भर्खरै :

खुला सीमाबाट पस्यो रुपन्देहीमा कोरोना

बुटवल, १९ वैशाख । रुपन्देहीमा नोवेल कोरोना भाइरस (कोभिड – १९) सङ्‍क्रमण पुष्टि भएका पहिलो बिरामी २५ वर्षीय युवा वैशाख ५ गते नेपाल – भारत खुला सीमा नाकाबाट प्रवेश गरेको बताइएको छ ।
नेपाली भूमि डुबानमा पर्ने गरी भारतले एकतर्फी रुपमा बनाएको रसियावाल खुर्दलोटन बाँध हुँदै सम्मरीमाइको ठोटरी नाकाबाट ती युवा घर आएपछि उनका दाइले घर नलगी मर्चबारस्थित आदर्श बहुमुखी क्याम्पसको क्‍वारेन्टिन स्थलमा पुर्‍याएका थिए ।
भारतको नयाँ दिल्लीबाट आएका ती युवा घर नजिकको सुनौली नाकाबाट प्रवेश नगरी खुला सीमाको फाइदा उठाइ लुकीछिपी नेपाल प्रवेश गरेका हुन् ।
नेपाल भारत सीमा कडाइ गरी सीमा क्षेत्रमै सशस्त्र प्रहरीले पहरा दिएको भने पनि लुकीछिपी पसेका व्यक्तिमा नावेल कोरोना भाइरस पुष्टि भएपछि मर्चवार सीमा क्षेत्रका जनता आतङ्कित भएको स्थानीय शिक्षक शिवनन्दन जयसवालले बताएका छन् ।
पासी थरका ती युवालाई कोभिड पोजिटिभ देखिएपछि शुक्रबार नै बटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याइएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *