‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
हुन त तिमीलाई इतिहासको बारेमा के मतलब र ? अर्थको मात्रै मतलब छ क्यारे होइन ? अरु सबै भाडमा जाओस्, आफ्नो व्यापार चम्काउने चाहनामात्र छ । वालस्ट्रिटमा शेयरले सगरमाथा चढोस् भन्ने चाहन्छौँ ।
तिमी संसारकै सर्वोच्च देशको राष्ट्रपति, संसारकै शक्तिशाली व्यक्तित्व, संसारकै प्रभावशाली व्यक्ति, अझ अर्बपति पनि । तिमीले जे पनि गर्नसक्छौ । त्यसमा कसैले प्रश्न गर्ने हिम्मत राख्दैन (हुँदै नभएको भने होइन, एकाध छन्) । अरु कैयौँ शक्तिशाली राष्ट्रप्रमुखहरू त तिम्रै कक्ष वरपर घुम्छन्, सूर्यलाई ग्रहले परिक्रमा गरेझैँ । अगाडि बढ भने बढ्छन्, रोक भने रोक्छन् । जे भने पनि हस्, हजुरको जो आदेश ।
पहिलो विश्वयुद्ध अगाडिसम्म बेलायतमा सूर्य अस्ताउँदैनथ्यो । संसारभर उसकै एकछत्र थियो तर पहिलो विश्वयुद्धले उसको त्यो विशाल एकछत्र सर्वोच्चता खोसिदियो । ऊ नराम्ररी हार्यो, सङ्कुचित भयो । अहिले त्यहीँ ब्याजले आफ्नो बचेको साख धान्दै छ । त्यसपछि जर्मनी उदायो । उसको चुरिफुरी बढ्यो । हिटलरको त्राहिमाम थियो । तर दोस्रो विश्वयुद्धमा उसको पनि सेखी झारियो । नाजी साम्राज्यको नराम्ररी पतन भयो । दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घ र अमेरिका उदायो । सोभियत सङ्घमाथि भयङ्कर षड्यन्त्र भएपछि र संशोधनवादले टाउको उठाएपछि पतन भयो । अनि त के भो र एक धुरीमात्र बाँकी रह्यो । अमेरिकाकै वर्चस्व कायम भयो ।
आज तिम्रै साम्राज्यको दबदबा छ । संसारभर नै तिमी युद्धको खेती गर्छौ अनि हतियारको व्यापार पनि गर्छौ । त्यहीँ हतियार बेचेर तिमी धनी बन्छौ, संसारका सुन्दर फूलबारीमा सङ्गीन रोप्छौ र परेड खेल्दै कुरुप बनाउँछौ । हो, तिमी आफ्नो विरोधीलाई पाखा लाउँछौ, नाकाबन्दी थोपर्छौ । त्यतिले नपुगे अनेक बहानामा ‘कू’ गर्छौ, युद्ध घोषणा गर्छौ । नपत्याए हेर्नुस्– भियतनाम, कोरियाको युद्ध । चिलीको कू, अर्जेन्टिना, ब्राजिल, बोलिभिया, भेनेजुयलामा चासो, हस्तक्षेप र कू प्रयास । क्युवा, उत्तर कोरिया, इरानमाथिको नाकाबन्दी । हो, तिमी शक्तिशाली छौ । त्यसैले अहङ्कार बोल्छौ । हो, तिमी मांसाहार छौ, नङ्ग्राले लुछ्छौ । हो, तिमी हतियारप्रेमी छौ, मिसाइलले तहसनहस पार्छौ ।
तिमी त आफैँ धामी आफैँ बोक्सीजस्तै रहेछौ । शान्तिको कुरा गर्छौ तर नेपथ्यमा हतियार उध्याउँछौ । आफैँ आतङ्कवादको बिरुवा रोप्छौ अनि आतङ्कवादको नाममा इराक, लिबिया, अफगानिस्तानमा हान्छौ । लादेन त तिम्रै धर्मपुत्र होइन र ?
