‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
मई ५, विश्व सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको जन्मदिन । क्रान्तिकारी दार्शनिक, चिन्तक तथा योद्धा माक्र्सका योगदान, विचारको चर्चा र अनुसरण विश्वका कामदार जनता गर्दै छन् । दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, इतिहासलगायतका विषयहरूमा माक्र्सको योगदान एकाइसौँ शताब्दीमा पनि बेजोडको छ । यो शताब्दीमा पनि शोषणविहीन नयाँ समाजको निर्माणका निम्ति आवश्यक वैचारिक हतियार माक्र्सवाद नै हो भन्नेमा दुईमत छैन । माक्र्सका कृतिहरूको अध्ययन, छलफल र विचार विमर्श चल्दै छ । माक्र्सका साहित्यको सन्दर्भ उठ्दा नपढी नहुने एउटा कृति ‘कम्युनिस्ट घोषणापत्र’ हो । ‘कम्युनिस्ट घोषणापत्र’ विश्वमै धेरै भाषामा अनुदित तथा धेरैै पढिएको पुस्तकमध्ये एक हो, आज पनि पढिइँदै छ । ‘कम्युनिस्ट घोषणापत्र’ विश्व सर्वहारा वर्गीय आन्दोलनको पहिलो माक्र्सवादी कार्यक्रम र वैज्ञानिक समाजवादको सबभन्दा महत्वपूर्ण दस्तावेज पनि हो । ‘कम्युनिस्ट घोषणापत्र’ विश्व सर्वहारावर्गको रातो वैचारिक झन्डा हो ।
सन् १८४८ फेब्रुअरीमा प्रकाशित ‘कम्युनिस्ट घोषणापत्र’ मा माक्र्स र एँगेल्सले प्रस्तुत गर्नुभएको क्रान्तिकारी विचार र गर्नुभएको विश्लेषणलाई ऐतिहासिक घटनाक्रमले सही साबित गर्दै छ । युरोपको ऐतिहासिक पुँजीवादी व्यवस्थाको यथार्थ र सत्यतथ्य उजागर गरी यसको अस्तित्व मेट्न सर्वहारावर्गलाई एकजुट हुन सन्देश दिने ‘कम्युनिस्ट घोषणापत्र’ आज पनि उत्तिकै सान्दर्भिक छ । पुँजीवाद पाइला – पाइला गरी सङ्कटमा फस्दै गइरहेकोे यो युगमा आजभन्दा १७२ वर्ष पहिले लेखिएको कम्युनिस्ट घोषणापत्रको सामयिकता र महत्व अझ चुलिएको अनुभव हुन्छ । पुँजीवादको उत्थान, विकास र पतनको विषयमा सटीक विश्लेषण बोकेको यस कृतिको महत्व बढ्दो छ ।
अमेरिका र दक्षिण अफ्रिकाको बाटो पत्ता लागेपछि भर्खर उदाएको पुँजीपतिवर्गले आफ्नो विकासको निम्ति नयाँ क्षेत्र पायो । पूर्वी भारतीय र चिनियाँ बजार, अमेरिकालाई उपनिवेश बनाउने कार्य, उपनिवेशहरूसित व्यापार र विनिमयका साधन तथा वस्तुहरूको वृद्धिले गर्दा व्यापार, सामुद्रिक यातायात र उद्योगहरूको अभूतपूर्व उन्नति भयो । बजारको विस्तारसँगै वस्तुको मागमा आएको वृद्धिले गर्दा हस्त–चालित कारखानाको ठाउँआधुनिक उद्योगले लियो । यसले आधुनिक औद्योगिक विकाससँगै भएको सामुद्रिक यातायात र रेल मार्गको विकासले पुँजीपतिवर्गको पनि विकास भयो । घोषणापत्रमा लेखिएको छ – “आधुनिक पुँजीपतिवर्ग लामो विकासक्रमको उपज र उत्पादन तथा विनिमय पद्धतिमा भएको क्रमिक क्रान्तिको उपज हो ।”
‘पुँजीपति र मजदुर’, ‘सर्वहारा र कम्युनिस्ट’, ‘समाजवादी र कम्युनिस्ट साहित्य’ र विभिन्न विद्यमान विरोधी पार्टीहरूको सम्बन्धमा कम्युनिस्टहरूको स्थिति गरी ४ खण्डमा कम्युनिस्ट घोषणापत्र विभक्त छ ।
“आजसम्मका विद्यमान समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” – यो भनाइबाट कम्युनिस्ट घोषणापत्र सुरु हुन्छ । शासक र शोषित, चुसाहा र चुसिएका वर्गबीच निरन्तर सङ्घर्ष चलिरहन्छ । ती सङ्घर्षले प्रत्येकपल्ट समाजको बनावट परिवर्तन हुन्छ अर्थात् दुई परस्पर विरोधी वर्ग एक आपसमा लडेर पतन भएको इतिहास छ । कम्युनिस्ट घोषणापत्र लेखिएको समयमा आदिम समाजको कुरा थिएन । माक्र्स र एँगेल्सले रुसमा साझा भू–मालिकत्व, भारतदेखि आयरल्यान्डसम्मका ग्राम्य समाज लगायतको सामाजिक आधार अध्ययनबाट वर्गविहीन आदिम कम्युनिस्ट समाज पत्ता लगाउनुभयो । पुनः व्याख्या गर्नुभयो – “आजसम्म अस्तित्वमा रहेको समाजको सारा लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो ।”
सामन्ती समाजको भग्नावशेषबाटै पुँजीवादी समाजको निर्माण हुन्छ । त्यसकारण, पुँजीवादी व्यवस्थामा सामन्ती समाजको चरित्र खत्तम भइसकेको हुँदैन । शोषण र सङ्घर्षका पुराना रूपहरूको ठाउँमा नयाँ रूपहरूले जरा गाड्न सुरु गर्छ । त्यहीबाट पुँजीपतिवर्ग र सर्वहारावर्गको जन्म हुन्छ ।
अमेरिका र दक्षिण अफ्रिकाको बाटो पत्ता लागेपछि भर्खर उदाएको पुँजीपतिवर्गले आफ्नो विकासको निम्ति नयाँ क्षेत्र पायो । पूर्वी भारतीय र चिनियाँ बजार, अमेरिकालाई उपनिवेश बनाउने कार्य, उपनिवेशहरूसित व्यापार र विनिमयका साधन तथा वस्तुहरूको वृद्धिले गर्दा व्यापार, सामुद्रिक यातायात र उद्योगहरूको अभूतपूर्व उन्नति भयो । बजारको विस्तारसँगै वस्तुको मागमा आएको वृद्धिले गर्दा हस्त–चालित कारखानाको ठाउँआधुनिक उद्योगले लियो । यसले आधुनिक औद्योगिक विकाससँगै भएको सामुद्रिक यातायात र रेल मार्गको विकासले पुँजीपतिवर्गको पनि विकास भयो । घोषणापत्रमा लेखिएको छ – “आधुनिक पुँजीपतिवर्ग लामो विकासक्रमको उपज र उत्पादन तथा विनिमय पद्धतिमा भएको क्रमिक क्रान्तिको उपज हो ।”
पुँजीपतिवर्गको उन्नतिसँगै तिनको राजनीतिक शक्तिमा पनि वृद्धि भयो । आधुनिक राज्यसत्ता पुँजीपतिवर्गको कारोबार चलाउने एउटा सञ्चालक समिति बन्यो । सम्पूर्ण धार्मिक र राजनैतिक भ्रमहरूबाट अस्पष्ट पारिएको शोषणको ठाउँमा यसले नाङ्गो, निर्लज्ज, ठाडो पाशविक शोषणलाई स्थापित गरेको जिकिर घोषणापत्रमा छ ।
पुँजीवादले व्यक्तिको गुणलाई विनिमय मूल्यमा फेरिदिएको हुन्छ । श्रद्धाको दृष्टिले हेरिने पेशालाई फिका बनाउँछ । डाक्टर, वकिल, कवि, वैज्ञानिकलगायतलाई आफ्नो ज्यालादारी मजदुरमा फेरेको हुन्छ । पुँजीपतिवर्गले परिवारबाट त्यसको आत्मियतापूर्ण घुम्टोलाई च्यातेर पारिवारिक सम्बन्धलाई मात्र पैसाको सम्बन्धमा फेरेको हुन्छ ।
एकसमय पुँजीवादी व्यवस्थामा सर्वहारावर्गले आफुमाथिको शोषण महसुस गर्छ । सुरुमा पुँजीवादी व्यवस्थाविरुद्ध भन्दा पनि उत्पादनका औजारहरूविरुद्ध सङ्घर्ष भएको इतिहास छ । पछि तिनै ठूलठूला पुँजीवादी मजदुर आन्दोलनमा फेरिए । वर्गसङ्घर्ष अगाडि बढेको समयमा निम्न मध्यमवर्ग, साना उत्पादनकर्ता, व्यापारी, किसानवर्ग सबै पुँजीवादी व्यवस्थाविरुद्ध लड्छन् भनिएको छ । मजदुर सङ्घ, मजदुरको एकता र मजदुरलाई शिक्षित बनाउने आन्दोलन अगाडि बढ्छ । पुँजीपतिवर्गले जन्माएको मजदुरवर्गले नै पुँजीवादी व्यवस्थालाई चिहानमा पु¥याउँछ । पुँजीपतिवर्गको हार र मजदुरवर्गको जीत अवश्यम्भावी छ भन्नुहुन्छ माक्र्स र एँगेल्स ।
पुँजीपतिवर्गले गाउँलाई सहरको मातहत राखेको हुन्छ । त्यतिमात्र होइन बर्बर तथा अर्ध–बर्बर देशहरूलाई सभ्य देशहरूमाथि, किसानका देशहरूलाई पुँजीवादी देशहरूमाथि र पूर्वलाई पश्चिममाथि आश्रित बनाएको हुन्छ भनी घोषणापत्रमा माक्र्स र एङ्गेल्सले लेख्नुभएको छ ।
पुँजीपतिवर्गको विकास सामन्ती समाजभित्र पैदा भएका उत्पादन र विनिमयका साधनहरूको आधारमा हुन्छ । तर, पुँजीपतिवर्गले आफ्नो छुट्टै आर्थिक र राजनैतिक प्रभुत्व खडा गर्छ । आफ्नो उत्पादन, विनिमय र सम्पत्ति–सम्बन्धहरू सहितको आधुनिक पुँजीवादी समाजले उत्पादन र विनिमयको विशाल साधनलाई पैदा त गर्छ तर सम्हाल्न असमर्थ हुन्छ । समय – समयमा देखापर्ने व्यापार या आर्थिक सङ्कटहरूकै कारण पुँजीवादको अस्तित्व नै डग्मगाउन सक्ने आँैल्याइएको छ । हरेक बितेका सङ्कटभन्दा आउँदो सङ्कट अत्यन्तै भयानक हुन्छ । घोषणापत्र भन्छ, “यी सङ्कटहरू यस्तो महामारीको रूपमा उत्पत्ति हुनेछन्, जसको सामु यस अघिका युगमा फैलिएका महामारी फिक्का लाग्नेछन्, आवश्यकताभन्दा बढी उत्पादनको माहामारी ।’
पुँजीवादी अर्थशास्त्रले आजसम्म यो महामारीलाई बुझ्न सकेको छैन । सम्भवतः कहिल्यै बुझ्ने पनि छैन । समय – समयमा हुने आर्थिक सङ्कट र महामन्दीले त्यही भन्छ । आजको विश्वमा निम्तिन सक्ने आर्थिक महासङ्कट पनि पुँजीवादकै उपज हो ।
पुँजीवादी उत्पादन–सम्बन्ध र प्रणाली नै पुँजीवादी व्यवस्थालाई खतरामा पु¥याउने कारक हो । त्यसकारण, सङ्कटबाट उम्कन एकातिर पुँजीपतिवर्गले निकै धेरै उत्पादन शक्तिहरूलाई जबरजस्ती नष्ट गर्छ, अर्कोतिर नयाँ–नयाँ बजार कब्जा गर्छ र पुराना बजारको बढी शोषण गर्छ । सन् १९३० पछिको महामन्दीपछि यस्तै भएको थियो । पुँजीवादी व्यवस्थालाई अझ बलियो बनाउने विचारको उदय पनि त्यसैबेला भयो ।
पुँजीवादको विकाससँगै श्रमिक–मजदुरवर्गको पनि विकास हुन्छ । पुँजीपतिवर्गले श्रमिकको श्रम किन्छ । श्रम नबेची मजदुरले छाक टार्न सक्दैन । पुँजीपतिवर्गले भने मजदुरको ज्याला घटाउने काम गरिरहन्छ । श्रमको भार बढाएर, श्रमको समय बढाएर या ज्याला न्यून गरेर श्रमिकमाथि शोषण जारी राख्छ । मजदुरलाई दिनुपर्ने ज्याला नदिई पुँजीपतिवर्गले नाफा बढाउँछ । मजदुरमाथिको शोषणको दर नै पुँजीपतिवर्गको नाफाको दर हो । मजदुर र पुँजीपतिबीच यही शोषणको कारण सङ्घर्ष सुरु हुन्छ ।
आधुनिक उद्योगको विकाससँगै पुरुष मजदुरको सट्टामा महिलाहरू र बालबालिकाहरूको प्रयोग हुन्छ र ज्याला घटाइन्छ । पुँजीपतिवर्गले नाफा कमाउनेबाहेक केही देख्दैन । लाभ कमाउनु नै उसको साध्य र लक्ष्य बन्छ । यसरी पुँजी सञ्चय बढ्छ र ठूलो पुँजीले सानो पुँजीलाई खाने क्रम सुरु हुन्छ । अहिलेको विश्वमा पनि विदेशी एकाधिकार पुँजीले साना राष्ट्रिय पुँजी खाने क्रम जारी छ । साम्राज्यवादी शक्तिहरूले स–साना विकासशील देशको पुँजीलाई पनि सोहरेर आफ्नो शक्ति कायम राख्न खोजिरहन्छ । यो विषयलाई उत्तिबेलै माक्र्स र एँगेल्सले प्रस्ट्याउनुभयो ।
एकसमय पुँजीवादी व्यवस्थामा सर्वहारावर्गले आपूmमाथिको शोषण महसुस गर्छ । सुरुमा पुँजीवादी व्यवस्थाविरुद्ध भन्दा पनि उत्पादनका औजारहरूविरुद्ध सङ्घर्ष भएको इतिहास छ । पछि तिनै ठूलठूला पुँजीवादी मजदुर आन्दोलनमा फेरिए । वर्गसङ्घर्ष अगाडि बढेको समयमा निम्न मध्यमवर्ग, साना उत्पादनकर्ता, व्यापारी, किसानवर्ग सबै पुँजीवादी व्यवस्थाविरुद्ध लड्छन् भनिएको छ । मजदुर सङ्घ, मजदुरको एकता र मजदुरलाई शिक्षित बनाउने आन्दोलन अगाडि बढ्छ । पुँजीपतिवर्गले जन्माएको मजदुरवर्गले नै पुँजीवादी व्यवस्थालाई चिहानमा पु¥याउँछ । पुँजीपतिवर्गको हार र मजदुरवर्गको जीत अवश्यम्भावी छ भन्नुहुन्छ माक्र्स र एँगेल्स ।
त्यसको लागि कम्युनिस्ट पार्टी अन्य प्रतिक्रियावादी मजदुर पार्टीको विरुद्धमा उभिनुपर्छ । मजदुर र सम्पूर्ण सर्वहारा जनतालाई वर्गसङ्घर्षमा नेतृत्व गर्ने मानिस कम्युनिस्ट हुन्छ । सर्वहारावर्गको स्वार्थभन्दा छुट्टै र भिन्नै कम्युनिस्टहरूको अर्को कुनै स्वार्थ हुन्न । सर्वहारावर्गको सङ्गठन गर्नु, पुँजीवादी शासन उखेलेर फाल्नु र सर्वहारावर्गद्वारा राजनैतिक सत्ता प्राप्त गर्नु कम्युनिस्टको तत्कालीन उद्देश्य हुन्छ ।
निजी सम्पत्ति र पुँजीवादी सम्पत्तिको उन्मूलन, ज्यालादारी श्रमले पैदा गर्ने पुँजीको उन्मूलन, परिवारको उन्मूलन कम्युनिस्टका सैद्धान्तिक आधार हुन् । यस कृतिमा कम्युनिस्टहरूमाथि लाग्ने गरेका अरोपको खण्डन प्रस्तुत छ । पुँजीलाई व्यक्तिगत नभई सामूहिक उपजको रूपमा व्याख्या गरिएको छ । पुँजीपतिहरू महिलालाई उत्पादन साधनको रूपमा लिन्छन् भन्ने कम्युनिस्टहरू महिलामाथि हुने दोहोरो शोषणको विरोध गर्छन् भनिएको छ ।
मजदुरवर्ग राज्यसत्तामा पुगे समान्यरूपमा गर्नुपर्ने कार्यक्रमबारे उल्लेख छ । जमिनदारी प्रथाको अन्त्य, देशद्रोहीहरूको सम्पत्ति जफत गर्ने, राष्ट्रिय बैङ्क खोली सम्पूर्ण कारोबार राज्यको मातहतमा ल्याउने, सञ्चार र यातायातमा राज्यको पूर्ण अधिकार कायम गर्ने, राज्यको मातहतमा कारखाना र उत्पादनका साधनको विस्तार गर्ने, पर्ती जग्गा योजनाबद्ध ढङ्गले स्वतन्त्र गर्ने र माटोमा सुधार गर्ने, सबैले काम गर्नुपर्ने अनिवार्यता स्थापित गर्ने खासगरी कृषिको निम्ति औद्योगिक सेनाको स्थापना गर्ने, कृषिलाई उद्योगसँग जोड्ने र जनसङ्ख्याको सन्तुलित वितरण गरी बिस्तारै सहर र गाउँबीचको भेद हटाउने, सार्वजनिक विद्यालयहरूमा केटाकेटीका लागि निःशुल्क शिक्षा र कारखानामा केटाकेटीलाई काम गराउने व्यवस्था खत्तम गरी शिक्षालाई औद्योगिक उत्पादनसँग जोड्ने आदि केही मजदुरको सरकारले गर्ने कार्यहरू घोषणापत्रमा उल्लेख छन् ।
समाजवादी र कम्युनिस्ट साहित्यभित्र प्रतिक्रियावादी समाजवाद, अनुदारवादी वा पुँजीवादी समाजवाद र आलोचनात्मक काल्पनिक समाजवादको ऐतिहासिक पृष्ठभूमिसहित सत्यतथ्य उजागर गरिएको छ । प्रतिक्रियावादी समाजवादअन्तर्गतको सामन्ती समाजवाद, निम्न–पुँजीवादी समाजवाद, जर्मन वा सच्चा समाजवादले ऐतिहासिक प्रक्रिया अस्वीकार गर्छन् र पुँजीपति तथा आधुनिक उद्योगको उत्थानविरुद्ध सङ्घर्ष गर्छन् । आफ्नो सामन्ती व्यवस्था जोगाउन र फर्काउन मजदुरवर्गलाई आकर्षित गर्न ‘समाजवादी’ शब्दको प्रयोग यिनले गर्छन् । अनुदारवादी वा पुँजीवादी समाजवादीहरू पुँजीवादी व्यवस्थाको निरन्तरताका लागि जनताका सामाजिक असन्तुष्टिहरू समाधान गर्नुलाई परिवर्तनको नाम दिनेहरू यस खेमामा पर्छन्, सुधारवादीहरू यसमा पर्छन् । आलोचनात्मक काल्पनिक समाजवादी विचारले तत्कालीन समाजमा कामदारवर्गको चेतना विकासमा भूमिका खेलेपनि, विचार जति नै क्रान्तिकारी सुनिएपनि व्यवहारमा यसले सर्वहारावर्गको राजनैतिक कार्यहरूको विरोध ग¥यो । पछि माक्र्सले संसारलाई वैज्ञानिक समाजवादको बाटो देखाउनुभयो । त्यसको नेतृत्व कम्युनिस्टहरूले गर्छन् ।
संसारबाट पुँजीवादको अन्त्य नभएसम्म, विश्वमा सर्वहारावर्गको हुकुम स्थापित नभएसम्म कम्युनिस्ट घोषणापत्रले विश्वका कम्युनिस्ट आन्दोलनहरूलाई मार्गनिर्देश गरिरहनेछ । नयाँ पुस्ताले ‘कम्युनिस्ट घोषणापत्र’ पटक – पटक अध्ययन गर्नेछन् र क्रान्तिको तयारीमा लाग्नेछन् । साथै, नयाँ समाज स्थापनाका निम्ति विश्वको इतिहास, राजनीतिशास्त्र, मानव विकासक्रम, अर्थशास्त्र, दर्शनशास्त्रलगायत घोषणापत्रले समेटेका सन्दर्भहरूको अध्ययन जारी राख्नेछन् ।
कम्युनिस्टहरू सर्वत्र विद्यमान सामाजिक र राजनैतिक व्यवस्थाविरुद्ध हुने हरेक क्रान्तिकारी आन्दोलनलाई समर्थन गर्दै अगाडि बढ्छन् । विद्यमान व्यवस्थाको अन्त्यका लागि सबै जनवादी पार्टीको मेल र एकताको लागि पहल गर्छन् । सामन्तवादविरुद्ध क्रान्तिकारी पुँजीवादीहरूसँग मिलेर लड्ने र पुँजीवादी व्यवस्थाविरुद्ध सर्वहारा अधिनायकत्वको निम्ति सारा मजदुर र सर्वहारावर्गलाई एक गर्दै क्रान्तिको तयारी गर्छन् । कम्युनिस्ट घोषणापत्रको अन्त्यमा लेखिएको छ – “शासकवर्गलाई सर्वहारा क्रान्तिको डरले थर्कमान हुन दिइयोस् । सर्वहारावर्गसँग गुमाउनको लागि बाँधिएका सिक्रीबाहेक केही छैन । जित्नको लागि सारा संसार छ ।”
संसारबाट पुँजीवादको अन्त्य नभएसम्म, विश्वमा सर्वहारावर्गको हुकुम स्थापित नभएसम्म कम्युनिस्ट घोषणापत्रले विश्वका कम्युनिस्ट आन्दोलनहरूलाई मार्गनिर्देश गरिरहनेछ । नयाँ पुस्ताले ‘कम्युनिस्ट घोषणापत्र’ पटक – पटक अध्ययन गर्नेछन् र क्रान्तिको तयारीमा लाग्नेछन् । साथै, नयाँ समाज स्थापनाका निम्ति विश्वको इतिहास, राजनीतिशास्त्र, मानव विकासक्रम, अर्थशास्त्र, दर्शनशास्त्रलगायत घोषणापत्रले समेटेका सन्दर्भहरूको अध्ययन जारी राख्नेछन् ।
Leave a Reply