भर्खरै :

सांख्य दर्शन

कपिलको सांख्य दर्शनले भारतीय दर्शनको इतिहासमा सार्‍है महत्वपूर्ण र क्रान्तिकारी भूमिका भएको मानिन्छ । आर्यहरूको ब्राह्मणवादको कर्मकाण्ड, इश्वरवाद र आदर्शवादको विरोधमा सांख्य दर्शन उठेको हो । यसले ईश्वरलाई मान्दैन र वेदलाई पनि मान्दैन । यसकारण यसको प्रचार ब्राह्मणवादको प्रभाव नभएको भारतीय इलाकाहरूमा बढी भएको मानिन्छ ।           

सांख्य दर्शनका प्रणेता पौराणिक ऋषि कपिल मानिन्छ । दर्शन शास्त्रमा सांख्य प्रणाली सार्‍है पुरानो मानिन्छ । यसको समय सम्भवतः ईशा पूर्व सातौँ – आठौँ हुनेछ । यसलाई उपनिषद् मान्ने राजाहरू केही अंशमा सम–सामयिक मानिन्छ । उपनिषद् विद्याको विरोध र प्रतिक्रियाको रूपमा यस दर्शनको उत्पत्ति र स्थापना भएको हो । बौद्ध दर्शनमा पनि यसको गहिरो प्रभाव परेको थियो । स्वयम् बुद्धले पनि सांख्य दर्शन अध्ययन गरेका थिए । बौद्ध दर्शनको ब्राह्मणवाद र परिवर्तनशीलतावादमा सांख्य दर्शनको पूर्ण प्रभाव मानिन्छ । (१)
            कपिलको सांख्य दर्शनले भारतीय दर्शनको इतिहासमा सार्‍है महत्वपूर्ण र क्रान्तिकारी भूमिका भएको मानिन्छ । आर्यहरूको ब्राह्मणवादको कर्मकाण्ड, इश्वरवाद र आदर्शवादको विरोधमा सांख्य दर्शन उठेको हो । यसले ईश्वरलाई मान्दैन र वेदलाई पनि मान्दैन । यसकारण यसको प्रचार ब्राह्मणवादको प्रभाव नभएको भारतीय इलाकाहरूमा बढी भएको मानिन्छ ।
            नेपालको कपिलवस्तु नगरको नाम सांख्य दर्शनका प्रणेता कपिल ऋषिकै नामबाट भएको मानिन्छ ।
            संसार कसरी उत्पत्ति भयो, मानिस के हो र त्यसको भविष्य के हो भन्ने जस्ता प्रश्नहरूको बुद्धिमत्तापूर्ण उत्तर दिने सबभन्दा पुरानो प्रयास सांख्य दर्शनले गरेको थियो ।
            त्यसको भनाइमा ब्रम्ह्माण्डको उत्पति– वस्तुबाट भयो, प्रकृतिको विकास प्रतिक्रियामा छ, जीवन र शक्ति, विचार र चेतना वस्तुकै उपज हो ।
            सांख्य प्रणाली सत्कार्यमा आधारित छ र कुनै पनि वस्तुको उत्पत्ति अस्तित्वमा आधारित छ । संसारलाई सृष्टि गर्ने कुनै सृष्टिकर्ताको आवश्यकता छैन ।
            सांख्य दर्शनले मोक्ष र कर्मकाण्डलाई अन्धविश्वास र हिंसामा आधारित अपवित्र वस्तु भनेर अश्वीकार गर्छ ।
            सांख्य दर्शनअनुसार ‘संसारको उत्पतिमा आत्माको कुनै योग छैन । आत्मा शरीरभन्दा कुनै अलग वस्तु होइन । ईश्वरलाई प्रमाणित गर्न सकिन्न । यसरी सांख्य दर्शन मूलतः भौतिकवादी छ । आदर्शवाद – समस्त वस्तुगत यथार्थ र त्यससँग सम्बन्धित सबै सच्चा ज्ञान यस्तो चेतनामा निर्भर छ, जो त्यसबाट स्वतन्त्र छ । भौतिकवाद – वस्तुगत जगतलाई यथार्थ मान्दै साथै त्यसलाई मस्तिष्क वा चेतनाबाट स्वतन्त्र मान्छ । सांख्य दार्शनिकहरूले वेद र उपनिषदहरूलाई ईश्वरको रचना होइन बरु मनुष्यको रचना मान्छन् ।
            दर्शनलाई भाग्य, अलौकिकता र ईश्वरको अवधारणाको दासताबाट मुक्त गर्नु नै कपिलको महानता हो । उनले प्राचीनताका सबै बाधाहरूलाई नाघेर दर्शनलाई तर्कसँग भौतिकवादी आधारमा विकसित गरेका थिए (२) । कपिलले दर्शनको विश्व इतिहासमा पहिलो पल्ट मानव मस्तिष्कको पूर्ण स्वतन्त्रता प्रकट गरे तथा आफ्नै शक्ति माथि विश्वास प्रकट गरे । तर, सांख्य दर्शनलाई भाँचकुँच गर्ने प्रयास पनि भएको देखिन्छ । सांख्य दर्शनको उत्पतिको समयबारे पनि मतभेद देखिन्छ । कसैले सातौँ र छैठौँ ईशापूर्व मानेका छन् (३) भने कसैले कपिललाई ४०० इ.पू. मात्र मानेका छन् । (४)
सन्दर्भ
१) भारतीय आधारमा ऐतिहासिक विश्लेषण –भगवत शरण उपाध्यायः पीपुल्स पब्लिकेसन हाउस, नयाँ दिल्ली –५५ तेस्रो संस्करण –१९७८ पाना –१९–२१        
२) भारतीय चिन्तन परम्परा – के. दामोदरन पीपुल्स पब्लिकेसन हाउस. तेस्रो संस्करण, जून १९८९ पाना – १५९
३) उही
४) दर्शन– दिग्दर्शन –राहुल सांस्कृत्यायन, किताब महल, पाचौँ संस्करण १९८३ पाना –५४२
स्रोतः अर्हत

Leave a Reply

Your email address will not be published. Required fields are marked *