अकल्पनीय जनधनको क्षतिप्रति नेमकिपाद्वारा गहिरो दुःख प्रकट
- भाद्र ११, २०८३
आज मे १ ! अन्तर्राष्ट्रिय श्रमिक दिवस । पुँजीवादी व्यवस्थाको शोषणविरुद्ध मजदुरहरूको क्रान्तिकारी सङ्घर्षको गौरवपूर्ण इतिहास बोकेको यो दिन आज पनि संसारभरका श्रमिक जनता पुँजीवादी उत्पादन सम्बन्धले श्रमिकमाथि गरेको अत्याचारविरुद्ध विरोध र सङ्घर्षको रुपमा मनाउँदै आएका छन । नाफामुखी पुँजीवादी व्यवस्था नै श्रमिक जनताको शत्रु हो । जबसम्म पुँजीवादी व्यवस्था समूल नष्ट हुँदैन, तबसम्म रगत–पसिना बगाएर संसार बनाउने मजदुरहरूका सुखका दिन आउनेछैन । मार्क्सले भन्नुभएझैं पुँजीपति वर्गले जुन कुरालाई नाफा भनी परिभाषित गर्दै आएको छ, त्यो श्रमिक जनतामाथि पुँजीपति वर्गले गरेको शोषणको मूल्य हो । त्यसअर्थमा पुँजीपति वर्गले श्रमिक वर्गलाई दिनुपर्ने ज्याला नदिएर नै नाफा बटुल्ने गर्छ । अर्को शब्दमा मजदुर वर्गलाई दिनुपर्ने ज्याला नदिएर नै पुँजीपति वर्गले नाफा कमाउने गर्छ । पुँजीवादको यस्तो ठग उत्पादन सम्बन्ध च्यातचुत पार्न नसक्दासम्म संसारका श्रमिक जनताको मुक्ति कदापि हुन सक्दैन । पुँजीवादको शोषणमूलक उत्पादन सम्बन्धबाट श्रमिक जनतालाई मुक्त गर्न सक्ने न्यायपूर्ण व्यवस्था समाजवादी व्यवस्था हो । समाजवाद हुँदै साम्यवादी व्यवस्था स्थापनाको बाटोमा अघि बढ्नु नै श्रमिक जनताको मुक्तिको बाटो हो ।
आज संसारको परिस्थिति फरक छ । संसार कोरोना भाइरसको महामारीको कारण ठप्प प्रायः छ । कोभिड–१९ को महामारीको जड उही पुँजीवादी व्यवस्था हो जसले नाफाको लागि मजदुरमाथि मात्र होइन, प्रकृतिमाथि पनि अत्याचार गर्छ । प्राकृतिक स्रोत साधनको अत्यधिक दोहनले नै संसारमा अनेकन प्राकृतिक विपति देखापरिरहेको छ । जलवायु परिवर्तनको कारण संसारको भविष्य दिनानुदिन अनिश्चित बन्दै गएको छ । मुनाफाको लागि प्रकृतिमाथि अत्याधिक दोहनले मानिसमात्र होइन, सिङ्गो पृथ्वीलाई अनिश्चिततातिर धकेलिरहेको छ ।
डिसेम्बरको अन्त्यबाट सुरु भएको भाइरसको महामारी आज संसारका अधिकांश देश प्रभावित छन् । प्रभावित देशहरूमा पनि महामारीको कारण सबभन्दा बढी मजदुरहरू नै पीडित बनेका छन् । मजदुरहरूले आफ्नो श्रम बेच्दै आएका सहरहरू महामारीको कारण बन्द भएपछि उनीहरूको दैनिक आय आम्दानी रोकिएको छ । दैनिक आम्दानीको स्रोत बन्द भएपछि मजदुरहरू सहर छोडेर आ–आफ्नो गाउँ फर्किन बाध्य भएका छन् । लकडाउनको कारण सार्वजनिक यातायात बन्द हुँदा ती मजदुरहरू सयौं किलोमिटर पैदल हिँडेर आफ्नो गन्तव्यतिर गइरहेका छन् । श्रमिक जनताको यो पीडादायी अवस्थाप्रति पुँजीवादी शासकहरूलाई कति पनि संवेदनशील बनाएन । महामारी सामना गर्न सरकारले लकडाउन घोषणा गर्यो । तर, लकडाउनको कारण प्रभावित बन्ने जनसमुदायका समस्या कसरी समाधान गर्ने भन्ने विषयमा सरकारले कुनै योजना बनाउन सकेन । छिमेकी देश भारतका मजदुरले जस्तो भयावह अवस्थाको सामना गर्नुपर्यो, त्यस्तै भयावह अवस्था नेपाली मजदुरहरूले पनि सामना गर्नुपर्यो । संरा अमेरिकाका मजदुरहरू नै सबभन्दा बढी सङ्क्रमित छन् । दैनिक ज्यालादारी मजदुरहरूसँग आफ्नो छाक टार्न पनि काम गर्नुको विकल्प छैन । त्यसकारण उनीहरू काममा जाँदा भाइरस सङ्क्रमणको जोखिम अझ बढ्दो छ ।
संसारका मजदुरहरूले महामारीका दिनमा सामना गरिरहेका समस्यामाथि नजर लगाउँदा संसारभरका श्रमिक जनताको अवस्था अझ पनि निकै दयनीय छ । यो अवस्थामा परिवर्तनको निम्ति संसारका मजदुरहरू एक भएर नाफाबाहेक केही पनि नदेख्ने पुँजीवादी व्यवस्था र उत्पादन सम्बन्धको विकल्प खोज्नुपर्छ । युरोपको पुँजीवादको इतिहासले संसारका मजदुरहरूलाई सिकाएको छ–मजदुरमाथि शोषणमा आधारित पुँजीवादी व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था हो । न्याय र समानतामा आधारित समाजवादी व्यवस्थाले मात्र पृथ्वी र प्रकृतिमाथि न्याय गर्न सक्नेछ ।
संसारका सम्पूर्ण श्रमिक जनतामा मे दिवसको हार्दिक शुभकामना !
मजदुर दिवशकाे शुभकामना