तिमी त हाम्रो पूर्वीय विशाल ग्रन्थ महाभारत र रामायणमा वर्णितभन्दा अत्याधुनिक विमान बनाउँछौ । कुरुक्षेत्र र लङ्का युद्धमा प्रयोग भएको भन्दा विनाशक र शक्तिशाली हतियार बनाउँछौ । टीबी, रेबिज, विफरभन्दा शक्तिशाली जैविक हतियार बनाउँछौ । जब कोरोनाले तिम्रो देश आक्रान्त भयो तब तिम्रा ती हतियार काम लागेन । विश्वलाई दर्जनौँपटक ध्वस्त गर्नसक्ने तिम्रो हतियारले कोरोनालाई परास्त गर्न सकेनौ ।
अमेरिका सारा मानव जातिको लागि सपनाको देश हो । सबै अमेरिका पुग्ने सपना देख्छन् । स्वर्ग नै मान्छन् । त्यहाँको विलासी जीवन बिताउने लालसा राख्छन् । स्वतन्त्रता तिम्रो गीत, सुख सुविधा तिम्रो पहिचान । त्यो त अहिले पो प्रमाणित भयो । तिमी कति पानीमा रहेछौ भन्ने कुरा आज थाहा भयो । यसबेला तिमीसँग कोरोना सङ्क्रमितका लागि भेन्टिलेटर छैन, डाक्टर छैन, नर्स छैन । तिमी त रोगमा अर्थात् महामारीमा पनि नाफाको खेती गर्छौ । शिक्षामा पनि फाइदा खोज्छौ । गरिब जनता मर्नुसँग तिमीलाई मतलब छैन, व्यापार डुब्ला भन्ने चिन्ता छ । कोरोना फैलिएर के भो त पैसा हुनेहरू उपचार गर्छन्, बाँच्छन् । मर्ने त विचरा ती गरिब न हुन् । अलि कमाइ हुनेहरू वर्षभरि कमाएर पनि कोरोना परीक्षण गर्ने किटको लागि लाग्ने खर्च पनि जोहो गर्नसक्दैनन् । जसले स्वास्थ्य बीमा गर्नसक्दैनन् ।
तिमीलाई तिम्रै व्यापारको चिन्ता छ । त्यसैले तिमी लकडाउनको विरोधमा आक्रोसित हुन्छौ । आफ्नै कार्यकर्तालाई बन्दुक बोक्न लगाएर लकडाउनको विरुद्धमा स्वतन्त्रताको माग गर्दै प्रदर्शन गर्न लाउँछौ, समर्थन गर्छौ । कोरोनाले नागरिक तड्पिरहेको बेला उनीहरूको दर्द, पीडा र चिच्याहट सुन्नुपर्ला भनेर तिमी गल्फकोर्टमा गल्फ खेलिरहेका थियौ ।
ट्रम्प तिमी किन बहुलायौ ? तिमी राजनीतिक बौलाहा हो कि व्यापारिक ? तिमी आफ्नो अपराध ढाकछोप गरी अरुमाथि औँला तेस्र्याउँछौ । तिमै्र भूमिबाट कोरोना फैलिए पनि तिमी चीनमाथि भाइरस फैलाएको आरोप लगाउँछौ । तिमीले ‘चिनियाँ भाइरस’ वा ‘उहान भाइरस’ भनी नश्लीय खिस्सीट्युरी गरेका थियौ । के अब एड्सको भाइरसलाई ‘अमेरिकी भाइरस’ भन्ने ? नाच्न नजाने आँगन टेढो ।
जब चीनमा कोरोना फैलिएर ताण्डव मच्चाइरहेको थियो । त्यो बेला तिमीले भनेका थियौ, “यो पूर्णरूपमा हाम्रो नियन्त्रणमा छ । यो हाम्रो लागि सानो घटना हो ।” त्यो बेला तिमी त तेत्तीसकोटी भगवान अझ ब्रह्मा, विष्णु र महेश्वरभन्दा शक्तिशाली र अलौकिक बनेर भनेका थियौ, “एकदिन (कोरोना) चमत्कारजस्तै गायब हुनेछ ।” तिमीले त अमेरिकी ट्यालेन्ट शोलाई पनि माथ खुवाउने गरी गज्जबको मज्जाक गर्यौ, ज्योतिषी भविष्यवाणी गर्यौ, विश्व स्वास्थ्य स·ठनप्रति आक्रोश पोख्यौ । आफ्नो बहुलठ्ठीपना देखायौ । जब कोरोना बुमर्याङ बनेर तिमीमाथि नै फर्कियौ, तब तिमी झन अत्तालियौ, तिर्मिरायौ । त्यसैले तिम्रो दिमागको नसा चुँडियो र तिमी सपनामा झैँ बर्बरायौ । अनि चीनमाथि हिलोछ्याप्यौ, विश्व स्वास्थ्य स·ठनको सहयोग रोक्ने घोषणा गर्यौ, लकडाउन नगर्ने भनेर जिद्दी गर्यौ ।
तिमी आफ्नो व्यापार खस्काउन चाहन्नौ, चाहे रोग फैलियोस्, चाहे नागरिक मरून् । तिमी मानव लाशमाथि नाफा खोज्छौ । तिमी त पक्कै ‘मूर्ख बूढो’ नै रहेछौ । त्यो तिम्रो मुर्खता तिम्रै लागि घातक सावित हुँदै छ । तिम्रो सर्वोच्चता हिमालको हिउँझैँ पग्लिरहेको छ । तिम्रो शक्ति खिया लागेको फलामझैँ खिइँदै छ ।
कोरोनाको कहरमा तिम्रो जिद्दीपन आज भारी हुँदै छ । तिमीले राहतको घोषणा गर्यौ आफ्ना सहपाठीका लागि । गरिबहरू मरिराख्दा पनि तिम्रो कलेजो सिरोसिस लागेझैँ कडा भयो । आज तिम्रो असली रूप झन् चहकिलो भएको छ । संसारभर सैनिक टुकडी राखेर सबैलाई तह लाउनसक्ने तिमी यस्तो सङ्कटको बेला कर्कश दोहोरी गाइरहेका छौ । आफूले नसकेपछि अरुतिर धारेहात लाइरहेका छौ । अरुलाई सहयोग गर्न नसकेपछि तिम्रो निरीहता देखेर सहयोगी हातहरू तिमीतिर अगाडि बढिरहेका छन् ।
मलाई थाहा छ, तिमीभित्र डरको महाकालीले बास गरेकी छिन् । आफ्नो सर्वोच्चता खोसिने कुरामा भय छ । आफ्नो शक्ति कसैले छिन्ला भनेर हिनता बोधले जन्म लिएको छ । तिमी दुविधामा छौ । तनावमा छौ । त्यसैले राम्रोसँग जँचाऊ, मनोविज्ञसँग सल्लाह माग । कोरोनाले तिम्रो शेखी त झार्यो झार्यो, यसले त तिम्रो छवि पनि धमिल्याएको छ नमेटिने गरी । म सम्झिरहेको छु, हिजोको सूर्य नअस्ताउने बेलायत । म पढिरहेको छु, तानाशाह हिटलरको एकछत्र दबदबा । आज तिमी त्यहीँ बेलायत र जर्मनीको क्लोनबाट ठिमाहा बाँचिरहेका छौ । उनीहरूको डीएनए लिएर उनीहरूकै बाटोमा अगाडि बढिरहेका छौ । ढिलो वा चाँडो तिम्रो त्रासबाट संसार मुक्त हुनेछ । तिम्रो भय, तिम्रो युद्धोन्मादबाट मुक्त हुनेछ । त्यसको सुरुवात त भइसकेको छ, तिम्रै आँगनबाट ।
ल्याटिन अमेरिका तिम्रा थिचोमिचोविरुद्ध जुर्मुराएको छ । सम्पूर्ण स्रोत साधन निचोरेर भोकै खोक्रो छाडेका अफ्रिका ब्युँझिरहेको छ । अब एसिया उठ्छ, अस्ट्रेलिया जाग्छ, युरोप बोल्छ । अन्ततः तिम्रै मित्रले पनि मृत शरीरलाई जुम्राले पनि छाडेर गएझैँ तिमीलाई एक्लो पारेर जानेछ । तिमीले पक्कै इतिहास पढेको हुनुपर्छ । इतिहासले त्यहीँ भन्छ । त्यसैले म तिमीलाई फेरि पनि भन्न चाहन्छु इतिहास नभुल । इतिहासबाट सिक ।
उही तिम्रो विरोधी उर्फ खरो आलोचक
Leave a Reply