भर्खरै :

भक्तपुर नगरपालिकामा पूर्वाग्राही ढंगले मतगणनामा ढिलाई

भक्तपुर, १ जेठ । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना भक्तपुर नगरपालिकामा अझै सुरु हुन सकेको छैन । जिल्लाका ४ नगरपालिकाहरुमध्ये सूर्यविनायक नगरपालिकामा मतगणना सुरु भइसकेको छ भने मध्यपुर नगरपालिकाको मतगणना पनि सुरु भईसकेको छ । चाँगुनारायण नगरपालिकाको नगरकोट मतदानकेन्द्रमा नवलपरासी जिल्लाको मादल चिन्ह नै नभएको २२ वटा मतपत्र खसेपछि ती मतपत्रलाई बदर गर्ने वा नगर्ने भन्ने विषयमा विवाद हुँदा मतगणना अघि बढ्न सकेको छैन । भक्तपुर नगरपालिकामा भने कुनै विवाद र समस्या नभए पनि मतगणना सुरु गरिएको छैन । जिल्लाका ४ नगरपालिकाहरुमध्ये सबैभन्दा पहिले नै मतपेटिका पुगेको नगरपालिकामा मतगणना सुरु नगरिँदा जनताहरुले कुनै पूर्वाग्रह नै रहेको चर्चा गर्न थालेका छन् । २०७० सालको संविधान सभाको चुनावमा पनि क्षेत्र नं २ को मतगणना सुरु भइसक्दा पनि क्षेत्र नं १ मा मतगणना गरिएको थिएन । नेपाल मजदुर किसान पार्टीको प्रभाव बढी रहेका नगरपालिकाहरुमा मतगणना नगरी यहाँको नतिजालाई विलम्ब गर्न खोजेको खबर छ । मतगणना नै सुरु नगरी नियोजित रुपमा यस्ता पूर्वाग्राही गतिविधिहरु भइरहेकोमा स्थानीय जनताले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *