सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
सुर्खेत, २८ वैशाख । भारतले नेपाली भूमि कालापानी अतिक्रमण गरी सडकमार्ग बनाएको विरोधमा नेपाल मजदुर किसान पार्टीले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा प्रदर्शनको आयोजना गरेको छ ।
आइतबार अपरान्ह गरिएको प्रदर्शनीमाथि प्रहरीले हस्तक्षेप गरी नेमकिपा, सुर्खेतका अध्यक्ष हरिबहादुर बोहरा, सचिव धनेन्द्र विक, सदस्य गणेश खड्का र जगत लामिछानेमगरलाई पक्राउ गरेको छ ।

मंगलगढीचोकबाट सुरु गरिएको प्रदर्शनी वीरेन्द्रचोक हुँदै नेताचोक पुगी कोणसभामा परिणत भएको थियो । सभामा नेमकिपा सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगीले नेपालको सार्वभौमिकता रक्षाको निम्ति सम्पूर्ण नेपाली एकजूट हुनुपर्ने धारणा राख्नुभयो ।
जुलुसमा भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रै हो, लिपुलेक पनि हाम्रै हो, भारतीय सेना कालापानी छाड्लगायतका नारा लगाइएको थियो ।
राम्रो