भर्खरै :

लकडाउनमा जुलुस गर्नेलाई जन कारबाही

– राम महर्जन, कीर्तिपुर
कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण देश लकडाउनमा छ । लकडाउनको मुख्य मर्म कोही पनि नागरिक अति आवश्यक काममा बाहेक कोही पनि बाहिर ननिस्कनु भन्ने हो । राहत वितरणको निहुँमा स्थानीय सरकारको कमजोरीको फाइदा उठाउँदै लकडाउन र एकद्वार प्रणालीको उल्लङ्घन गर्दै विद्यार्थी र विभिन्न सङ्घ संस्थाले राहत सामान वितरण गर्न भ्याए ।
वितरण भएर बाँकी सामान विद्यार्थीकै कोठामा गोदाम बनेपछि वैशाख १० गते प्रहरीले बरामद गरे । यसबीच फरार विद्यार्थी नेताको खोजीका माग गर्दै शनिबार बिहान लकडाउन उल्लङ्घन गरी नयाँबजारमा जुलुस भयो ।
लकडाउन उल्लङ्घन गरी नयाँबजारमा निस्केको विद्यार्थीहरुको जुलुस गर्नेहरुमाथि स्थानीयले कारबाही माग गरे । एकजना विद्यार्थीलाई समाती प्रहरी वृत्त कीर्तिपुरमा बुझाइएको छ ।
विद्यार्थीहरूको जुलुसमा ‘विद्यार्थीहरूलाई खाना दे, राहत बाँड्ने विद्यार्थीमा मानसिक यातना बन्द गर’ जस्ता नारामात्र होइन कीर्तिपुर मुर्दावादजस्ता नारा लगाएपछि कीर्तिपुरवासीहरु आक्रोशित भए । कीर्तिपुरवासीले पनि गलत क्रियाकलाप गर्ने तत्वहरूको विरोधमा कीर्तिपुर प्रहरी वृत्तमा धर्ना दिएर लकडाउन उल्लङ्घन गरी पक्राउमा परेका व्यक्तिलाई कारबाही गर्न कीर्तिपुरवासीको तर्फबाट सविता महर्जनसहितले ज्ञापनपत्र बुझाए ।
स्मरणीय छ, त्रिभुवन विश्वविद्यालयको कारण कीर्तिपुर ७७ जिल्ला र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको पनि बसाइ रहेको क्षेत्र हो ।
विश्वविद्यालयमा स्नात्तकोत्तर पढ्ने विद्यार्थीहरूले एकद्वार प्रणाली उल्लङ्घन गरेर लकडाउनको समयमा जुलुस गर्नु कुनै पनि नेपाली नागरिकको लागि स्वीकार्य हुनसक्दैन । के कीर्तिपुरवासीलाई सह्य होला ? राहतको नाममा कीर्तिपुर नेवार बस्तीमाथि धावा बोल्ने नियत नहोस्, परिस्थिति बिग्रेको छैन । सबै संयमित होऔँ, लकडाउन पालना गरौँ । सरकारी निर्देशनबमोजिम अगाडि बढौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *