भर्खरै :

लिपुलेक अतिक्रमणविरुद्ध युवा–विद्यार्थीद्वारा जुलुस

भक्तपुर, २८ वैशाख । भारतले नेपाली भूमि लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र कब्जा गरी चीनको मानसरोवरसम्म जाने सडक खोलेकोविरुद्ध नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले विरोध जुलुस तथा सभा सम्पन्न ग¥यो ।
भक्तपुरको कमलविनायकबाट सुरु भएको युवा–विद्यार्थीको उक्त जुलुस गगनभेदी नारा लगाउँदै च्याम्हासिँह–सूर्यमढी–दतात्रय–सुकुलढोका–टौमढी हुँदै सूर्यविनायक चोक खरनिको राजमार्ग सडक खण्डमा पुगेर समापन भएको थियो । जुलुसमा भारतीय विस्तारवाद लिपुलेक छोड् , कालापनजी हाम्रै (नेपालकै) हो, लिम्पियाधुरासम्म हाम्रै हो, भारतीय विस्तारवाद–मुर्दावाद, भारतीय सेना कालापानी छोड्, सीमा अतिक्रमण–बन्द गर, नेक्रायुसंघ–जिन्दावाद, नेक्राविसंघ–जिन्दावाद आदि नारा लगाउँदै अगाडि बढेको थियो ।
https://www.facebook.com/100000914320989/videos/pcb.3989517254422046/3989511894422582/
जुलुसपछिको सभामा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले सबै प्रमाणहरूले लिपुलेक–कालापानी लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनी प्रस्ट हुँदाहुँदै भारतले कब्जा गरी राख्नु भारतको विस्तारवादी हेपाहा प्रवृत्ति हो भन्नुभयो । विसं २०१८ सालमा कालापनी क्षेत्रको सबै गाउँमा नेपालको जनगणना गराउनुभएका ततकालनि जनगणना अधिकृत वरिष्ठ पत्रकार भैरव रिसाल अझै जीवित रहेको र कालापनी क्षेत्र नेपालको हो भनी बोलिरहेको अवस्थामा पनि नेपाल सरकारले देशको भूमि फिर्ता लिन साहस गर्न नसक्नु नालायकी र लाचारीपन हो भन्नुभयो । भारतले अतिक्रमित सबै नेपाली भूमि नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्देै अध्यक्ष ख्याजुले तबसम्म युवा–विद्यार्थीको आन्दोलन चालु रहने बताउनुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले नेपाललगायत सारा विश्व कोरोना भाइरस महामारीको चपेटामा परेको अवस्थामा भारतीय विस्तारवादले नेपाली भूमिमा सडक बनाएर आफ्नो मौकापरस्त अनुहार उदाङ्गो पारेका छ भन्नुभयो । नेपाली भूमि अतिक्रमण गरी ७८ किमि सडक बनाउँदासमेत नेपाल सरकार आफूलाई थाहा छैन भनी पञ्छनु गैरजिम्मेवारीको पराकाष्टा भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *