भर्खरै :

चर्को दबाबपछि भक्तपुर नगरपालिकाको मतगणना सुरुः वडा नं १ को मतगणना हुँदै

भक्तपुर, १ जेठ । चर्को दबाबपछि भक्तपुर नगरपालिकाको मतगणना सुरु भएको छ । मतदानपछि हिजो साँझ ७ बजे नै सम्पूर्ण मतपेटिकाहरु निर्वाचन कार्यालय भक्तपुरमा पुगेको थियो तर निर्वाचन अधिकृतले आज विहान ६ बजेबाट मतगणना सुरु गर्ने भने पनि मतगणना सुरु भएको थिएन । विना कुनै समयस्या र विवाद मतगणना सुरु नगरिएपछि स्थानीय जनताले पूर्वाग्रही ढंगले मतगणना नगरिएको भन्दै आक्रोश पोखेका थिए । स्थानीय जनताको चर्को दबाबपछि अहिले मतगणनाको कार्य सुरु भएको खबर प्राप्त भएको छ । अहिले भनपा वडा नं १ मतदान केन्द्रको मतगणना दुई समूह बनाई भइरहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *