भर्खरै :

अमेरिकी प्रयोगशालामा छानबिन आवश्यक

            काठमाडौँ, १९ वैशाख । अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिल ३० को पत्रकार भेटमा नोवेल कोरोना भाइरसको उद्गमस्थल चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजी भएको दोहोर्‍याए । उनले आफूसँग त्यसको प्रमाण नै भएको दाबी गरे ।
            ट्रम्पले आफ्ना वरिष्ठ अधिकारीमार्फत गुप्तचर निकायलाई उक्त भाइरस उहानको प्रयोगशालाबाट निस्केको प्रमाणित गर्न निर्देशन दिए । तर अमेरिकी वैज्ञानिकहरूले यो भाइरस मानव निर्मित नभएको यस अगाडि नै बताएका थिए ।
            अमेरिकी विदेशमन्त्री पोम्पेओले उहानको मासु बजार र इन्स्टिच्युट १३ किमिमात्र टाढा रहेको आरोप लगाउँदै छन् ।
            यो भाइरस नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने ट्रम्प नोभेम्बर ३ को राष्ट्रपति निर्वाचनमा चीनले आफूलाई पुनः चुनिन नदिन जे पनि गर्ने आरोप लगाउँदै छन् । यसरी राष्ट्रपति ट्रम्प आफू पुनःनिर्वाचित हुने प्रत्याभूति चीनबाट गराउन खोजेको देखिन्छ ।
            संरा अमेरिकाको हवाई राज्यमा यो भाइरस सन् २०१९ को सेप्टेम्बरमै देखिएको थियो । क्यालिफोर्निया, सियाटल, सिकागोलगायत सहरमा जनवरीमै यो भाइरस सङ्‍क्रमण भइसकेको अमेरिकी डाक्टरहरू नै बताउँदै छन् । अमेरिकामा फेब्रुअरी २९ मा मात्र यो भाइरस सङ्‍क्रमित मानिसको मृत्यु भएको ट्रम्पको दाबी छ । तर, अमेरिकी डाक्टरहरूले फेब्रुअरी ६ मै त्यहाँ यो भाइरस सङ्‍क्रमितको मृत्यु भएको थियो । अमेरिकाको फोर्ड डेट्रिक जैविक प्रयोगशाला नै यो भाइरसको स्रोत भएको यसलाई ढाकछोप गर्न र विश्वभरि सङ्‍क्रमित ३३ लाखभन्दा बढी र मृत्यु २ लाखभन्दा बढीको दोष पन्छाउन ट्रम्प चीनलाई आरोप लगाउँदै छन् । हो, ट्रम्पले दाबी गरेजस्तै यो भाइरस मानवनिर्मित हो तर चीनको उहान इन्स्टिच्युट अफ भाइरोलोजी होइन, अमेरिकाको फोर्ड डेट्रिक जैविक प्रयोगशाला हो ।
            अमेरिकाको केन्द्रीय गुप्तचर विभाग (सीआईए) ले यो भाइरसको महामारी फैलिनुअघि १२ पटक सचेत गराएको थियो । विभागका अधिकारीहरूले जनवरी र फेब्रुअरीमा भाइरस सङ्‍क्रमणको जोखिमबारे सचेत गराउँदा ट्रम्पले बेवास्ता गरेका थिए । ट्रम्पले फेब्रुअरी २६ मा दुई दिनमा नयाँ सङ्‍क्रमित शून्यमा झार्ने दाबी गरेका थिए भने मार्च १० मा केही दिनभित्रै यो भाइरस विलित हुने बताएका थिए । परिणाम अमेरिकामा १० लाख ९५ हजार ३०४ सङ्‍क्रमित भए भने ६३ हजार ८७१ जना मृत्यु भए । यो सङ्ख्या बढ्दो छ ।
            यसकारण विश्व स्वास्थ्य सङ्गठनले अमेरिकाको फोर्ड डेट्रिक प्रयोगशाला किन बन्द गर्‍यो, त्यहाँ १०५९ जीवाणु चोरी वा चुहिएको घटना कसरी भयो छानबिन गर्नुपर्दछ । विश्व स्वास्थ्य सङ्गठनले चीनस्थित कार्यालयमा काम गर्ने गौडेन गलियाले भाइरस मानवनिर्मित बताए । तर सङ्गठनको तीन तहका अधिकारीहरू उहान उदगमस्थल भएकोमा सहमत भएको दाबी गरे । तर सङ्गठनका महानिर्देशक टेड्रोसले उहानमा सुरूमा निमोनियाको बिरामी देखिएको र पछि ती बिरामी यो भाइरस सङ्‍क्रमित भएको बताएका छन् । यसकारण गलियाको आरोप झूट सावित हुन्छ । सन् २०१९ को अक्टोवर १८–२७ सम्म उहानमा सम्पन्न सैनिक खेलकुदमा भाग लिन पुगेका अमेरिकीहरूले नै यो भाइरस चीनमा फैलाएको बारे अध्ययन गर्नु आवश्यक छ । यसबारे संसारलाई ट्रम्पले सत्य कुरा भन्नुपर्छ । चीनलाई आरोप लगाएर राष्ट्रपतिमा आफू पुनःनिर्वाचित हुनुभन्दा ट्रम्पले भाइरस नियन्त्रणमा ध्यान जगाउन आवश्यक छ ।
            ट्रम्पको आरोप खण्डन गर्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ्ग सुआङ्गले भाइरसको उद्गम वैज्ञानिक विषय भएकोले यसको वैज्ञानिक र विज्ञहरूले अध्ययन गर्नुपर्ने दोहोर्‍याउँदै ट्रम्प यतिेखर अमेरिकामा फैलिएको महामारी नियन्त्रण गर्न लाग्नुपर्ने आवश्यकता औँल्याए । अमेरिकाले बनाएको भाइरसलाई चीनले नियन्त्रण गर्नसक्दैन, अमेरिकाले मात्र सक्छ । ट्रम्पले यो भाइरसलाई नियन्त्रण गर्न नसकेको वा जानाजान फैलाएको हुनुपर्छ ।
            ट्रम्पले नर्वेमा ३०७, फिनल्यान्डमा २०६ र डेनमार्कमा ४४३ मृत्यु भयो । तर स्वीडेनमा २४६२ मृत्यु भए पनि लकडाउन हटाएको उल्लेख गर्दै ट्रम्पले अमेरिका खुला गर्ने निर्णय गरेको ठीक भएको दाबी गरे ।
            कतिपय अमेरिकीहरूले ट्रम्पको यो भनाइ अनुचित भएको उल्लेख गर्दै प्रति दश लाखमा स्वीडेनमा २५६ जनाको मृत्यु र अमेरिकामा १८७ जनाको मृत्यु भए पनि जर्मनीमा प्रतिदश लाखमा ७८ जनाको मात्र मृत्यु भएको औँल्याए ।
            उनीहरूले भियतनाम युद्धको बेला १७ वर्षमा भन्दा बढी अमेरिकी यो तीन महिनामा मृत्यु भएको र ३ करोड ३० लाख अमेरिकीले रोजगारी गुमेकोलाई सफलताको कथा भन्न नहुने औँल्याउँदै सन् २०१६ मा ट्रम्पलाई राष्ट्रपति चुनेकै गलत बताए ।
            ट्रम्प कहिले यो भाइरसलाई विपक्षी पार्टीको हल्ला, रूघाखोकी, नियन्त्रण भइसक्यो भन्थे भने कहले हामी धेरै राम्रो गर्दै छौँ र विश्व स्वास्थ्य सङ्गठनको दोष बताउँछन् । तर, ट्रम्पले जनवरी र फेब्रुअरीमा गल्फ खेलेर समय खेर फालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *