हुनुपर्छ । घरभित्रै बसी मन बहलाउने यो कार्यक्रमले सहयोग मिलेको छ
सलिना यन्द्यो कक्षामा पढ्नमा मात्र  तेजिला थिइनन्, उनी अतिरिक्त क्रियाकलापमा पनि त्यति नै लगनशील छिन् । कक्षा सञ्‍चालनमा सहयोग मिलेको छ कि छैन भन्ने विषयमा उनले थपिन्, “प्रत्यक्ष प्रसारण हेर्दा कक्षामा बसेजस्तो अनुभव हुन्छ । अनिवार्य विषयहरूको भच्र्युअल कक्षा घरभित्रै बसेर पढ्न पाउँदा धेरै खुसी लागेको छ । कहिलेदेखि हेर्नथाल्यो त भन्ने जिज्ञासा राख्दा उनले घरमा टीभीमै हेरेको बताइन् । खबर पाउनेबित्तिकै टीभी अगाडि बसिरहेँ । तर अरूबेला हेर्न घरमा नेटको व्यवस्था छैन । मेरो फेसबुक पनि खोलेको छैन । अलि गार्‍हो छ ।”
यो कक्षा बेलुका ५ बजेदेखि ८ बजेसम्म निरन्तर भइरहँदा खाना पकाउन जाँदा केही बेर छुटेको छ, उनले थपिन् । यसपालि एसईई दिने साथीहरूलाई के सल्लाह दिन चाहन्छौ भन्ने जिज्ञासामा उनले थपिन्, “सम्पूर्ण साथीहरूले समय तालिका बनाएर अध्ययनलाई निरन्तरता दिनुपर्छ । यो भादगाउँ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको भच्र्युअल कक्षा नटुटाइकन हेरी नबुझेको कुरा विषय शिक्षकसँग फोनमार्फत बुझ्दा राम्रो हुन्छ । अन्तमा भक्तपुर नगरपालिकाको शिक्षा समितिको शिक्षा शाखा, विषय शिक्षक र प्राविधिकहरूमा सधन्यवाद छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *